मध्यपुर थिमिमा वः महोत्सव हुने

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा वः महोत्सव हुने भएको छ । वः मास, मुगी तथा अन्य विभिन्न गेडागुडी भिजाइ सफा गरी पिसेर आफूलाई मनपर्ने अण्डा, माछा, मासु तथा मरमसला मिलाइ टावामा विभिन्न आकारप्रकार दिइ पकाइने विशेष प्रकारको रोटी हो । यो नेवार समुदायको विशिष्टकृत खानाको परिकार पनि हो ।

 

 

 

नेवार समुदायको महान चाडहरुमध्ये एक चाड सिथि नखः को दिन वः खाएर पर्व मनाइन्छ । यही दिनको पावन अबसरमा महोत्सव हुनेछ । यो वर्ष यो पर्व जेठ ३० गते परेको छ । तर महोत्सव भने भोलि शनिबार हुनेछ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा मध्यपुर पर्यटन विकास समिति आयोजनामा महोत्सव हुने भएको हो । महोत्सव दोश्रो पटक हुन लागेको हो ।

 

 

 

महोत्सवमा नेवार समुदायको अद्वितीय अन्य विभिन्न परिकार र खानाको स्वाद चखाउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । त्यस अवसरमा स्थानीय गाजरको प्रयोगबाट बनेको वाइन (रक्सी वा पेय पदार्थ) को स्वाद पनि चाख्न सकिने जनाइएको छ ।
प्रदर्शनीको क्रममा ग्रिन भिजिटेबल प्रदर्शन र सो खानाको बारेमा आन्तरिक र बाह्य पर्यटकलाइ विशेष जनाकारीको पनि व्यवस्था रहेको जनाइएको छ । मध्यपुर थिमिको पहिचान समेत गराउने उद्देश्य लिइ महोत्सव गर्न लागेको जनाइएको छ ।

 

 

 

महोत्सवले मध्यपुरको जनतालाई आयआर्जन गराउने र समृद्ध मध्यपुर बनाउने अभियानलाई सार्थक बनाउन सहयोग गर्ने आयोजकको विश्वास छ । मध्यपुरमा अनवरत रुपमा रहेका प्राकृतिक सौन्दयता, विभिन्न पर्यटकीय आर्कषणका कला संस्कृक्ति र सम्पदा, कलात्मक मठमन्दिर, पाटीपौवा, सत्तल, बिहार र कैयौ उत्कृष्ट तथा साम्प्रदायिक सहिष्णुत्ताको बस्ती र स्मारकको पनि अवलोकन भ्रमण गर्न सकिने जनाइएको छ । यसबाट यी क्षेत्रहरु देश विदेशको कुनाकाप्चा पुगेर यहाको हरेक ठाउँ र हरेक अद्धितीय अनमोल रत्नहरुको सौहादपूर्ण र अमूल्य प्याकेज निर्माण गर्न सफल हुने विश्वास गरिएको छ ।

 

 

 

 

साथसाथै मध्यपुरमा भएको माटोको भाँडो बनाउने सेरामिक्स र अनेकौं हस्तकलालाई संरक्षण गरी मध्यपुरलाई पर्यटकीय गन्तब्य बनाउने उद्देश्य राखेको जनाइएको छ । यसै महोत्सवबाट मध्यपुरका जनताबाट सेवा प्रदान गरी मध्यपुरबासीले गर्ने सम्मान, सत्कार र संस्कार समेतको पहिचान नेपाल भित्रिएका विभिन्न देशका पर्यटकहरुलाई तथा आन्तरिक पर्यटकहरुलाई देखाउनको निमित्त महोत्सव गर्न लागिएको जनाइयो ।

 

 

 

 

पत्रकार सम्मेलन गरी आयोजकले मध्यपुर थिमि नगरपालिकाले  ६ लाख बजेट उपलव्ध गराउने जनाइयो । आफ्नै लागत सहभागिता र बांकी दुई लाख पनि महोत्सवको लागि खर्चिने सम्मेलनमा जनाइयो । स्वतःस्फुर्त रुपमा सहयोग गर्न चाहने व्यापारिक संघसंस्थाको सहयोगमा गरी कुल रु आठ लाखको बजेट सिमाभित्र रही महोत्सव गर्न लागेको जनाइयो ।

