महोत्तरीको एउटा टोल नै भू-माफियाको कब्जामा !

महोत्तरी । बर्दिवास-४ का जनक परियारको परिवार यहाँ बसेको पुस्तौँ भयो । हजुरबुबा, बुबा र आफू गरी ३ पुस्ताले यही ठाउँमा बिताइसकेको परियारलाई सम्झना छ ।तर, सोही ठाउँमा पक्की घर बनाउने र खुसीसाथ परिवारसँगै बस्ने परियारको सपना भूमाफियाका कारण भताभुंग भएको छ ।गौशाला रामनगरकी अम्बिका श्रेष्ठले आफ्नो बुबा रामविलास श्रेष्ठको जग्गा भन्दै एकाएक लालपुर्जा देखाउँदै आधा शतकदेखि भोगचलन गर्दै आएको जग्गामा हकदाबी गर्न आएपछि परियारको सपनामा पूर्णविराम मात्र लागेको छैन, घरवारविहीन बन्ने चिन्तासमेत थपिएको छ ।

 

 

 

स्थानीयका अनुसार यो जग्गा २०२१ सालमा स्थानीय कर्णबहादुरले ढालफाट गरी बसोबास सुरु गरेका हुन् । जंगल क्षेत्र फडानी गरेर बस्ती बस्न सुरु भएको यो ठाउँमा झन्डै ६ बिघा जग्गा छ । २०३६ सालपछि कर्णबहादुरले पहिलो पटक उक्त जग्गामध्येबाट स्थानीय चन्द्रबहादुर परियारलाई १७ कठ्ठा, भोला महतोलाई ५ कठ्ठा, बिन्देश्वर महतोलाई ५ कठ्ठा र चन्देश्वर महतोलाई ५ कठ्ठा बिक्री गरेको अभिलेखमा देखिएको छ ।

 

 

यो जग्गा ऐलानी जग्गाका रूपमा कागज बनाएर बिक्री वितरण भएको थियो, जुन तत्कालीन समयमा बनेको कागजबाट नै प्रमाणित हुन्छ । उनीहरूबाटै खरिद गरेर अहिले २४ घरपरिवारले यहाँ स्थायी बसोबास गर्दै आएका छन् । यसमध्ये कतिपय बाहिरवाट पनि आएर खरिद गरेका छन् भने धेरैजसो तत्कालीन समयमा खरिद गर्नेका सन्तान र आफन्त छन् ।

 

 

जग्गा  खरिद गरेको झन्डै आधा शतकपछि उक्त जग्गा नम्बरी भएको भन्दै लालपुर्जाको सक्कल देखाएर उठिबास बनाउने अवस्था सिर्जना भएपछि परियार जस्तै यहाँ बस्ने २४ घरपरिवार यतिबेला हारगुहार गरिरहेका छन् ।

 

 

पूर्वगाविस उपाध्यक्ष सोमबहादुर कार्की भूमाफियाहरूको भित्री सेटिङमा २४ घरपरिवार उठिबास हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको बताउँछन् । आफू जनप्रतिनिधि हुँदासमेत उक्त जग्गाको धनीपुर्जा भएको कहिल्यै थाहा नभएको उनकाे भनाइ छ ।

 

 

‘हामी यहीँ हुर्केका हौँ । त्यो जग्गाको क्षेत्रभित्र बसोबास गर्ने स्थानीयलाई जग्गा हकभोगको प्रमाणितसमेत गरेका थियौँ,’ उनले भने, ‘ठुलो गिरोहको चलखेल छ यहाँ । बर्षौँदेखि भोगचलन गरिरहेको घरघडेरीबाट विमुख बनाउनेहरूसँग हामी डटेर लड्छौँ ।’

 

 

नगर क्षेत्रभित्र यस्तै प्रकृतिका हजारौँ बिघा जग्गा छन् । स्थानीय सरकारले समेत यस्ता अव्यवस्थित जग्गाहरूलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत जोतभोग गरिरहेकाहरूको नाममा ल्याउन नापजाँचसमेत गरिसकेको छ । नापजाँच गर्दा त्यस क्षेत्रभित्र बसोबास गर्ने २४ घरपरिवारको नाममा अनौपचारिक दर्ता भइसकेको छ ।

 

 

तर, एकाएक उक्त क्षेत्रभित्रको झन्डै ६ बिघा जग्गामा कसरी चलखेल भयो भन्ने विषयमा स्थानीय स्वयं अचम्ममा परेका छन् । ‘यस्तो अवस्था आउला भन्ने हामीले त सपनामा पनि सोचेका थिएनौँ,’ पीडित विनोदकुमार यादवले भने, ‘भएको जमिन त्यतिमात्र हो, अब के गर्ने होला ?’

