Baigyanik Media

Advertisement

Skip Ad

जब अमेरिकामा चर्चित बन्यो मिथिला ललितकला

काठमाडौं- ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो। रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो – मिथिला ललितकला। उनले पूर्वमिथिला कौशिकी शैलीलाई अमेरिका २६ वटा राज्यमा पस्किरहेका छन्। अमेरिका गएदेखि नै रायमाझी मिथिला ललितकला पस्किएर चर्चाको केन्द्रमा छन्।

 

मिथिला कौशिकी शैली नेपालमै दुर्लभ भइरहेको बेला उनी भने त्यसलाई विश्वमा चिनाउँदैछन्। ‘अमेरिकाको २६ वटा राज्यमा चित्रकला पस्किँदा मैले डेट पर्खिनु पर्दैन,’ उनी भन्छन्, ‘४०-५० वटा कृति भयो भने कुनै पनि राज्यमा गएर ग्यालरीमा हप्ता, दस र दुई हप्ताको समयमा प्रदर्शनी गर्न सक्छु।’ कुनै समय मिथिलामा चित्रकला भन्ने थिएन। हस्तकला थियो, शिल्पकला केही थिए।

 

त्यो कलाकृति उनका बुवा जितबहादुर रायमाझीले गर्थे। उनको कलाकृतिलाई कसरी पूर्ण गर्ने? भनी सोचमग्न भएर मिथिला ललितकलामा लागेका रायमाझीले आफ्ना बुवाको उचाइलाई छोराले पूरा गर्नुपर्छ भन्ने लक्ष्य बनाए। मिथिला ललितकलाका केही पाटा छन्। मिथिला पुस्तान्तरण हुँदै आएको छ। यसको लिखित दस्तावेज छैनन्। अन्दाजको भरमा कला भर्नुपर्ने हुन्छ।

 

कतिपय डा. राजेन्द्र विमलले लेखेका किताबमा छन्। बिहार पटनाबाट लेखिएका किताबहरू भेटिन्छन्। अध्ययन गर्दा मिथिला लोक कला संस्कारी कुरा आउँछ। ती विधि-विधानमा प्रयोग हुन्छन्। रायमाझी भने विषयवस्तुहरूलाई कथा बनाउँछन्। लोक कथामै आधारित भएर आफ्नो दैनिकी बिताउँछन्। मिथिला ललितकलामा अर्को जटिल पाटो भनेको पौराणिक मिथहरू छन्, प्रमाणित लिखत छैनन्। रामका कथाहरू, कृष्णका देवी देवताका कुरा मिथक कथा हुन्।

 

यस्ता मिथकमा गहिरो अध्ययन भएन भने चित्र कोर्न सकिँदैन। त्यसमा प्रतिकात्मक चिन्हहरूको प्रयोग गर्नुपर्छ। सही ठाउँमा लगाउन सकिएन भने त्यसले अनर्थ दिन्छ। अमेरिकी र पश्चिमाहरू गहिरो अध्ययन गर्छन्। त्यस्तो जमातमा कला पस्किँदा इज्जत जोगाउने चुनौती रहने रायमाझी बताउँछन्। ‘नयाँ पिढी आउन नचाहेको होला, हाम्रा नयाँ आउने पिढीहरू यसबारे जानकार छैनन्। लेभलसम्म पुग्ने गाइडलाइन छैन। त्यसैले मिथिला ललितकला भड्किएको छ,’ रायमाझी भन्छन्।

 

उनले चित्रकला सिकेको आफ्ना पिता जितबहादुरबाट हो। प्रतीकको घर सिरहा कर्जन्हा हो। मध्यम वर्गीय परिवारका जितबहादुर  नेपालकै पहिलो व्यक्ति थिए ललितकलामा। बिएचयु बनारस हिन्दु विश्वविद्यालय, काशीबाट २०२८ सालअगाडि जितबहादुर नेपाल फर्किए। जितबहादुरले चित्रकला पढे पनि प्रतीकलाई पढ्न दिएनन्। जितबहादुर आफ्नो समयको आधुनिक भ्यान्गगं, विश्वप्रशिद्ध कलाकार थिए।

 

जितबहादुर आफ्नो समयमा प्रखर वक्ता, कलाको क्षेत्रमा अब्बल थिए। उनलाई प्रोफेसरहरूले भारतमै राख्छौं भन्दैथिए। तर, जितबहादुर राजा महेन्द्रको राष्ट्रप्रेम देखेर नेपालमै केही गर्नुपर्छ भन्दै फर्किएका थिए। प्रतीक लोक कलातिर लागें, उनमा लोक कलाको रस बस्यो। विभिन्न ठाउँहरू चहारे पनि सबैभन्दा ठूलो विश्वविद्यालय उनी आफ्ना बुवालाई ठान्छन्।

