Baigyanik Media

Advertisement

Skip Ad

वडा अध्यक्षको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक रुपमा माग गरेका छन् ।नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताहरुले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल गरिदिन माग गरेका हुन् ।

 

 

वडा अध्यक्ष यादवको गत भदौ ९ गते बर्दिबास नगरपालिका वडा नम्बर १२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो । उक्त घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटना नभई हत्या भएको हुनसक्ने भन्दै ज्ञापनपत्रमा अनुन्धानको माग गरिएको छ ।

 

 

भदौ ८ गते साँझ केही शंकास्पद व्यक्तिहरुले बोलाएको, घटनास्थल र शवको प्रकृति हेर्दा दुर्घटनाबाट मृत्यु भएजस्तो नदेखिएको, पोष्टमार्टम रिपोर्टबाट टाउको र छातिमा चोट देखिएको, टाउको र छातिमा वजनदार वस्तुले प्रहार भएको पाइएको, मोटरसाइकलको हेल्टेमटमा केही क्षति नभएको बरु हेल्मेट लकसहित निकालेर राखेको, मोटरसाइकल स्टार्ट बन्द गरिएको अवस्थामा राखिएको आदि कारणले दुर्घटना नभई हत्या भएको हुनसक्ने ज्ञापनपत्रमा उल्लेख छ ।

 

 

 

शवको पोष्टमार्टमका लागि काठमाडौं लगिएपछि अर्को दिन शंकास्पद व्यक्तिलाई प्रहरी सामान्य सोधपुछ गरेर छाडेको भन्दै यी विभिन्न परिस्थिति, वातावरण, शवको प्रकृति, समय र मुकेशसँग सम्पर्कमा रहन पुगेका व्यक्तिसँग गम्भीरतापूर्वक छानविन गरेमा सत्यतथ्य पत्ता लाग्ने उल्लेख गर्दै ज्ञापनपत्रमा प्रहरी प्रशासन यसप्रति गम्भीर नभएकाले केन्द्रीय अनुसन्धान ब्यूरोबाट नै छानविनका लागि पहल गरिदिन आग्रह गरिएको  छ ।

 

 

ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले सो घटनालाई आफुले गम्भीर रूपमा लिएको बताए । मधेस-तराई क्षेत्रमा रहेको सुरक्षा चुनौतीबारे जानकार रहेको र अवस्था सुधारका लागि आफू सरकारमा रहँदा सूक्ष्म ढंगले अभियान चलाएको उनले जानकारी दिए ।

 

 

 

माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षको मृत्यु र तराईमा भैरहेका हत्या हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर निस्पक्ष छानबिनको निम्ति  सरकारको ध्यानाकर्षण गराउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जनाए ।

 

 

 

सर्वदलीय डेलिगेसनमा माओवादी केन्द्रका नेता लीलामणि पोख्रेल,नेपाली कांग्रेसका नेता महेन्द्र कुमार राय, जसपा नेपालका नेता डा. सुरेन्द्र कुमार यादव, माओवादी केन्द्रका नेता भरत साह लगायत परिवारका सदस्य सहभागी थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

पाँचथर, तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन...

अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले पार्टीका सबै तहका...

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र...

जैविक खेतीलाई अबलम्बन गर्दै घराम्दी र टिकोटका किसान

म्याग्दी।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन् ।   आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले...

तेह्रथुममा सिस्नो प्रशोधन सुरु, सुपरमार्केटहरूको माग धान्नै मुस्किल

तेह्रथुम, यहाँको लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनले सिस्नोको प्रशोधन सुरु गरेको छ । प्राकृतिक रुपमै उम्रिने सिस्नोबाट रुपैयाँ साट्ने उद्देश्यले चैते सामुदायिक वन उपभोक्ता समितिले सिस्नोको परीक्षण प्रशोधन सुरु गरेको हो । डिभिजन वन कार्यालय तेह्रथुममार्फत अनुदानमा प्राप्त रु १० लाख मूल्य बराबरका...

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

काभ्रेपलाञ्चोक, विसं २०८१ असोजको विपद्मा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो । दोस्रो...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । नव...

पिसाब फेर्न बसबाट ओर्लिएका कैलालीका वृद्ध मुग्लिनमा हराए

कैलाली, कैलाली मोहन्याल गाउँपालिका–३, बुडिआमका ६५ वर्षीय काशीराम कुँवर मुग्लिङ नजिकै हराएका छन्। लालीगुँरास आधारभूत विद्यालयका कार्यालय सहयोगी समेत रहेका कुँवर हालसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।   परिवारका अनुसार, उहाँ जेठा छोरालाई दक्षिण कोरिया बिदाइ गरी गत असोज ७ गते काठमाडौंबाट कैलाली फर्किंदै हुनुहुन्थ्यो। उहाँ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

रामपुर (पाल्पा),  युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ । कुनै समय विद्यार्थी नियमित रूपमा विद्यालय...

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली (रामेछाप),  यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा...

राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

काठमाडौँ  नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२०...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९