काठमाडौँ । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ । नेपाली कांग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन् ।बैठक दिउँसो ३ बजे बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग भएको सहमति बारे जानकारी दिने र आगामी रणनीति बारे छलफल हुने बताइएको छ । कांग्रेससँगको सहमति अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भएका छन् ।
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ मा बढ्दो लागुऔषध दुर्व्यसन तथा यस वडामा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले सल्लाह–सुझाव संकलनका लागि आज बुधबार वडास्तरीय आमभेला सम्पन्न भएको छ। वडा कार्यालयको प्राङ्गणमा आयोजित उक्त आमभेलाको सभाध्यक्षता वडा अध्यक्ष मनऋषी...


















































































































































