पालुङटारको ‘स्व-आर्जन प्रवर्द्धन कोष, अख्तियारमा मुद्धा परेपछि भएन कार्यान्वयन

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम २०७५ मा लागु गरेकाे थियाे । नगरपालिकाले नगरवासीलाई स्वरोजगार बनाई कृषि उपजमा आत्मनिर्भर बनाउनका लागि दुई प्रतिशत ब्याजमा कर्जा वितरण गर्न सुरु गरेको थियो ।नेपाली कांग्रेसका तत्कालिन नगर सभापतिसमेत रहेका ई. दीपकबाबु कँडेल २०७४ काे स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का विवश चिन्तनलाई पराजित गर्दै मेयरमा निर्वाचित भए । इन्जिनियरसमेत रहेका मेयर कँडेल निर्वाचित भएपछि धेरै युवाले आशा गरेका थिए, अब त पालुङटारमा केही हुन्छ । कम्तीमा रोजगार बन्नकै लागि अरूकोमा काम गर्न पर्दैन । तर, मेयर कँडेलले सो परियोजना सोचेको भन्दा फरक भइदियो । पाँच वर्ष नगरपालिकाको नेतृत्वमा रहेका मेयर कँडेल पछिल्लो समय भएको स्थानीय निर्वाचन-२०७९ मा उही चिन्तनसँग पराजित बन्न पुगे ।

 

 

मेयरमा पराजित भएपछि फेरि पनि निर्वाचित भएको भए सायद यो कोष सञ्चालन हुने तथा कर्जा फिर्ता ल्याउने योजना ल्याउँछन् भन्ने कल्पना समेत कसैले गरेका थिएनन् । तर, आर्थिक वर्ष २०७८/७९ को महालेखा परीक्षणको प्रतिवेदन सार्वजनिक भएपछि स्व-आर्जन प्रवर्द्धन कोषका नाममा पैसा लगानी भएको तर फिर्ता ल्याउने प्रक्रियासमेत नगरेको भन्दै प्रश्न उठेपछि यस विषयमा थप अध्ययन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी बताउँछन् ।

 

 

 

तीन वर्षका लागि भन्दै २०७५ सालमा ऋण प्रवाह गरे पनि अधिकांशले फिर्ता नगरेपछि पालिकाले एकाएक क्रमिक रूपमा सामाजिक सञ्जालमार्फत ऋण तिर्न आउन अनुरोध गर्दै सूचना जारी गर्याे । नगरपालिकाले सार्वजनिक सूचना जारी गरेपछि यस प्रक्रियाका बारेमा सूचनाको हक प्रयोग गर्दै पालिका लाइभले सूचना माग गरेको थियो ।

 

 

 

फिर्ता नगर्नेमा जनप्रतिनिधिदेखि शिक्षकसम्म

नगरपालिकाका सूचना अधिकारी माधव प्रसाद पोखरेलद्वारा प्रमाणित गरिएको पत्र अनुसार नगरपालिकाले तीन आर्थिक वर्षमा करिब ३५० भन्दा बढिजनालाई न्यूनतम ५० हजारदेखि १० लाखसम्म गरि चार कराेड ३० लाख रुपैंया ऋण प्रवाह गरेको उल्लेख छ । त्यसमध्ये अझै दुई करोड भन्दा बढि असुल गर्न बाँकी रहेको छ । यसमा ब्याँज, जरिवनासहित समावेश गरिएकाे छ ।

 

 

 

त्यसमध्ये अधिकांशले साँवा तथा व्याजसमेत फिर्ता गरेनन् । त्यस कारण अन्य वर्षमा कोषमा रकम दाखिला गर्ने तथा अन्यलाई लगानी गर्ने वातावरण नै बन्न नसकेपछि कोषलाई निरन्तर सञ्चालन गर्न नसकिएको नगरपालिका मेयर चिन्तन दाबी गर्छन् । ‘कोरोना कहर तथा आर्थिक मन्दीका कारण स्व-आर्जन प्रवर्द्धन कोषमा रकम फिर्ता ल्याउने र नयाँ कार्यक्रम लागु गर्न सकिएन,’ उनी भन्छन् ‘देश तथा विश्वमा नै आर्थिक मन्दी छाइरहेको समयमा कोषमार्फत स्वरोजगारमा लैजानका लागि पनि नयाँ कार्यक्रममा बजेट हाल्न नसकिएकाले पहिला लगानी भएका रकम फिर्ता ल्याउने निर्णय गरियो ।’

