आइपिएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले ६ खेलाडीलाई रिटेन गर्न सक्ने नियम पारित गरिएको छ । आइपिएलले ६ खेलाडी रिटेन गर्दा एक खेलाडी घरेलु अनक्याप खेलाडी हुनुपर्ने नियम बनाएको छ भने अन्य पाँच खेलाडी भारतीय र विदेशी जो पनि हुनसक्ने नियम बनाएको छ ।  रिपोर्टका अनुसार शनिबार आईपीएल गभर्निङ काउन्सिलको वार्षिक बैठकमा यी निर्णयहरू गरिएको हो ।

 

 

त्यस्तै अब टोलीको पर्स सीमा पनि १०० करोडबाट बढाएर १२० करोड भारु पुर्याइएको छ । मेगा अक्सन यस वर्ष नोभेम्बरमा हुन सक्ने बताइएको भएपनि मिति भने अझै तोकिएको छैन ।त्यस्तै यस बर्ष हुने मेगा अक्सनमा टोलीले राइट टु म्याच कार्ड पनि पाउनेछन् । एउटा टोलीले बढीमा ६ खेलाडीलाई टोलीमा राख्न सक्छ । यसले कोलकोता, सनराइजर्स, चेन्नई\, राजस्थान र मुम्बई जस्ता खेलाडीलाई फाइदा पुग्ने देखिएको छ ।

 

 

 

अक्सनअघि आईपीएल टोलीहरूले ५ अन्तर्राष्ट्रिय खेलाडी र एक अनक्याप खेलाडी राख्दा कुल ७९ करोड खर्च हुने भएको छ र  तिनीहरूको पर्समा मात्र ४१ करोड रुपैयाँ बाँकी हुनेछ, जुन रकमले बाँकी २० खेलाडी किन्नुपर्ने हुने भएको छ । रिटेन गरिएका खेलाडीमध्ये शिर्ष २ खेलाडीको मुल्य १८–१८ करोड, २ खेलाडी १४–१४ करोड र १ खेलाडी ११ करोड हुने गरि तोकिएको छ । त्यस्तै रिटेन गरिने एक अनक्याप्ड खेलाडीलाई ४ करोडमा रिटेन गर्न सकिनेछ ।

 

 

हरेक पटक आईपीएल मेगा लिलामीमा विदेशी र भारतीय खेलाडी राख्ने सीमा तोकिएको थियो । तर, यसपटक विदेशी र भारतीय खेलाडीलाई रिटेन गर्ने कुनै सीमा छैन । फ्रेन्चाइजीले चाहेमा सबै पाँच भारतीय वा पाँच विदेशी खेलाडीलाई राख्न सक्छ ।

 

 

त्यस्तै पाँच पटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनी अनक्याप्ड प्लेयरको रूपमा आईपीएल खेल्न सक्ने भएका छन्। आईपीएलले आफ्नो पुरानो नियमलाई पुन: लागू गर्ने निर्णय गरेसँगै धोनी अनक्याप्ड खेलाडीको रुपमा चेन्नईमा रिटेन हुन सक्ने भएका हुन् । आइपिएलले ५ वर्षअघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका खेलाडीले अनक्याप्ड खेलाडीको रुपमा लिलामीमा सहभागी हुन पाउनेछन् ।

 

 

धोनीले सन् २०२० मा सन्यास लिएका थिए तर उनले आफ्नो अन्तिम खेल भारतका लागि २०१९ मा खेलेका थिए । यसरी सन् २०२५ को आईपीएलसम्ममा उनको सन्यास र अन्तिम खेल दुवै ५ वर्षभन्दा बढी हुनेछ । यो नियम पहिले कहिल्यै प्रयोग गरिएको थिएन, जसका कारण यसलाई २०२१ मा हटाइएको थियो । तर, अब सीएसकेले धोनीका लागि यो नियम प्रयोग गर्न सक्ने भएको छ ।

राइट टु म्याच कार्डको फिर्ता

आईपीएल मेगा लिलामीमा राइट टु म्याच कार्डले पनि पुनरागमन भएको छ । टोलीले कुनै खेलाडीलाई रिटेन गर्न नसकेमा राइट टु म्याच कार्ड प्रयोग गरी मेगा अक्सनमा रिटेन गर्न सक्नेछन् । यदि टोलीले चाहेमा, तिनीहरूले सबै ६ खेलाडीहरू राख्न सक्छन् वा केही खेलाडीहरू राख्न सक्छन् र केहीलाई राइट टु म्याच कार्डको प्रयोग गरेर टिममा राख्न सक्ने भएका छन् । टोलीले चाहेमा एक खेलाडीलाई रिटेन गर्नुको सट्टा राइट टु म्याच कार्डमार्फत सबै ६ खेलाडी किन्न पनि सक्नेछन् ।

राइट टु म्याच कार्ड भनेको के हो ?

राइट टु म्याच अर्थात् आरटीएम कार्ड लिलामीमा रहेका टोलीहरूले प्रयोग गर्न सक्नेछन् । उदाहरणका लागि, रोहित शर्मालाई मुम्बई इन्डियन्सले रिटेन गरेन भने उनको नाम लिलामीमा आउछ र उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १० करोडमा किन्न खोज्यो भने मुम्बईले चाहेमा राइट टु म्याच कार्ड प्रयोग गरेर रोहितलाई १० करोडमा राख्न सक्छ । राइट टु म्याच कार्ड सबै टोलीसँग हुनेछ ।

इम्प्याक्ट प्लेयर नियम रहने 

सन् २०२३ मा लागू भएको इम्प्याक्ट प्लेयर नियम पनि आईपीएलमा जारी रहने छ । यो नियमको सहायताले टोलीले प्लेइङ–११ को कुनै एक खेलाडीलाई खेलको बीचमा बेन्चमा बस्ने खेलाडीलाई बदल्न सक्छ । पछिल्लो सिजनमा यो नियमको प्रयोगका कारण बढी रन बनेको थियो । जसका कारण गत सिजन मात्रै प्रतियोगिता इतिहासको शीर्ष १० मा ९ उच्चतम स्कोर बनेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी,  मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र...

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

धरान (सुनसरी), करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती गर्दै आउनुभएको छ । उहाँले विसं २०७४ मा स्थापना गर्नुभएको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक रु ५५ देखि ६०...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६३ पैसा...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी,  मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र...

टेलिकम कम्पनीको घट्दो आम्दानीमा चर्को करको मार

काठमाडौँ, पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दुई टेलिकम सेवाप्रदायकको आम्दानी आर्थिक वर्ष २०७४÷७५ मा रु ९८ अर्ब ७१ करोड आम्दानी गरेकामा गत आवमा यो रु ७१ अर्ब २१ करोडमा सीमित भएको छ...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।   जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९