 

‘तर, मैले पिताजीको संगत धेरै पाइनँ। नपाएपछि मैले आफ्ना गुरुहरूबाट ज्ञान पाएँ। पिताजीबाटै पाउन सक्थें होला। बनारसको छोटो बसाइमा धेरै अध्ययन गर्न पाएँ। बुवाले ज्ञान सेयर गर्नुभएन,’ उनले भने, ‘बुवाले मलाई चित्रकलामा नआओस् भन्ने चाहना राख्नुहुन्थ्यो।’ त्यसैले पनि होला, प्रतिक १३ वर्षको उमेरमा घर छोडेर हिँडे। ‘आज जे छु, जस्तो छु आफूले आफैंलाई बनाएको हो। कडा मेहनत गरें, म पछि मेरो परिवार, आउने सन्ततिका लागि गर्नुपर्छ भन्दै आफ्नो क्षेत्रमा कडा मेहनत गरें। दिनरात, भोक-प्यास, झरी-घाम भनिनँ,’ उनले भने।

 

बुवाको पदचाप पछ्याउँदै र बडी ल्यांग्वेजबाट रायमाझीले धेरै सिकेका थिए। ‘ज्ञानगुनका कुरा सिक्न पाएको भए, आशीर्वाद पाएको भए, सय गुना अघि हुन सक्थें,’ उनले भने। अमेरिका गइकन र अगाडिसमेत उनको मुख्य पेशा चित्रकला नै थियो। अमेरिकामा यसको बजार अहिले अथाह छ, जति नेपालमा नै छैन। उनी नेपालमै मिथिला लोक कलालाई थप प्रामाणिक, बौद्धिक तथा आधुनिक रूपले पस्किन सक्थे होला। तर, उनलाई नेपालमा माओवादीहरूले बस्न दिएनन्।

 

उनले सन् २००७ मा नेपालमा मिथिला लोक कलाको कार्यशाला गर्न लागेका थिए। उनी मात्रै लोक कलाको कार्यशाला गर्थे। आफ्नै खर्चमा नेपालका लागि तत्कालीन भारतीय राजदूत गोपाल बागले, छिरिङ शेर्पाले त्यसअघि त्यस्तो कार्यशाला एक-एक पटक गरेका थिए। उनको बागलेसँग संगत थियो। उनी भारतीय दूतावासमा सजिलै छिर्न सक्थें। त्यही कारणले होला प्रदर्शनीहरू गर्दा भारतीय दूतावासले रकम सहयोग पनि गर्थ्यो। नदिए पनि उनी प्रदर्शनी गर्थे। यसै क्रममा उनले बाहिरी संघ-संस्थाको काम पनि पाए।

 

कला कार्यशालाको प्रदर्शनीका लागि उनले लागि नेपाल आर्ट काउन्सिलमा गप्रयास गरिरहेका थिए। त्यहाँ हल बुकिङ पनि गरिसकेका थिए। उनी सिरहा गोलबजार क्षेत्रमा सेभ द चिल्ड्रेनका लागि काम गर्थे। माओवादीहरू उनलाई अमेरिकी दलाल भन्थे। कार्यशालाको फ्लायर बनाउने तयारी गरिरहेका बेला चार-पाँच जना माओवादीहरूले उनलाई उठाएका थिए।

 

माओवादीले चन्दाको कुरा गरे। उनले चन्दा दिने पैसा छैन भन्दिए। काठमाडौंको एउटा घरको दुई तलामाथि उनलाई लगियो। उनी माओवादी कब्जाबाट फुत्किन सके। उनले दुई तलामाथि घरबाट हामफालेर ज्यान जोगाएका थिए। त्यो घटनाले उनको सकुशल शरीरमा समस्या देखिन थाल्यो। कम्मरमा समस्या अहिले पनि छ।त्यसपछि अमेरिकातिरै गएका रायमाझीलाई त्यहाँ बसेर नेपाली कला संस्कृति चिनाउन सकेकोमा गर्व लागेको छ।

 