 

 

हरिविलास श्रेष्ठको नाममा सम्पूर्ण जग्गा पुगेपछि पीडितहरू घरवारविहीन बन्नबाट जोगाइदिन आग्रह गर्दै स्थानीय जनप्रतिनिधिहरूसँग हारगुहार गरिरहेका छन् । तर, पछिल्लो समय वडाध्यक्षले भने अपेक्षा गरेजसरी सहयोग नगरेको पीडितहरूको आरोप छ ।

 

 

 

‘उहाँले केही जग्गा हरिविलासकी छोरीलाई दिए समस्या समाधान हुन्छ भन्नुहुन्छ । तर पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा अरूलाई कसरी दिनु ?’, पीडित जनक परियारले भने, ‘कतिपयले थोरै जग्गामा नै जीविकोपार्जन गर्दै आएका छन् ।’

 

 

नगरपालिकाले पीडितहरूलाई न्याय हुने गरी अगाडि बढेको बताए पनि अन्य मानिसको माध्यमबाट बस्तीमा नै मानसिक तनाव दिइरहेको पीडितहरू बताउँछन् । यता वडाध्यक्ष अकलमान तामाङले भने अघिल्ला वडाध्यक्ष तथा विगतका जनप्रतिनिधिबाट गम्भीर त्रुटि भएको बताउदै वडाले मालपोतबाट कर तिर्न पठाएको प्रक्रिया भने रोकिराखेको बताए ।

 

 

समस्या समाधानका लागि प्रतिबद्ध रहेको भन्दै उनले नम्बरी लालपुर्जा देखाउनेसँग सहमति गरेरै समाधान खोज्नुपर्ने बताए । तर पीडितहरू भने कुनै पनि किसिमको वार्ता र सम्झौता जरुरत नभएको अडान लिँदै आएका छन् । जनप्रतिनिधिहरूलाई नै त्यहाँको वास्तविकता थाहा भएको र सोहीअनुसार अडान लिनुपर्ने स्थानीय पीडितहरूको माग छ ।

 

 

लालपुर्जा नभएको र भोगचलनका आधारमा व्यक्तिको रहेको उक्त जग्गाकाे कर तिर्न भन्दै एक्कासि अम्बिका श्रेष्ठ आफैँ मालपोत कार्यालयबाट वडामा आएपछि यसकाे रहस्य उजागर भएको थियो ।

 

 

ऐलानी जग्गालाई रातारात आफ्नो नाममा बनाएर २४ घरपरिवारलाई उठिबास लगाउन खोज्ने अम्बिका र उनकाे पछाडि जालझेल रच्ने जोकोहीमाथि छानबिन गरिनुपर्ने स्थानीयकाे माग छ ।

 

 

अझ अचम्मलाग्दो त कहाँनिर छ भने यी जग्गाहरू २०७८ साल कात्तिक २३ गतेसम्म ऐलानी जग्गाकै रूपमा किनबेच भएको देखिन्छ । कात्तिकमा मात्र सोकी थिङले बद्री राउतलाई १ लाख ३० हजारमा बेचेको देखिएको छ । बर्दिवास नगर क्षेत्रको अव्यवस्थित तथा ऐलानी जग्गा सोहीअनुसार किनबेच हुँदै आएको छ । यसलाई वडा तथा नगरले समेत प्रमाणित गर्दै आएको छ ।

 

 

भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञानबहादुर गोले यस्तो अवस्थामा धनीपुर्जा देखाउनेहरूलाई कारबाही गर्ने कुनै अधिकार आयोगसँग नरहेको बताउछन् । ‘बरु उहाँहरूले नै सरोकारवाला ठाउँमा उजुरी गर्नुपर्छ,’ उनले भने, ‘मालपोतमा पनि उजुरी दिन मैले सुझाएको छु ।’

 

 

 

यसअघि बर्दिवास वडा नं. १२, ३ र भंगाहा नगरपालिकाको थारुटोलमा यस्तै घटना घटेको थियो । पछिल्लो समय महोत्तरीमा भूमाफियाहरूको चलखेलले सर्वसाधारण प्रताडित बन्दै गएको विभिन्न तथ्यांकले देखाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९