शुक्रबार, भदौ २७, २०८२

पाकिस्तानको कराँची विमानस्थलनजिकै विस्फोट, दुई चिनियाँ नागरिकको मृत्यु

काठमाडौँ । पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै आइतबार राति भएको विस्फोटमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । यस घटनामा एक चिनियाँ नागरिक पनि घाइते भएका छन् । यस घटनामा चीनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तानको कराँची अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आतंकवादी हमलामा हाम्रा दुई नागरिकको मृत्यु भएको छ ।’ चिनियाँ दूतावासले पनि आफ्नो विज्ञप्तिमा धेरै स्थानीय घाइते भएको उल्लेख गरेको छ ।

 

यस घटनाको जिम्मेवारी पाकिस्तानको पृथकतावादी समूह ‘बलोच लिबरेशन आर्मी’ले लिएको छ । समूहले चिनियाँ इन्जिनियर र लगानीकर्तालाई निशाना बनाएको बताएको छ । घटनास्थलमा पुगेका कराँची प्रहरीका प्रवक्ता गुलाम महेसरले पत्रकारहरूलाई भने कि विस्फोटले इन्धन ट्याङ्करमा पनि आगो लगाएको छ र नजिकैका धेरै सवारीसाधनहरू जलेको छ । यो घटनापछि सांघाई सहयोग संगठनका नेताहरुको शिखर सम्मेलन आयोजना गर्ने तयारीका कारण पाकिस्तानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९