 
                        काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । यो मुल्य वृद्धिसँगै  काठमाडौँमा पेट्रोल प्रतिलिटर १६७ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १५७ पुगेको निगमले जनाएको छ ।
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                


































 
                     
                     
                     
                     
                    

























































































































