पालुङटारको ‘स्व-आर्जन प्रवर्द्धन कोष, अख्तियारमा मुद्धा परेपछि भएन कार्यान्वयन

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले संघीय सरकारको सिको गर्दै युवा स्वरोजगार कार्यक्रम २०७५ मा लागु गरेकाे थियाे । नगरपालिकाले नगरवासीलाई स्वरोजगार बनाई कृषि उपजमा आत्मनिर्भर बनाउनका लागि दुई प्रतिशत ब्याजमा कर्जा वितरण गर्न सुरु गरेको थियो ।नेपाली कांग्रेसका तत्कालिन नगर सभापतिसमेत रहेका ई. दीपकबाबु कँडेल २०७४ काे स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का विवश चिन्तनलाई पराजित गर्दै मेयरमा निर्वाचित भए । इन्जिनियरसमेत रहेका मेयर कँडेल निर्वाचित भएपछि धेरै युवाले आशा गरेका थिए, अब त पालुङटारमा केही हुन्छ । कम्तीमा रोजगार बन्नकै लागि अरूकोमा काम गर्न पर्दैन । तर, मेयर कँडेलले सो परियोजना सोचेको भन्दा फरक भइदियो । पाँच वर्ष नगरपालिकाको नेतृत्वमा रहेका मेयर कँडेल पछिल्लो समय भएको स्थानीय निर्वाचन-२०७९ मा उही चिन्तनसँग पराजित बन्न पुगे ।

 

 

मेयरमा पराजित भएपछि फेरि पनि निर्वाचित भएको भए सायद यो कोष सञ्चालन हुने तथा कर्जा फिर्ता ल्याउने योजना ल्याउँछन् भन्ने कल्पना समेत कसैले गरेका थिएनन् । तर, आर्थिक वर्ष २०७८/७९ को महालेखा परीक्षणको प्रतिवेदन सार्वजनिक भएपछि स्व-आर्जन प्रवर्द्धन कोषका नाममा पैसा लगानी भएको तर फिर्ता ल्याउने प्रक्रियासमेत नगरेको भन्दै प्रश्न उठेपछि यस विषयमा थप अध्ययन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी बताउँछन् ।

 

 

 

तीन वर्षका लागि भन्दै २०७५ सालमा ऋण प्रवाह गरे पनि अधिकांशले फिर्ता नगरेपछि पालिकाले एकाएक क्रमिक रूपमा सामाजिक सञ्जालमार्फत ऋण तिर्न आउन अनुरोध गर्दै सूचना जारी गर्याे । नगरपालिकाले सार्वजनिक सूचना जारी गरेपछि यस प्रक्रियाका बारेमा सूचनाको हक प्रयोग गर्दै पालिका लाइभले सूचना माग गरेको थियो ।

 

 

 

फिर्ता नगर्नेमा जनप्रतिनिधिदेखि शिक्षकसम्म

नगरपालिकाका सूचना अधिकारी माधव प्रसाद पोखरेलद्वारा प्रमाणित गरिएको पत्र अनुसार नगरपालिकाले तीन आर्थिक वर्षमा करिब ३५० भन्दा बढिजनालाई न्यूनतम ५० हजारदेखि १० लाखसम्म गरि चार कराेड ३० लाख रुपैंया ऋण प्रवाह गरेको उल्लेख छ । त्यसमध्ये अझै दुई करोड भन्दा बढि असुल गर्न बाँकी रहेको छ । यसमा ब्याँज, जरिवनासहित समावेश गरिएकाे छ ।

 

 

 

त्यसमध्ये अधिकांशले साँवा तथा व्याजसमेत फिर्ता गरेनन् । त्यस कारण अन्य वर्षमा कोषमा रकम दाखिला गर्ने तथा अन्यलाई लगानी गर्ने वातावरण नै बन्न नसकेपछि कोषलाई निरन्तर सञ्चालन गर्न नसकिएको नगरपालिका मेयर चिन्तन दाबी गर्छन् । ‘कोरोना कहर तथा आर्थिक मन्दीका कारण स्व-आर्जन प्रवर्द्धन कोषमा रकम फिर्ता ल्याउने र नयाँ कार्यक्रम लागु गर्न सकिएन,’ उनी भन्छन् ‘देश तथा विश्वमा नै आर्थिक मन्दी छाइरहेको समयमा कोषमार्फत स्वरोजगारमा लैजानका लागि पनि नयाँ कार्यक्रममा बजेट हाल्न नसकिएकाले पहिला लगानी भएका रकम फिर्ता ल्याउने निर्णय गरियो ।’

