राष्ट्रपति पौडेलले विजया दशमीको दिन टिका लगाइदिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको दिन टिका लगाइदिने भएका छन् ।राष्ट्रपति कार्यालयका अनुसार इच्छुक मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामति, जंगी, प्रहरी तर्फका अधिकृत स्तर सम्मका राष्ट्रसेवकहरूलाई अपरान्ह ३ बजेदेखि ३:३० बजे सम्म टिका लगाइदिने कार्यक्रम रहेको छ ।

 

 

त्यस्तै इच्छुक सर्वसाधारणलाई अपरान्ह ३: ३० बजेदेखि ५ बजेसम्म टिका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।राष्ट्रपति कार्यलयका अनुसार मर्यादित पोशाकमा प्रवेशद्वारनम्बर १ बाट प्रवेश गर्न पनि आग्रह गरेको छ  ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?