जर्मनीका गोलकिपर नेउरको सन्यास

काठमाडौँ । जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।युरोकपपछि सन्यास लिने नेउर जर्मनीको चौथो खेलाडी हुन् । यसअघि अघिल्लो महिना सम्पन्न युरोकपपछि थोमस मुलर, टोनी क्रुज र इल्के गुण्डोगनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।

 

 

बुधबार एक भिडियो सन्देस जारी गर्दै नेउरले यो निर्णय गर्न आफुलाई निकै मुश्किल भएको बताउदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।उनले २०२६ को फिफा विश्वकपका लागि आफु खेल्ने विचार गरेको भएपनि आफुले यो नै सहि समय भएको ठानेर सन्यास लिएको बताएका छन् । उनले अब आफु बायर्न म्युनिखका लागि केन्द्रित हुने बताएका छन् । आफु २०२३ सम्म जर्मनीको कप्तानी गर्न पाएकोमा सम्मानित महसुस गरेको उनले बताए ।नेउर जर्मनीले २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण सदस्य थिए । ३८ बर्षिय नेउरले जर्मनीका लागि २००९ मा डेभ्यु गरेर अहिलेसम्म १२४ खेल खेलेका छन् ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१