काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग भेटवार्ता गरेका छन् ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले शाहबाजसँगको भेटमा द्विपक्षीय र बहुपक्षीय फोरममा सहयोग अभिवृद्धि गर्ने, व्यापार, लगानी, पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।राष्ट्रसङ्घको मुख्यालयमा भएकोे भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी रहेका थिए ।























































































































