 

 

 

 

 

गतवर्ष मध्यपुर थिमि नगरपालिका अन्तर्गत पर्यटन विकास समितिद्वारा प्रवद्धित मेलाले एउटा छुट्टै पहिचान बनाइसकेको सम्मेलनमा बताइयो । यस किसिमको मेलाहरुलाई निरन्तरता दिनु मध्यपुर थिमि नगरपालिका लगायत सम्पूर्ण नगरवासीहरुको दायित्व हो, सम्मेलनमा आयोजक समितिका अध्यक्ष रमेश प्रजापतिले भने । सम्मेलनमा आयोजक मध्यपुर पर्यटन विकास समितिका उपाध्यक्ष कविदास श्रेष्ठ महोत्सवको महत्वबारे चर्चा गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

चितवन, गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पु¥याइएको छ ।...

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो ।नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले...

महाकाली सिँचाइ आयोजनाः नौ अर्ब लगानी, १८ वर्षमा २७ प्रतिशत प्रगति

महेन्द्रनगर, कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर जग्गा सिँचाइ गर्ने लक्ष्यसहित १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २७ प्रतिशतमा सीमित छ । साथै आयोजनामा रु नौ अर्ब लगानी भइसकेको छ ।बजेट अभाव, जग्गा मुआब्जा वितरण र वन क्षेत्र व्यवस्थापनलगायत कारणले आयोजनाको...

लेसियामा भ्रष्टाचार विरोधी कारबाहीमा दुई हजारभन्दा बढी पक्राउ

कोलालम्पुर(मलेसिया),गत महिनामा मलेसियामा भ्रष्टाचार विरोधि राष्ट्रव्यापी कारबाहीमा दुई हजार भन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले जनाएको छ ।बुकित अमन वाणिज्यिक अपराध अनुसन्धान विभागका निर्देशक रुस्दी इसाले प्रेस ब्रीफिङ्मा सेप्टेम्बर २२ – २८ सम्म एक हजार ३०३ जनालाई पक्राउ गरिएको बताउनु भएको छ ।...

प्रेस चौतारीका अध्यक्ष पाण्डेको घरमा आक्रमणको निन्दा

काठमाडौँ, प्रेस चौतारी नेपालले केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेंसीसहरस्थित घरमा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको घटनाप्रति निन्दा प्रकट गरेको छ ।महासचिव हीरामान लामाद्वारा आज जारी विज्ञप्तिमा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको संस्थाको केन्द्रीय अध्यक्षकै घरमा यस्तो...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

विचार चोटपटक जनस्वास्थ्यको प्रमुख समस्या

काठमाडौँ,  विश्वमा चोटपटकका घटनाको भार घट्दै गए पनि, सीमित सुरक्षा चेतना र यत्रतत्र फैलिएका जोखिम तत्वहरूका कारण नेपाली जनतामा चोटपटकलगायतका अन्य रोगको तेहोरो बोझ रहेको छ । यसबाट देशको स्वास्थ्य सेवा प्रणालीलाई नै ठूलो चुनौती सिर्जना गरेको छ । नेपालमा चोटपटकसम्बन्धी हालका अध्ययनहरू सीमित...

धनगढीमा यु–१९ महिला एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै

बैतडी, कैलालीको धनगढीमा प्रथम यु–१९ महिला एक दिवसीय क्रिकेट सिरिज–२०८२ को तयारी थालिएको छ । चटकपुर स्पोट्स क्लबको आयोजनामा प्रतियोगिता यही कात्तिक २० गतेदेखि सुरु हुनेछ । सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरि चार टोली बनाइएको आयोजक चटकपुर स्पोट्स क्लबका सचिव लोकराज...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९