काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भू.पू. सैनिक विभागको सदस्यमा १० जना मनोनयन गरेका छन् ।सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु प्रमुख रहेको भू.पू. सैनिक विभागको सदस्यमा १० जना मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
मनोनयन भएका सदस्यहरूमा गर्जबहादुर गुरूङ, लम्जुङ, हेमलाल लिम्बु, सुनसरी, तुलबहादुर गुरुङ, कास्की, जोवानसिंह ठकुरी, रूपन्देही, भिम चन्द, कञ्चनपुर, भावना घर्ती मगर, सुर्खेत, गुणबहादुर कार्की, महोत्तरी, लिला मास्के राना, नवलपुर, गोपाल तामाङ, झापा र सुनिता लामिछाने, काठमाडौँ रहेका छन् ।


























































































































































