सशस्त्रको सुरक्षा युनिट हुदै भित्रिएको सामान भन्सारकाे नियन्त्रणमा, प्याज तस्करको ट्रान्जिट प्वाइन्ट त्रिलोकपुर नाका

भैरहवा ।  भैरहवा भन्सार कार्यालयले ३ पिकअप अवैध सामान बरामद गरेको छ । चोरी पैठारी हुदै गरेको अवस्थामा भन्सारको टोलीले २ पिकअप प्याज र १ पिकअप कपडा बरामद गरेको हो । बरामद सामान मर्चवार क्षेत्रबाट अवैध रुपमा नेपाल प्रवेश गरेको हो । चोरी निकासी भइरहेको छ भन्ने सूचना आएपछि भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमको नेतृत्वको टोलीले आइतबार राती मर्चवारको गैरगट्टीबाट प्याज सहितको २ ट्रक र रुपन्देहीको सियारी अमुवाबाट १ पिकअप कपडा, कस्मेटिकका सामान बरामद गरेको हो । गौतमका अनुसार मर्चवार क्षेत्रबाट अवैध कारोबार भइरहेको खबर आउनासाथ  राति साढे १२ बजेको समयमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिबाट लु १ च ६४३० र लु १ ख ४५४६ नम्बरको मिनी ट्रकबाट १४० बोरा प्याज सहित गाडी नियन्त्रणमा लिएको बताए । भन्सार गश्ती टोलीलाई देखेपछि गाडीका  दुईवटै चालक फरार भएका थिए । प्याज त्रिलोकपुर नाकाबाट आएको हो, अहिले यो नाकाबाट आधा दर्जन बढि पिकअपमा प्याजको तस्करी हुने गरेकोे छ । यस्तै भैरहवा भन्सार गश्ती टोलीले अमुवाबाट लु १ च ४७९२ नम्बरको ट्रकसहित भन्सार छलि गरिएका भित्रि बस्त्र, मोजा र बेल्ट (पेटी), टेप्पर ग्लास, लेडिज सेन्डल लगायतका सामान पक्राउ गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–७ का ट्रक चालक अब्दुल अन्सारी पनि पक्राउ परेका छन् ।सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शुन्य छ भनिरहदा भन्सारले ठूलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने ठोस प्रमाण हो । रुपन्देहीका सुरक्षा निकायका प्रमुखहरु आएसँगै अवैध बस्तु नियन्त्रण ठूलो मात्रामा हुने गरेपनि यो संख्या अहिले निकै घटेको छ ।

 

 

सयौँ सुरक्षा संयन्त्र हुदा पनि सुरक्षा टोलीले समान नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरी माथी शंकाको प्रश्न हो । यदि शंका नभए अहिले सम्म सुरक्षा निकायले किन समात्न सकेको छैनन । सुरक्षा निकाएले खुला सिमाना नै चुनौती रहेको बताउदै गर्दा आम सर्वसाधरणले घरयासी प्रयोजनका लागि ल्याउने सामानमा कडाई गर्ने गरेको प्रहरीले तस्करहरुलाई छुट गरेको पाइन्छ ।

 

 

सुरक्षा निकायले थोरै मात्रामा सामानहरु बरामद गरेर कार्यसम्पादन देखाएपनि ठूला तस्करहरुलाई छुट सरह छ । पछिल्लो समय सीमावर्ती क्षेत्रमा प्याज तस्करी मौलाएको छ । जिल्लाका सुरक्षा प्रमुखहरु फेरिएसँगै दैनिक जसो ठूलो परिमाणमा अवैध बस्तु बरामद भएपनि अहिले यो क्रम घटेको छ । अहिले फाटफुट र न्यून मात्रामा मात्रै अवैध सामान बरामद भइरहेको छ ।

 

 

 