 

 

 

स्व-आर्जन प्रवर्द्धन कोषको रकम फिर्ता ल्याउन सुरु गरेसंगै नगरपालिका नेतृत्वले विभिन्न तहबाट दबाब भने नपाएका होइन । उक्त परियोजनालाई अनुदानमा बदल्न संघीय सरकारदेखि प्रदेश सरकारका नेतृत्वसमेत लागेको थियो । अझ, पालुङटारमा जिल्ला, प्रदेश तथा संघीय तहमा राजनीति गर्दै आएका विभिन्न उच्च पदस्थ नेता तथा कर्मचारीले उक्त कोषबाट प्रवाह गरिएको ऋणलाई अनुदानमा बदल्न धेरै नै दबाब दिए। अझ तत्कालीन मेयर कँडेल तथा एमालेका नेताहरू त प्रमुख प्रशासकीय अधिकृत भण्डारीको सरुवा गर्नसमेत कम्मर कसेर लागेका थिए ।

 

 

 

अख्तियारमा मुद्धा परेपछि भएन कार्यक्रम कार्यान्वयन

पालुङटारले सञ्चालन गरेको स्व-आर्जन प्रवर्द्धन कोष मार्फत आफ्नालाई मात्र ऋण प्रवाह भएको भन्दै अख्तियारमा उजुरी परेको थियाे ।पालिकाका तत्कालिन जनप्रतिनिधि तथा कर्मचारीले आफ्ना नजिकका आफन्तलाई कमिसनकाे लाेभमा कर्जा प्रवाह गरेपछि उक्त कार्यक्रम अनुसार सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारमा उजुरी परेपछि र ऋण लागेका व्यक्तिले समयमै भुक्तानी नगरेपछि हाल उक्त कार्यक्रम कार्यान्वयमा छैन । कोषमा पालिकाले भने रहेका आर्थिक वर्ष एक कराेडका दरले जम्मा गर्दै आइरहेकाे छ । कार्यविधि अनुसार गत र चालू आर्थिक वर्ष १–१ करोड रुपैयाँ कोषमा जम्मा भएको पालिकाले जनाएकाे छ । कोषमा हाल रकम रहेपनि पुरानो रकम नउठ्दासम्म थप लगानी नगर्ने निर्णय भएको छ ।

 

 

 

यसरी सुरू भएकाे थियाे स्व-आर्जन प्रवर्द्धन कोष

नगरपालिकाले स्वरोजगार बन्न चाहनेलाई व्यवसाय सञ्चालन गर्न ब्याज सहुलियतको कर्जा दिन एक कार्यक्रम मार्फत सुरुवात गरेकाे थियाे । युवाहरूलाई आत्मनिर्भर बनाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले पाँचौँ नगर सभाले स्थानीय उद्यम तथा व्यवसाय प्रवर्द्धन कार्यक्रम स्वीकृत गरी कार्यविधि समेत बनाएको थियो । सो कार्यविधि २०७५ साल पुस २० गते प्रमाणीकरण भयो । कार्यविधि प्रमाणीकरण भएसँगै नगरपालिकाले आर्थिक वर्ष २०७५/७६, ०७६/०७७ तथा ०७७/७८ गरी तीन चरणमा करिब ४ करोड भन्दा बढी रुपैयाँको स्व स्वरोजगार कोष स्थापना गरेको थियो ।

 

 

आर्थिक वर्ष २०७५ का लागि एक करोड र २०७६ का लागि दुई करोड तथा ०७७ मा एक करोड, रहेक वडालेसमेत आफैं काेष स्थापना गरेका थिए । युवाहरूलाई कृषि, पशुपालन, उद्योग तथा व्यापार सञ्चालन गर्नका लागि स्वरोजगार कार्यक्रमअन्तर्गत बिना व्याज ऋण दिने उद्देश्यले यो कोष स्थापना गरेको थियो । व्यवसाय सञ्चालन गर्न चाहने युवालाई सो कोषबाट कम्तीमा पचाश हजारदेखि १० लाख रुपैयाँसम्म ऋण दियो ।

