भैरहवा भन्सार ३ वर्ष देखि भएन लक्ष्य पार, निर्यात बढ्यो

भैरहवा ।  मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले ३ वर्ष देखि राजश्व लक्ष्य पार गर्न सकस भएको छ । २०७८ पुस ५ गतेबाट लागु भएको अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमि हुदै आएको हाल सम्म पनि कार्यालयले विभागबाट पाएको लक्ष्य पार गर्न सकेको छैन ।कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८०/८१ का लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व संक्लन लक्ष्य दिएकोमा आर्थिक वर्ष २०८०–८१ मा ८० अर्ब ७२ करोड रुपैयाँ अर्थात ६३ दशमलव २४ प्रतिशत राजस्व मात्रै संकलन गरेको होे । बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा भन्सारले राजश्व संकलन लक्ष्य भेट्टाउन नसकेको हो । भन्सारले गत आर्थिक वर्षमा तोकिएको भन्दा ३७ प्रतिशत कम राजश्व संकलन गरेको छ ।भन्सार कार्यालयको तथ्याङक अनुसार २०७७/७८ पछि लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेको छैन । वर्षेनी बजेटको आकार बढेकोले स्रोतको सुनिश्चितताका लागि भन्सारको लक्ष्य पनि बढ्ने गरेको छ । तर लक्ष्य थपिए पनि सो अनुसारको राजश्व संकलन भने हुन पाएको छैन । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा लक्ष्य भन्दा १३ प्रतिशत बढि राजश्व संकलन भएपनि त्यसयता यो अनुपात घट्दै गएको छ । आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९/८० लक्ष्यको ४९ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ प्रतिशत मात्रै राजश्व संकलन भएको भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । राजश्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिँदा पछिल्ला आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व संलकन गर्न नसकेको भन्सार प्रमुख गौतमले बताए ।

 

 

 

भन्सार विभागले लक्ष्य पार नभएपनि विगतको वर्ष भन्दा बढि लक्ष्य कार्यालयललाई दिएको छ । कार्यालयले २०७८ मंसिर सम्म लक्ष्य अनुरुप सफलता हासिल गर्दै गएपनि पुस ५ गतेबाट लागु भएको प्रावधानले आयातमा कमि हुदै आएको हो । पुष महिना यता हाल सम्म लक्ष्य अनुरुपको सफलता हासिल गर्न सकेको छैन । मधेश आन्दोलन र नाकाबन्दीका बेला सहज मानिएको यो भन्सार नाका राज्यको लागि ठूलो योग्दान गरेको थियो । विस्तारै अन्य नाका सहज हुँदा सामानहरु पनि डाइभर्ट भएको छ । राजश्वमा मुख्य योगदान दिने बस्तु आयत घट्दा राजस्व लक्ष्य प्रभावित भएको छ गाडी, मोटरसाइकल, डिजल, पेट्रोल, औधोगिक कच्चापदार्थहरुको आयातमा कमि आएको छ , यस्तै विभिन्न राजश्व छुट, चोरीतस्करी, भारतिय अवरोध तथा नितिगत फेरबदल, बुटवल नारयणगढ सडकको कठिनाईको कारण अन्य नाकाबाट काम गर्न आयातकर्ता बध्य भएको प्रमुख गौतमले बताए ।

 

 

 

 

भैरहवा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा २४ खर्ब ४६ अर्ब ४० करोडको सामान आयत भएकोमा १ खर्ब ९ अर्ब ६० करोड मुल्य बराबरको निर्यात भएको थियो भने व्यापार घाटा २३ खर्ब ३६ अर्ब ६८ करोड भएकोमा आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्त सम्म २२ खर्ब ११ अर्ब ४० करोडको सामान आयत भएकोमा १ खर्ब ३१ अर्ब ७० करोड मुल्य बराबरको निर्यात भएको छ जसबाट व्यापार घाटा २० खर्ब ७९ अर्ब ७० करोड भएको छ । भैरहवा भन्सार कार्यालय निर्यात लक्षित भन्सार नरहेको कारण यहाबाट न्यून रुपमा निर्यात हुने गरेको छ । गत वर्ष भन्दा अहिले निर्यातमा भने बृद्धि भएको भन्सार प्रमुख गौतमले बताए । यहाँबाट निर्यात हुनेमा सेन्थेटिक यार्न ,सिमेन्ट, सिमेन्ट किलिन्कर, पिना, रेजीन, चाउचाउ, नुडल्स, पास्ता, प्लाइउड र जडीबुटी रहेको छ ।

 

 

 

