जनप्रतिनिधि तथा कर्मचारीकै मिलेमतोमा खानेपानीको नाममा ब्रहमलुट

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका अनियमितताको अखाडा बनेको छ। अनियमितता गर्ने उदेश्यले नै योजना टुक्र्याउने, भनेका मान्नेहरुलाई राखेर उपभोक्ता समिति गठन गर्ने र उपभोक्तासँग रकम असुल्ने धन्दाले लुटतन्त्रको जालो उदाङ्गो भएको प्रष्ट देखिन्छ। गत आर्थिक वर्ष २०८०÷०८१ मा नगरस्तरीय योजनामामात्र एक करोड ३० लाख रुपैयाँ बोरिङ्ग तथा मोटर जडानको लागि छुट्याएको थियो। विनियोजित रकम हिनामिना गर्नकैलागि जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा योजना टुक्र्याई नामका लागिमात्र  उपभोक्ता समिति बनाएर ठेकेदार मार्फत काम गराएको खुलेको हो। सवैभन्दा बढी ५५ लाखको उपभोक्ता समिति बोरिङ्ग र मोटर जडान ११, १२ र १३ मा लक्ष्मी यादव  अध्यक्ष गरेका छन्। समितिका अध्यक्ष यादव वडा कार्यालयका कर्मचारी पनि हुन्। रकम कुम्ल्याउन सजिलो पार्नकै लागि नीयम मिचेर कर्मचारीलाई अध्यक्ष बनाएको स्थानीयको भनाई छ। योजनाको सचिवमा सूर्यनारायण महतोको नाम छ। विडम्वना उनलाई आफू उपभोक्ता समितिमा रहेको जानकारी नै छैन। सचिव महतोलाई तपाई बोरिङ्ग र मोटर जडान उपभाक्ता समितिको सचिव हो? भनि सोध्दा उनले आफू कुनै समितिमा बसेको जानकारी नभएको बताए। उनले भने, ‘म समितिमा बसेको जानकारी छैन, बुझेर थप कुरा भनुला।’ उपभोतmा समितिलाई नै जानकारी नहुनेगरी बनेको समितिले कसरी फाइल तयार पार्यो र बैंक खाता खाल्यो भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ। अपारदर्शी तथा मनपरी ढङ्गले समिति गठनमात्र हैन यसको सम्पूर्ण काम समेत ठेकेदारमार्फत गराएको छ। धनगढीमाई नगरपालिका ११ मा ४ वटा बोर्डिङ्ग र मोटर जडान भएको छ। बोर्डिङ जडान भएको उपभोक्तालाई भने समितिको नाम थाहा छैन्। नगरस्तरीय योजनामा बोरिङ्ग र मोटर जडान गर्ने भनेपनि उपभोक्तासँग प्रति बोरिङ्ग ३० देखि ४० हजारसम्म नगद असुल गरेका छन्। वडा अध्यक्ष र मेयरको खास मान्छेमार्फत रकम असुलेको बताइन्छ। धनगढीमाई ११ की उपभोक्ता उषा महतो, समिता मगरसहितका ६ घर परीवारले ७ हजारको दरले रकम उठाएर वडा अध्यक्ष अशोक श्रेष्ठको निर्देशनमा स्थानीय पवन महतोलाई ४० हजार रुपैयाँ बुझाएको बताए। उनीहरुले भने, ‘पैसा जम्मा नगरेसम्म बोरिङ्ग नदिने भनेपछि हामीले घरही ७ हजारका दरले उठाएर ४० हजार पवन भाईलाई दियौं। त्यसमध्ये १० हजार फिर्ता दिने भनेको छ। तर अझै फिर्ता भएको छैन’ उनीहरुलाई रकम लिएको भन्दा पनि बोरिङ्ग सफल नभएकोमा चिन्ता छ। पीउने पानीको चरम अभाव भोगिरहेका उनीहरुले वडा अध्यक्षले पैसा नबुझाई बोरिङ्ग नदिने भनेपछि रकम दिए। तर, अहिले जडान भएको वोरिङ्गबाट पानी नआउँदा चिन्तित छन्। ‘बोरिङ्ग जडान भएको एक साता पछि मोटर ल्याईदिए र मोटर जडान गरेको २÷३ घण्टापछि बन्द भएको मोटर अझै चलेको छैन; ती उपभोक्ताहरुले दुखेसो गरे। त्यसैगरी, सोही वडाका सिंङ्गेश्वर ठाकुर र धुर्निदेवि महतोसँग पनि ३०÷३०  हजार रुपैयाँ वडा अध्यक्ष अशोक श्रेष्ठले लिएका छन्। वडा अध्यक्ष श्रेष्ठले पैसा नबुझाएसम्म बोरिङ्वग दिन्न  भनेपछि बाध्येय भएर रकम बुझाएको बताए। यस वडामामात्र हैन वडा नम्वर ८ का उपभोक्ता उपेन्द्र महतोसँग पनि उनीहरुले रकम असुल गरेको छ। दुई महिना अघि नै काम सम्पन्न भएको महतोले फिर्ता दिने सर्तमा मिस्त्रीलाई दिएको रकम अझै फिर्ता भएको छैन। यो सम्पूर्ण घटनाहरुले धनगढीमाई नगरपालिकामा हुने अनियमितता चित्रण गरेको छ। प्रत्येक वडामा उपभोक्तासँग बोरिङ्ग जडानगर्दा मोटर किन्न, मिस्त्रिलाई दिन, मेसिनमा तेलहाल्ने नाममा रकम असुल गरेको छ। यस सम्वन्धमा जान्न ११ नम्वर वडा अध्यक्ष श्रेष्ठलाई कार्यालयमा भेट्न जाँदा भेट्नु भएन। त्यसपछि एक सातासम्म निरन्तर फोन अफ रहेको छ। रकम उठाउने कार्यमा नाम जोडियका पनव महतोले भने आफू यस प्रकृयामा कतै नजोडिएको जिकिर गरे। पैसा उठाएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले आफूसम्म पनि वला बेला यस्तो कुरा आएको बताए। उनले भने, ‘म कहाँ पनि यो कुरा आई रहेको थियो। मैले आफैले पनि खोजीनीती गरिरहेको छु। कुनै पनि उपभोक्तासँग रकम लिएको भन्ने पुष्टि भए रकम लिनेलाई कार्वाही गर्छु।’ प्रमुख दासले समयमा काम सम्पन्न नभएकोले यो योजनाहरुको भुक्तानी समेत नभएको बताए। उनले विभिन्न कारणले समयमा काम सम्पन्न हुन सकेन। त्यसैले भुक्तानी बाँकी रहेको जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९