सहयाेगि बेलुवा युवा क्लबद्धारा महिला फुटबल प्रशिक्षण सुरु

कैलाली। कैलाली जिल्लाकाे बर्दगाेरिया गाउँपालिका वडा नम्बर ५ मा अवस्थित सहयोगी बेलुवा युवा क्लबको आयाेजनामा महिलाहरुका लागि फुटबल प्रशिक्षण कार्यक्रमकाे सुरुवात भएको छ ।क्लबले भाद्र महिनाको सुरुवातबाट याे कार्यक्रमकाे आयाेजना गरिरहेकाे क्लबका अध्यक्ष महेश रावलले जानकारी दिएका छन् । रावलले बताए अनुसार अहिले १३ जना महिला फुटबल खेलाडीहरुले नियमित रुपमा प्रशिक्षण गरिरहेका छन् । समाजमा रहेको चेतनाकाे कमिका कारण महिला फुटबल खेलाडीहरु पाउन सकेका छैनौं ।क्लब रहेको वडा नम्बर ५ मा स्थायी खेल मैदानको अभावका कारण अहिले प्रशिक्षणमा रहेका खेलाडीहरुले गाउँपालिकाकाे वडा नम्बर ६ मा अवस्थित बाँस्काेटि खेल मैदानमा प्रशिक्षण गरिरहेका छन् ।क्लबका प्रतिनिधिहरुले बताए अनुसार अहिले आफुहरुलाइ खेलकुद सामाग्री जस्तै फुटबल , काेन लगायतको समस्या रहेको र आफुहरुलाई हालसम्म कुनैपनि सरकारी तथा गैरसरकारी संस्थाहरुकाे सहयोग नरहेको बताएका छन्। क्लबले यशपश्चात जिल्लामा हुने हरेक महिला फुटबल प्रतियोगिताहरुमा आफ्नो क्लबको सहभागिता रहने बताउदै यस प्रशिक्षणमा जाेडिन अन्य महिला खेलाडिहरुलाइ अनुरोध समेत गरेको छ ।क्लब आफैंले समेत निकट भबिष्यमा फुटबल प्रतियोगिता आयाेजनाकाे तयारी गरिरहेको छ । क्लबका १५ जना पुरुष फुटबल खेलाडी हरु बिगत लामाे समय देखि प्रशिक्षण गर्दै आएका छन् । सहयाेगि बेलुवा युवा क्लबले आफ्नो स्थापनाकाे छाेटाे समयमा नै बर्दगाेरिया गाउँपालिकामा फरक पहिचान बनाउन सफल भएको छ । क्लब विभिन्न किसिमका सामाजिक एवम् सांस्कृतिक गतिविधि हरुमा सक्रिय रहदै आएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१