काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि आफ्नो एक महिनाको तलब सुविधा उपलब्ध गराउन घोषणा गरेका छन् ।राष्ट्रपति पौडेलले बाढी पहिरोबाट पीडितहरूको राहतका लागि स्थापना भएको केन्द्रीय दैवीप्रकोप राहतकोषमा आफ्नो एक महिनाको तलब सुविधा प्रदान गर्ने घोषणा गरेका हुन् ।यसैगरी उनका विज्ञ सल्लाहकारहरूले पनि एक हप्ताको तलव सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

























































































































































