लिग-२ मा अमेरिकामाथि स्कटल्याण्डको सहज जित

काठमाडौँ । स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा स्कटल्याण्डले अमेरिकालाई ७१ रनले पराजित गरेको हो । स्कटल्याण्डले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिका ४४ ओभरमा अल आउट हुदै २४६ रन मात्र बनाएको थियो ।

 

अमेरिकाका लागि उत्कर्ष श्रीवास्तवाले सर्बाधिक ६७ रन बनाएका थिए भने कप्तान मोनाक पटेलले ५२ रन बनाएका थिए । त्यस्तै संजय कृष्णमुर्थीले ४९ रन बनाएका थिए । त्यसैगरी स्कटल्याण्डका बलर ज्याक जार्भिसले सर्बाधिक ४ विकेट लिए भने ब्राड कुरी र मार्क वाटले २-२ विकेट लिएका थिए ।

 

यस अघि  टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउदै ३१७ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्राण्डन म्याकुलनले १५१ रन बनाएका थिए । यो जितपछि स्कटल्याण्ड लिग-२ को अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्याण्डको १० खेलमा १३ अंक भएको छ । त्यस्तै अमेरिकाको ११ खेलमा १४ अंक छ र लिगमा दोस्रो स्थानमा छ । अब सिरिजको अर्को खेल नेपाल र अमेरिकाबीच शनिबार हुदै छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१