कार्यालयका अनुसार यस नाकाबाट भित्रिने बस्तु मध्ये सबैभन्दा बढी राजस्व मोटरसाइकल, जीप, कार र भ्यानबाट राजश्व संकलन भएको छ । यस्तै पेट्रोल, पिकअप तथा डेलिभरि भ्यान, ग्लेज टाइल, इलेक्ट्रीक कार जीप भ्यान, मोबाइल फोन, एलपी ग्यास, एम.एस. विलेट र हाइस्पीड डिजेल लगायतका १० बस्तुबाट बढि राजश्व उठेको छ । लक्ष्य यहाँ सम्म पु¥याउनमा यी बस्तुहरुको मुख्य यौगदान छ । लक्ष्य पार गर्नमा मुख्यतया मार्बल र ग्रेनाइटको भुमिका बढि हुन्छ तर ती बस्तुमा ३ वटा वर्गमा भन्सार हुने गरेकोमा यो नाकाबाट नभई अन्य नाकाबाट गएको हुन सक्ने अनुमान छ । ग्रेनाइटको हकमा सिंगै ल्याए २३ प्रतिशत, केही काटेर ल्याए ३३ प्रतिशत र तयारी अवस्थामा ल्याए ६० प्रतिशत भन्सार लाग्ने प्रावधान छ ।

 

 

 

पछिल्लो समय भन्सारले सेवा प्रवाह सरलीकृत गर्दै लगेको छ भने अवैध पैठारी रोक्न सीमा क्षेत्रमा गस्ती तिव्र पारेको छ । जसबप्याज, कपडा, चिनी, सूर्ति जन्य बस्तु किरानाका सामान सहित मानिस र सवारीसाधन लगायतका लाखौं मूल्यका सामान बरामद भएको छ ।

 

 

 

 

भन्सार विभागले आर्थिक वर्ष २०८१/०८२ मा भने विगतको तुलनामा १८ अर्ब घटाएर भन्सारलाई १ खर्ब ९ अर्ब लक्ष्य तोकेको छ । मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैरहवा भन्सार कार्यालयको योगदान करिब १२ प्रतिशत छ । तर, पछिल्ला तीन वर्षमा भने राजश्व असुली घट्दा मुलुकको राजश्व लक्ष्य नै प्रभावित परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पर्यटन प्रवर्द्धन तथा आयआर्जनका लागि पूर्वाधार निर्माण

वालिङ (स्याङ्जा),  भीरकोट नगरपालिका–४ सिसौघारीमा मन्दिरसहितको तलाउ निर्माण थालिएको छ । मन्दिरसहितको तलाउलाई धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यले पालिकाल निर्माण थालेको हो   सहरी विकास मन्त्रालय सहरी विकास तथा भवन निर्माण विभाग कास्कीको एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत तलाउ, मन्दिरसहित पक्की...

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले सो प्रतिवेदन पेस गर्नुभएको हो ।नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगले...

गृहिणीबाट उद्यमीः सीपले जीवन बदल्दै भोजपुरका महिला

भोजपुर,पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो ।   महिलालाई आत्मभिर्नरसँगै...

ट्रम्पसँग व्यापारिक सहमति भएको राष्ट्रपति सीको भनाइ

चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकासँग आर्थिक तथा व्यापारिक विषयमा सहमति कायम भएको जानकारी दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार दक्षिण कोरियाको बुसानमा भएको भेटवार्तापछि चिनियाँ राज्य सञ्चारमाध्यम सिन्ह्वाले सो जानकारी दिएको हो ।सन् २०१९ पछि पहिलोपटक भएको यो उच्चस्तरीय भेटमा विश्वका दुई ठूला...

महायज्ञ सुरु नहुँदै आश्रम बनाउन जुट्न थाल्यो सहयोग रकम

गलकोट (बागलुङ),मानव सेवा आश्रमको भवन निर्माणका लागि महायज्ञको तयारी तीव्र पारिएको छ । यही कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा आयोजना गरिएको मानवसेवा आश्रम, बागलुङको भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै बागलुङमा सहयोग जुट्ने क्रम सुरु भएको छ ।   महायज्ञको...

जीप दुर्घटनमा एक जनाको मृत्यु, चार घाइते

दशरथचन्द(बैतडी),  जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौँ,  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिकसत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिकसत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मङ्गलबार सार्वजनिक गरेको हो ।   त्रिविका शिक्षाध्यक्ष प्रा डा खड्ग केसीले...

‘नेपालमा बर्सेनि ५० हजार बढीलाई मस्तिष्कघात’

काठमाडौँ,  नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातका कारण ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेको पाइएको छ । नेपाल पक्षघात सङ्घले गरेको अध्ययनमा प्रत्येक वर्ष नेपालमा मस्तिष्कघातका कारण ५० हजारदेखि ६० हजार मानिस प्रभावित हुने गरेका हुन् । नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष एवम् ग्राण्डी अन्तरराष्ट्रिय...

धनगढीमा यु–१९ महिला एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै

बैतडी, कैलालीको धनगढीमा प्रथम यु–१९ महिला एक दिवसीय क्रिकेट सिरिज–२०८२ को तयारी थालिएको छ । चटकपुर स्पोट्स क्लबको आयोजनामा प्रतियोगिता यही कात्तिक २० गतेदेखि सुरु हुनेछ । सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरि चार टोली बनाइएको आयोजक चटकपुर स्पोट्स क्लबका सचिव लोकराज...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९