२७ अंकले घट्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७ अङ्कले घटेको छ । आज नेप्से २७.३२ अङ्कले बढेर २५३६.११ अङ्कमा पुगेको छ  । आज ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता शेयर एक लाख ८८ हजार ८६५ पटक खरिदबिक्री हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ बराबरको कारोबार भएको छ ।

 

आज बोटलर नेपाल र एशियन हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने चन्द्रागिरी हिल्सको ९.९७ प्रतिशतले तथा समृद्धि फाइनान्सको ९.६५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी ७.७९ प्रतिशतले घटेको छ ।

 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको ३६ करोड ७ लाख ४६ हजार ४५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने अपर तामाकोशीको १३ लाख ७६ हजार ९९४ कित्ता शेयर किनबेच भएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१