भन्सार प्रमुख गौतमले हामीले पाएको गोप्य सूचना र लोकेशनको आधारमा सक्रियता बढाएका छौ । आइतबार मात्रै ३६ लाख ८० हजार मुल्य बराबरको अवैध सामान र गाडी नियन्त्रणमा लिएका हौ । गस्ती टोलीले पनि छड्के निरिक्षण गदै अवैध गतिविधीलाई न्यूनिकरण गर्ने तर्फ भन्सार कार्यालय लागेको छ । भारतले प्याज निर्यात खोलेपनि निर्यात कर धेरै भएपछि तस्करहरुले अवैध रुपमा प्याज नेपाल भित्रयाइरहेका छन । जुन रुपमा भन्सारबाट प्याज आउनु पर्ने हो त्यो अवस्था अहिले छैन ।
रुपन्देहीका विभिन्न नेपाल–भारत सिमा  क्षेत्रहरुबाट भारतीय र नेपाली तस्करको समूहले ठूलो मात्रामा प्याज भित्र्याइरहेका छन ।

 

 

 

 

मुद्रास्फीति नियन्त्रणका लागि भारतले समय समयमा प्याज निर्यातमा प्रतिबन्ध लगाउदै आएको छ, जस्को फाइदा सिमा क्षेत्रका तस्करहरुले लिइरहेका छन । प्याज निर्यातमा प्रतिबन्ध भएपछि सिमामा अवैध रुपमा प्याजको कारोबार हुने गरेको छ । अहिले भने निर्यात प्रतिबन्ध भारतले हटाएर निर्यात कर लगाएपछि तस्करहरु अवैध कारोबारमै लिप्त छन ।

 

 

अवैध रुपमा प्याज आइरहेको पुष्टि विगतका २ महिनामा रुपन्देहीका सुरक्षा निकायले बरामद गरेको अवैध प्याजको परिमाणले देखाउछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले विभिन्न नाकाबाट केही महिनामै लाखौँ बढी मूल्यको प्याज बरामद गरेको छ । तर अहिले भने नगन्यमात्रामा मात्रै प्याज बरामद भइरहेको छ ।

 

 

 

भारतले २०२३को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो भने अहिले मईबाट निर्यात खोलेको छ । प्रतिबन्ध हटेपनि प्याजको निर्यातमा करिब ४० प्रतिशत निर्यात शुल्क लगाएको  छ जसले प्याजका तस्करहरु अझै सक्रिय छन । नेपालले भने प्याजको आयातमा कुनै रोक लगाएको छैन । जसका कारण वैधानिक बाटोबाटै पनि प्याज आयात गर्न सकिने अवस्था रहेको छ । ‘ वैधानिक बाटोबाट आएको प्याजलाई भन्सारले नियम बमोजिम भित्रिन कुनै रोकटोक गर्दैन ।’

 

 

भैरहवा भन्सारबाट पछिल्लो ५ महिनामा प्याजको आयात नै थियो भारतले निर्यात हटाएपछि केहीमात्रामा भने प्याज भित्रिएको छ । भन्सारको बाटोबाट ल्याउँदा राजश्व तिर्नुपर्ने भएकाले तस्कर समूहले तस्करी गर्दै आएको दाबी सुरक्षा निकायको छ । भारतका सिमावर्ती क्षेत्रमा प्याजको मूल्य नेपालमा भन्दा धेरै सस्तो भएकाले पछिल्लो समयमा खुला सिमानाकाको फाइदा उठाउदै अवैध आयात बढेको हो ।

 

 

भारतमा सरदर प्रति किलो २० रुपैया भारुमा प्याज फुटकर विक्री भएको छ भने नेपाल तर्फ सरदर ६५ रुपैयामा कारोबार भइरहेको छ । व्यापारीले अवैध रुपमा भित्र्याएर महँगोमा प्याज बिक्री गरी उपभोक्ताको ढाड सेक्दा समेत नियामक निकाय मौन बसेको छ । भारतको प्रतिबन्धपछि पनि नेपाली बजारमा प्याज छ्याप्छ्याप्ती छ । अधिकांश प्याज अवैध रुपमा आएको हो ।

 

 

 

