२० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।प्रहरीले काठमाडौँको ठमेलस्थित होटलमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध कोकिन जस्तो देखिने ५ केजी ८२० ग्रामसहित मलेसियाकी महिलालाई पक्राउ गरेको हो ।सो लागूऔषध करिब २० करोड ३७ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१