 

 

सहुलियतपूर्ण कर्जाका लागि व्यवसाय गर्न चाहनेले विधिवत् दर्ता गरेर व्यापार, व्यवसाय सुरु गरी वडा कार्यालयको सिफारिस पेश गरे पश्चात् सो रकम तीन वर्षभित्र चुक्ता गरिसक्नु पर्ने उल्लेख गर्दै तीन वर्षमा ३५० भन्दा बढिलाइ करिब ४ करोड भन्दा बढी सहुलियतमा व्याज ऋण प्रवाह गर्याे । उक्त रकम अनुदान नभएकाले निर्धारित समयमा अनिवार्य चुक्ता गर्नुपर्ने कानुनी व्यवस्थासमेत गरेकाे थियो । नतिरेमा नगरपालिकाले दिने सेवा सुविधा सम्पूर्ण बन्द उक्त समयमा शर्त राखिएको थियो ।

 

 

स्थायी ठेगाना नगरपालिका बाहिर भई पालुङटारमा नै व्यापार, व्यवसाय सञ्चालन गरेकोलाई समेत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने कार्यविधिमा उल्लेख थियाे । स्वआर्जन कोषको पूर्ण सदुपयोग हुन सके बेरोजगार न्यूनीकरण, आयात न्यूनीकरण, निर्यात प्रवर्द्धन हुने तत्कालीन नगरपालिकाको नेतृत्वले विश्वास लिएको थियो ।

 

 

व्यक्तिगत स्वार्थका निम्ति स्थायी ठेगाना पालुङटार बाहिर रहेका व्यवसायीहरूलाई समेत कर्जा प्रवाह गरेको तथ्याङमा देखिन्छ । यसमा मुख्यतः, तत्कालीन योजना शाखा प्रमुख दीपेन्द्र अर्याललगायतका कर्मचारी देखिन्छन् । उनीहरूले करिब ५० हजार अनुदान उपलब्ध गराउँदा ५ हजार, तथा १ लाख माथि उपलब्ध गराउँदा १० हजार, त्यो भन्दा माथि कर्जा पाउन कमिसन रकम बढ्दै गएको स्रोतको दाबी छ । यो विषयमा कोषका तत्कालीन सदस्य सचिवसमेत रहेका अर्यालयसंग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।तत्कालीन समयमा मेयर कँडेल, उपमेयर माओवादी केन्द्रकी पम्फा बसेल, प्रमुख प्रशासकीय अधिकृत बलराम ढकाल थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘जीवनउपयोगी शिक्षा आवश्यक छ ’

भक्तपुर,  प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहाँले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताउनुभएको हो ।   उहाँले भन्नुभयो,...

कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौँ, आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो ।     सोमबार राति अबेर र आज बिहानसम्म गरेर...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै,...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

‘जीवनउपयोगी शिक्षा आवश्यक छ ’

भक्तपुर,  प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न सक्ने जनशक्ति विद्यालयबाट उत्पादन हुनुपर्ने बताउनुभएको छ । सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरको सोमबार सम्पन्न ४८औँ वार्षिकोत्सवमा उहाँले महाविद्यालयले हाँसिल गरेको उल्लेखनीय उपलब्धिको संरक्षण गर्दै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्नुपर्ने बताउनुभएको हो ।   उहाँले भन्नुभयो,...

तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

पोखरा । तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गर्नुभएको छ ।   प्रदेश प्रमुख भट्टले नेपालको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

सुदूरपश्चिम प्रदेशको राजस्व संकलन र बजेट खर्च सुस्त, १५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको कडा निर्देशन

कैलाली। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।   आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यार्थीलाई मतदाता शिक्षा दिइँदै

टक्सार (भोजपुर),  जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।   जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो...

निःशुल्क आँखा शिविर : मोतियाबिन्दुको समस्या उच्च

गण्डकी, समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निःशुल्क आँखा परीक्षण शिविरहरुमा मोतियाबिन्दुको समस्या उच्च भेटिएको हो । स्याङ्जाको वालिङ नगरपालिकामा हालै आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५१० जनाको परीक्षण गर्दा ४१ जना...

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

बेनी(म्याग्दी), अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।     न्यू देउराली युवा क्लबको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९