रुपन्देहीको विभिन्न नाकाबाट साइकल, मोटरसाइकल र इरिक्सामा प्याज तस्करी भइरहेको छ भने ठूला तस्करहरुले पिकअप र मिनी ट्रकमा प्याज भित्रयाईरहेका छन । तस्करका भरियाहरुले एउटै साइकल तथा मोटरसाइकलमा ३÷४ वटा बोरासम्म प्याज ल्याउने गरेका छन् । भारतबाट अबैध रुपमा बच्चादेखि युवासम्म, महिलादेखि वृद्धसम्मले दैनिक रुपमा प्याज ओसार्ने गरेका छन् । दिनहुँ खुलेआम प्याज तस्करी हुँदासमेत सरोकारवाला निकाय मौन छन् ।

 

 

 

सुरक्षाकर्मीलाई आर्थिक प्रलोभनमा पारी प्याज ल्याउने गरेको तस्करहरुको भनाइ छ । अहिले रुपन्देहीको त्रिलोकपुर, कदमहवा, दुर्गौलिया, सेमरपानी, भगवानपुर, मेउडिहवा, नौडिहवा, कालिदह नाका तस्करहरुको मुख्य नाका रहेको छ । भारतिय बजारभन्दा नजिकै पर्ने भएकोले तस्करहरुको रोजाईमा यि नाकाहरु रहेका छन । एउटै नाकामा धेरैको नजर रहेकोले बाडिएर काम गरेका तस्करहरु अहिले समूह समूहमा भई काम गरिरहेका छन । समूहमा एक जना टोली नेता बनाई उही मार्फत लाइन र सेटिङ गरिरहेका छन । उनीहरुले एसपीका घुमुवाहरु मार्फत लाइन मिलाएको बताइरहेका छन ।

 

 

 

सिमाक्षेत्रबाट आएका प्याज बसन्तपुर, गल्लामण्डी लगायतका क्षेत्रमा डम्प गरी जिल्ला बाहिर पठाउने गर्छन । कतिपयले भण्डार गरेर राखेर नक्कली कागजात बनाई काठमाडौंसम्म पठाउने गरेका छन् । खुलेयाम प्रहरीको संरक्षणमा तस्करी हुँदा दैनिक लाखौं राजस्व गुमेको छ । ‘सीमित व्यक्तिको स्वार्थले गर्दा राज्यलाई लाखौं राजस्व घाटा भइरहेको छ । एकातर्फ राजस्व गुमेको छ नै, मानव स्वास्थ्यमासमेत नकारात्मक प्रभाव पार्ने गरेको छ । विषादी परीक्षणविनै यि प्याज धमाधम तस्करीको माध्यमबाट नेपाल भित्रिँदा यो सिधै उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । यसले मानव स्वास्थ्यलाई पनि दीर्घकालीन असर गर्ने पलान्ट क्वारेन्टाइनलेले जानकारी दिएको छ  ।

 

 

 

बिरबहादुर जयसवाल, नरेश जयसवाल(टासे), प्रविन जयसवाल, मनोज यादव, प्रेम यादव, गौरी लगायतका तस्करहरुको एक समूह छ भने सुदेश जयसवाल, राकेश जयसवाल, सहाबुद्दीन फकीर, रामवेलाश जयसवाल, रामशरन यादवको अर्को समूह छ । यस्तै पिन्टु यादव, पप्पु, पवन, नारायण, गुड्डुको नेतृत्वमा पनि समूह छ । यी समूहले जिल्लाका सबैलाई मिलाएर काम गरिरहेको दाबी गर्छन ।

 

 

 

 

समूहले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकका प्रहरीहरु मार्फत काम भइरहेको बताउछन । समूहले काम गर्ने नाका क्षेत्रमा पर्ने सबै चौकी, इलाका प्रहरी, विओपी र सुरक्षा निकायका प्रमुख समेतलाई सेटिङ गरेको बताउछन । हामीले मासिक बुझाउछौ तर उताबाट कपडाको काम गर्न नदिने आदेश छ,  अरु कामका लागि सेटिङ भएको नाम नबताउने शर्तमा माथी उल्लेखित एक तस्करले भने । एउटा समूहले मात्रै १५ लाख बढि मासिक सेटिङमा खर्चेको दाबी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९