 

 

 

स्व-आर्जन प्रवर्द्धन कोषको रकम फिर्ता ल्याउन सुरु गरेसंगै नगरपालिका नेतृत्वले विभिन्न तहबाट दबाब भने नपाएका होइन । उक्त परियोजनालाई अनुदानमा बदल्न संघीय सरकारदेखि प्रदेश सरकारका नेतृत्वसमेत लागेको थियो । अझ, पालुङटारमा जिल्ला, प्रदेश तथा संघीय तहमा राजनीति गर्दै आएका विभिन्न उच्च पदस्थ नेता तथा कर्मचारीले उक्त कोषबाट प्रवाह गरिएको ऋणलाई अनुदानमा बदल्न धेरै नै दबाब दिए। अझ तत्कालीन मेयर कँडेल तथा एमालेका नेताहरू त प्रमुख प्रशासकीय अधिकृत भण्डारीको सरुवा गर्नसमेत कम्मर कसेर लागेका थिए ।

 

 

 

अख्तियारमा मुद्धा परेपछि भएन कार्यक्रम कार्यान्वयन

पालुङटारले सञ्चालन गरेको स्व-आर्जन प्रवर्द्धन कोष मार्फत आफ्नालाई मात्र ऋण प्रवाह भएको भन्दै अख्तियारमा उजुरी परेको थियाे ।पालिकाका तत्कालिन जनप्रतिनिधि तथा कर्मचारीले आफ्ना नजिकका आफन्तलाई कमिसनकाे लाेभमा कर्जा प्रवाह गरेपछि उक्त कार्यक्रम अनुसार सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारमा उजुरी परेपछि र ऋण लागेका व्यक्तिले समयमै भुक्तानी नगरेपछि हाल उक्त कार्यक्रम कार्यान्वयमा छैन । कोषमा पालिकाले भने रहेका आर्थिक वर्ष एक कराेडका दरले जम्मा गर्दै आइरहेकाे छ । कार्यविधि अनुसार गत र चालू आर्थिक वर्ष १–१ करोड रुपैयाँ कोषमा जम्मा भएको पालिकाले जनाएकाे छ । कोषमा हाल रकम रहेपनि पुरानो रकम नउठ्दासम्म थप लगानी नगर्ने निर्णय भएको छ ।

 

 

 

यसरी सुरू भएकाे थियाे स्व-आर्जन प्रवर्द्धन कोष

नगरपालिकाले स्वरोजगार बन्न चाहनेलाई व्यवसाय सञ्चालन गर्न ब्याज सहुलियतको कर्जा दिन एक कार्यक्रम मार्फत सुरुवात गरेकाे थियाे । युवाहरूलाई आत्मनिर्भर बनाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले पाँचौँ नगर सभाले स्थानीय उद्यम तथा व्यवसाय प्रवर्द्धन कार्यक्रम स्वीकृत गरी कार्यविधि समेत बनाएको थियो । सो कार्यविधि २०७५ साल पुस २० गते प्रमाणीकरण भयो । कार्यविधि प्रमाणीकरण भएसँगै नगरपालिकाले आर्थिक वर्ष २०७५/७६, ०७६/०७७ तथा ०७७/७८ गरी तीन चरणमा करिब ४ करोड भन्दा बढी रुपैयाँको स्व स्वरोजगार कोष स्थापना गरेको थियो ।

 

 

आर्थिक वर्ष २०७५ का लागि एक करोड र २०७६ का लागि दुई करोड तथा ०७७ मा एक करोड, रहेक वडालेसमेत आफैं काेष स्थापना गरेका थिए । युवाहरूलाई कृषि, पशुपालन, उद्योग तथा व्यापार सञ्चालन गर्नका लागि स्वरोजगार कार्यक्रमअन्तर्गत बिना व्याज ऋण दिने उद्देश्यले यो कोष स्थापना गरेको थियो । व्यवसाय सञ्चालन गर्न चाहने युवालाई सो कोषबाट कम्तीमा पचाश हजारदेखि १० लाख रुपैयाँसम्म ऋण दियो ।

