भारतीय फिल्मी शैलीमा सांघातिक आक्रमण, ५ जनाविरुद्ध मुद्दा

रौतहट । रौतहटको कटहरिया बजारमा भारतीय फिल्मी शैलीमा ५ किलोमीटर टाढाको गाउँबाट दर्जन बढी मोटरसाईकलमा तीन तीनजना लाठी भाठा सहित आएर स्थानिय राकेश गिरी माथी सांघातिक आक्रमण गर्ने गिरोहलाई नेताहरुले बचाउने गरेको प्रयासमा असफल भएको छ।जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा ५ जनालाई कारवाहीको दायरामा ल्याईएको छ। गत २७ गते आइतबार बिहान ९ बजे ३५ बर्षीय गिरी कटहरिया नगरपालिका भवन छेउको चिया पसलमा बसिरहेको रेकी गरेर वडा ८ पिप्रापोखरिया गाउँबाट झण्डै तीन दर्जनको संख्यामा आएका  मानिसहरूले सांघातिक आक्रमण गरेका थिए । सामान्य कुराको निहु पारेर अन्य गाउँबाट एकैपटक त्यत्रो ठूलो संख्यामा मानिसहरू आएर ज्यानै जाने गरी आक्रमण गर्नु कटहरिया बजारको ईतिहाँसमा पहिलो घटना भएको स्थानीय व्यापारीहरूले बताएका छन्।
कटहरिया ८ का वडा अध्यक्ष समिश बिक्रम साहको योजनामा दर्जनौंको संख्यामा आएका आक्रमणकारीहरू एक्कासी गिरी माथि दुङ्गाको बर्सात गरेको पीडित परिवारले बताएका छन्।

ढुङ्गा प्रहार बाट गिरीको टाउको फुटेपछि आक्रमणकारीहरुले  सँगै ल्याएको बाँसको लाठी भाठा, दाउराले तल खुटा देखि टाउको सम्म झण्डै १० मिनेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। गिरीलाई मर्नेगरी अन्धाधुन्ध कुटपिट गरिरहेको क्रममा छुट्याउन गाएकी चिया पसलकी साउनीलाई समेत उनीहरूले मरासन्न  र्नासन हुनेगरी कुटपिट गरेका थिए। यसरी आक्रमणकारीको अन्यायपूर्ण ब्यवहार हेरेर कटहरियाका युवाहरुको समुहले होहल्ला गरेपछि उनीहरु त्यहाँबाट भागेका थिए।

 

सांघातिक आक्रमण बाट गिरीको टाउको लगायत शरीरको प्रायः सम्पूर्ण ठाउँमा गहिरो चोटपटक लागेर बिरगंज स्थित एउटा निजी अस्पतालमा उपचार पछी हिजो साँझ घर आएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई शिवशंकर शर्माले बताएका छन्। त्यसैगरी चिया पसल साउनी ६० बर्षिया प्रेमज्योति साहको शरीरको धेरै ठाउँमा गहिरो चोटपटक लागेको र उपचार पछि उनी पनि घर फर्किसकेका सई शर्माले जानकारी दिएका छन्।

घटना पछी स्थानीयको सहयोगमा प्रहरीले ४ जना लाई पक्राउ गरेको छ। पिप्रापोखरिया गाउँका ७२ बर्षीय तेजिलाल यादव,३६ बर्षीय सिकिन्दर यादव र २८ बर्षीय परशुराम बिक्रम साह लाई घटनास्थल को केही दूरी बाट पक्राउ गरिएको थियो। त्यस्तै तेजिलालको छोरा ३५ बर्षीय जितेन्द्र यादवलाई घटनास्थल बाट २ किलोमीटर टाढा कटहरिया गाउँ छेउको बाँसको रुख माथि चढेर लुकिवसेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो।

 

पक्राउ परेका चारैजना हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रण मा रहेको डिएसपि राजन कार्की ले बताएका छन्। चारजना मध्ये दुईजना लाई पनि केही चोटपटक लागेको तथा उनीहरूको उपचार भईरहेको डिएसपी कार्कीले जानकारी दिएका छन्। कटहरिया बजारमा दुर्गा पूजाको अवसरमा आयोजित मेलामा सनिवार राती नाच भईरहेको थियो। सोही क्रममा वडा अध्यक्ष साहका काका प्रताप साहका छोरा पर्शु बिक्रम साह र जितेन्द्र यादव अत्यधिक मदिरा सेवन गरी पटकपटक नाचको स्टेजमा चढ्न खोज्दा त्यहाँ रहेका मेला समितिका युवाहरु संगै पीडित गिरीले उनीहरुलाई सामान्य हातपात गरी भगाएका भगाएको प्रत्यक्षदर्शी बिनोद साहले बताएका छन्।

सोही बिषयमा वडा अध्यक्ष साह तथा उनका मानिसहरू कानुनी उपचार खोज्नुको साटो जंगली शैलीमा राति नै आएर गिरी माथि आक्रमण गर्न खोज्दा प्रहरीले उनीहरुलाई धपाएका थिए। तर पुनः भोलिपल्ट आएर गिरीमाथी पुनः आक्रमण गरेको थियो। वडा ५ का अध्यक्ष सर्फलाल प्रसादले केही जनप्रतिनिधि कटहरिया बजार माथि आफ्नो बर्चस्व कायम राख्न तथा स्थानिय ब्यापारी , तथा बिभिन्न दलका कार्यकर्ता लाई डराउन वडा अध्यक्ष लाई अघी सारेर षडयन्त्र पूर्ण तरिकाले यो दुःखद घटना गराएको दाबी गरेका छन्।
स्थानिय ब्यापारी तथा मेयर प्रत्याशी योगेन्द्र साहले सामान्य घटनालाई अतिरञ्जित बनाएर ज्यानै लिने गरी भएको सांघातिक हमलामा संलग्न माथी कडा कार्वाही हुनुपर्ने माग गरेका छन्।

यसै बीच रौतहट स्थित नेपाली कांग्रेसका एकजना प्रतिनिधिसभा सदस्य, जसपाका एकजना बरिष्ठ नेता , एकजना मेयर लगायत केही नेताहरुले आक्रमणकारी लाई बचाउन प्रहरी प्रशासन संगै पीडित माथी दवाब दिएका थिए। प्रहरी र पीडित लाई कानुनी कारवाही तर्फ नगएर छलफल गरी दण्ड जरिबाना गरेर समस्या समाधान गरी दोषी लाई जोगाउन नेताहरुले चलखेल गरेको पीडित राकेश गिरीकी बहिनी मञ्जु गिरीले दुखेसो पोखेकी छिन्। यसैबीच पीडित राकेश गिरीले आफू छलफल र पञ्चायतमा नजाने बरु कानुनी कारवाहीको लागि मंगलवार ईलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दिएकाले प्रहरी प्रशासनले आफूलाई न्याय दिनमा विश्वस्त रहेको बताएका छन्।

जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आक्रमणमा संलग्न ५ जना माथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिएका छन्। घटनामा संलग्न केही मानिस नियन्त्रणमा रहेको तथा फरारको खोजी भईरहेको डिएसपी कार्कीले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९