स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो

काठमाडौँ । भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ । जस मध्ये १५५ जनाको भ्यालेन्सिया क्षेत्रमा मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर रहेको बताइएको छ ।

 

अहिलेसम्म १२ सय भन्दा बढीलाई उद्धारको आवश्यकता रहेको मिडिया रिपोर्टमा उल्लेख छ । स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा रेड अलर्ट लागू गरिएको जनाएको छ । अन्डालुसिया सहरमा दोस्रो उच्च सतर्कता घोषणा गरिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनतालाई प्रशासनको सल्लाह पालना गर्न अपिल गरेका छन् । साथै उनले अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री पेड्रोले स्पेनमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

 

बेपत्ताको संख्या ठुलो रहेकाले बाढीका कारण मृत्यु हुनेको संख्या धेरै बढ्न सक्ने बताइएको छ । अहिलेसम्म कति बेपत्ता छन् भन्ने यकिन हुन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१