 

 

सहुलियतपूर्ण कर्जाका लागि व्यवसाय गर्न चाहनेले विधिवत् दर्ता गरेर व्यापार, व्यवसाय सुरु गरी वडा कार्यालयको सिफारिस पेश गरे पश्चात् सो रकम तीन वर्षभित्र चुक्ता गरिसक्नु पर्ने उल्लेख गर्दै तीन वर्षमा ३५० भन्दा बढिलाइ करिब ४ करोड भन्दा बढी सहुलियतमा व्याज ऋण प्रवाह गर्याे । उक्त रकम अनुदान नभएकाले निर्धारित समयमा अनिवार्य चुक्ता गर्नुपर्ने कानुनी व्यवस्थासमेत गरेकाे थियो । नतिरेमा नगरपालिकाले दिने सेवा सुविधा सम्पूर्ण बन्द उक्त समयमा शर्त राखिएको थियो ।

 

 

स्थायी ठेगाना नगरपालिका बाहिर भई पालुङटारमा नै व्यापार, व्यवसाय सञ्चालन गरेकोलाई समेत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने कार्यविधिमा उल्लेख थियाे । स्वआर्जन कोषको पूर्ण सदुपयोग हुन सके बेरोजगार न्यूनीकरण, आयात न्यूनीकरण, निर्यात प्रवर्द्धन हुने तत्कालीन नगरपालिकाको नेतृत्वले विश्वास लिएको थियो ।

 

 

व्यक्तिगत स्वार्थका निम्ति स्थायी ठेगाना पालुङटार बाहिर रहेका व्यवसायीहरूलाई समेत कर्जा प्रवाह गरेको तथ्याङमा देखिन्छ । यसमा मुख्यतः, तत्कालीन योजना शाखा प्रमुख दीपेन्द्र अर्याललगायतका कर्मचारी देखिन्छन् । उनीहरूले करिब ५० हजार अनुदान उपलब्ध गराउँदा ५ हजार, तथा १ लाख माथि उपलब्ध गराउँदा १० हजार, त्यो भन्दा माथि कर्जा पाउन कमिसन रकम बढ्दै गएको स्रोतको दाबी छ । यो विषयमा कोषका तत्कालीन सदस्य सचिवसमेत रहेका अर्यालयसंग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।तत्कालीन समयमा मेयर कँडेल, उपमेयर माओवादी केन्द्रकी पम्फा बसेल, प्रमुख प्रशासकीय अधिकृत बलराम ढकाल थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

पौडी पोखरीको छानामा पु-याएको क्षतिको निरीक्षण

काठमाडौँ,  हावाहुरीले हिटिङ पौडी पोखरीको छानामा पु-याएको क्षतिको आज निरीक्षण गरिएको छ ।सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीको निरीक्षण गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्यत्रय कमलबहादुर भट्टराई, भानबहादुर चन्द र सुवर्ण श्रेष्ठसहितको टोलीले...

व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी

गलेश्वर (म्याग्दी), म्याग्दीका किसानले व्यावसायिक खेतीबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले बेमौसमी तरकारी, फलफूललगायत खेती गरेर वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।   जिल्लाको बेनी नगरपालिका-२ लभ्लीहिलका चन्द्रबहादुर कार्की, खबराका सोभित शर्मा, भकिम्लीका टेकबहादुर घर्ती, मरेकका...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

हुरीले व्यावसायिक केराखेतीमा क्षति

कमलामाई (सिन्धुली),  हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेकोे छ । गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो । यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पु-याएको स्थानीय किसान रामकुमार घिमिरेले जानकारी दिनुभयो । “यहाँ हामीले सात बिघामा व्यावसायिक...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी,  जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गर्नुभयो ।त्यस अवसरमा उहाँले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख गर्नुभयो ।     मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९