‘चित्रकृतिको पारिश्रमिक राम्रो पाउँछु। म मूल्य राख्दिनँ। म आफैं तिमीहरू कतिसम्म मूल्य दिन्छौ भनेर भन्छु। मलाई दाम देउ भन्छु, दिन्छन् मनग्गे। सोचेको भन्दा पनि तीन गुना बढी पारिश्रमिक पाउँछु,’ उनले भने। उनी नेपालले आफूलाई बिर्सिसकेको बताउँछन्। केही साथीभाइ छन्, सम्झिन्छन्। ‘मेरो उपस्थिति नभएको धेरै वर्ष भयो। नेपालले के भन्छ भन्नेतिर लाग्न छोडें, मलाई टिकिखान- गरिखान नदिएपछि भविष्य सुनिश्चित हिँड्नुपर्‍यो। देशको मर्म बुझ्नलाई एक पटक विदेशिनु पर्छ नै,’ उनले भने।

 

देश चिनाउन र देशलाई गरिमामय नाम दिन मरिमेटेर लागिपरेको उनको अनुभव छ। ‘नेपालको विषयमा नेताले बदमासी गर्दा लेख्यौं, बोल्यौं भने अरिंगालले छोपेजसतो गर्छन्,’ उनले भने, ‘यस्ता चैतेहरूलाई म के भन्न चाहन्छु भने खेद, मरिमेटेर लाग न।’

 

रायमाझीले आफ्नो कला ९० वटा देशमा पुर्‍याएका छन्। सन् २००३ बाटै अन्तर्राष्ट्रिय मञ्चमा पुगेका उनी राजा वीरेन्द्रको एकदमै नजिक भएर बसेको थिए।दरबार हत्याकाण्ड भयो। त्यसपछि उनलाई नेपाल बस्न रुची लाग्न छोडेको थियो। पछि घरमै माओवादीहरूले घेराउ गर्ने, अपहरण गर्नेसम्म भएपछि उनले नेपाल बस्ने सपना त्यागे।उनी आफ्नो कलामा महिला-पुरुष जो पनि आउनका लागि आह्वान गर्छन्। त्यसरी आउने पिढीलाई चित्रकलाका वास्तविकताहरूको सोधी र अध्ययन गर्न उनी सुझाव दिन्छन्।

 

‘विधि, टेक्निक्स, कहाँबाट कहाँ पुगे। हामी नेपाली कलाकारले विश्वका कलाका महारथीहरूसँग कसरी हिँड्न सक्छौं? हैसियत हामीले बनाउन पर्छ, लोक कलामा लागौं, अध्ययन गरौं। आफ्नो रगत माटो समय सुहाउँदो कला पस्किऔं,’ उनले भने। उनले अमेरिकामा मिथिला कलाको संग्रहालय स्थापना गर्ने सोच बनाएका छन्। त्यो संग्रहालय सन् २०२६ बाट सुरू हुने रायमाझीले बताए। काठमाडौंमा अन्तरराष्ट्रियस्तरको कला प्रदर्शनी गर्ने र छानिएका कृतिलाई अमेरिका लगायतमा प्रदर्शनी गर्ने उनको योजना छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘जेनजी’ युवाको देश प्रेम र त्यागप्रति गर्व गर्ने गायक थापाको साङ्गीतिक यात्रा

गण्डकी,  दसैँअघि साङ्गीतिक प्रस्तुतिका लागि बेलायत पुग्नुभएका गायक तथा ‘स्टेज पर्फमर’ दुर्गेश थापा यतिबेला अमेरिकाको साङ्गीतिक यात्रामा हुनुहुन्छ । तिहारको छेको पारेर अमेरिका उड्नुभएका दुर्गेशले अमेरिकाका ११ सहरमा साङ्गीतिक प्रस्तुति दिनुहुनेछ । गत शुक्रबार अस्टिन, टेक्सासबाट सुरू भएको उहाँको अमेरिकाको साङ्गीतिक यात्रा नोभम्बर २२...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ५६ पैसा र...

पाँच दशकपछि भारत फर्किनु भयो शीर्ष नागा विद्रोही नेता मुइवाह

करिब पाँच दशकपछि भारतको उत्तरपूर्वी मणिपुर राज्यमा आफ्नो जन्मभूमि फर्कनु भएका वरिष्ठ नागा विद्रोही नेता थुङ्गालेङ मुइवाहको स्वागत बुधबार अत्यन्त हर्षोल्लासका साथ गरिएको छ । ९१ वर्षीय मुइवाहको हेलिकप्टर उखरुल जिल्लाको नीलो आकाशमुनि अवतरण हुँदा हजारौँ स्थानीय नागा नागरिक परम्परागत पोशाकमा स्वागतका लागि उपस्थित...

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

काठमाडौँ, प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाडौँ टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ लेखिएको ७५०...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी धमाधम

झापा,  यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको तयारीका क्रममा खेलमैदानको घाँस काट्ने र प्यारापिट सजाउने कार्य भइरहेको बताउनुभयो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९