ट्रम्पविरुद्धका आपराधिक मुद्दा के हुन्छन् ?

काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्पले चुनाव जितेपछि उनीविरुद्ध लागेका धेरै आपराधिक मुद्दाहरू के हुन्छ भन्ने प्रश्न उठेको छ । ३४ कानुनी मुद्दा रहेका ट्रम्पले मुख्यगरी चार मुद्धाको प्रमुख रुपमा सामना गर्नुपर्ने विश्लेषण गरिएको छ ।डोनाल्ड ट्रम्पलाई न्यूयोर्कमा ३४ गम्भीर मुद्दामा दोषी ठहर गरिएको छ । यो मामला व्यापारसंग सम्बन्धित अभिलेखको मिथ्याकरणसंग सम्बन्धित छ । मे महिनामा न्युयोर्कका निर्णायकहरूले ट्रम्पलाई दोषी ठहर गरेका थिए । यो मामला एक पोर्न फिल्म स्टारलाई भुक्तान गरिएको पैसासँग सम्बन्धित थियो। जूरीका अनुसार ट्रम्प यस भुक्तानी प्रक्रियामा संलग्न थिए ।

 

न्यूयोर्कका न्यायाधीश जुआन मार्चेनले ट्रम्पको सजाय सेप्टेम्बरदेखि नोभेम्बर २६ सम्म (अमेरिकी राष्ट्रपति चुनावपछि) स्थगित गरेका थिए । ब्रुकलिनका पूर्व अभियोजक जुलिया र्यान्डलम्यानले ट्रम्पले चुनाव जितेपनि न्यायाधीश मार्चेनले आफ्नो योजनाअनुसार सजायको प्रक्रिया अगाडि बढाउन सक्ने बताएकी थिइन् । कानुनी विशेषज्ञहरू विश्वास गर्छन्, ट्रम्पलाई पहिलो पटक वरिष्ठ अपराधीका रूपमा सजाय सुनाइने सम्भावना धेरै कम छ ।

 

यदि ट्रम्पलाई सजाय सुनाइयो भने उनका वकिलहरूले तुरुन्तै सजाय विरुद्ध अपील गर्न सक्छन् किनभने यदि ट्रम्पलाई जेल पठाइयो भने, उनले आफ्नो आधिकारिक काम गर्न सक्षम हुनेछैनन् । यस्तो अवस्थामा उनीहरुलाई स्वतन्त्र राख्नुपर्छ । त्यस्तै यो अपील प्रक्रिया धेरै वर्षसम्म लम्बिन सक्ने पनि बताइएको छ ।

चुनावी परिणाम उल्टाउन खोजेको विषय 

 

विशेष काउन्सिल ज्याक स्मिथले गत वर्ष ट्रम्पविरुद्ध आपराधिक अभियोग दायर गरेका थिए । यो मुद्दा २०२० को राष्ट्रपति चुनाव हारे पछि चुनावको नतिजा उल्ट्याउन गरिएको प्रयाससँग सम्बन्धित थियो । यस मामिलामा ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका थिए । त्यसयता यो मुद्दा कानुनी घेराबन्दीमा अड्किएको छ । यद्यपी ट्रम्पले चुनाव जितेपछि, आपराधिक मुद्दाहरूसँगको उनको समस्या धेरैहदसम्म कम भएको छ । वर्तमान राष्ट्रपतिविरुद्ध मुद्दा चलाउन नसकिने कुरा राम्रोसँग स्थापित भइसकेको छ, यस्तो अवस्थामा वाशिङटन डिसीको जिल्ला अदालतमा चलिरहेको चुनावी धाँधलीसँग सम्बन्धित मुद्दा खारेज हुने पनि बताइएको छ ।

गोप्य कागजात मुद्दा

त्यस्तै ट्रम्पविरुद्ध अर्को मुद्दामा गोप्य कागजातको दुरुपयोगसँग सम्बन्धित छ । तर, ट्रम्पले यसलाई अस्वीकार गर्दै आएका छन् । ट्रम्पलाई आफ्नो घर ‘मार-ए-लागो’ मा संवेदनशील कागजातहरू राखेको आरोप छ र जब कानून विभागले ती फाइलहरू फिर्ता लिन खोजेपनि ट्रम्पले त्यो काममा अवरोध गरेका थिए । तर, अब ट्रम्प राष्ट्रपतिको कार्यालयमा पुग्ने निश्चित भइसकेपछि गोप्य कागजपत्रसम्बन्धी मुद्दाको पनि चुनावी धाँधलीसँग सम्बन्धित मुद्दा पनि निष्कृय हुने छ ।

जर्जियाको चुनाव समबन्धि आपराधिक प्रकरण 

ट्रम्पले जर्जियामा पनि आपराधिक आरोपको सामना गरिरहेका छन्। यो विषय सन् २०२० को चुनावी नतिजालाई उल्ट्याउन खोज्ने प्रयाससँग सम्बन्धित छ । यस मामिलामा धेरै अवरोधहरू थिए । यसमा जिल्ला न्यायधिवक्ता फ्यानी विलिसलाई अयोग्य ठहराउने प्रयासहरू पनि समावेश छन्। उनीमाथि यो मुद्दामा कार्यरत एक वकिलसँग सम्बन्ध रहेको आरोप लागेको थियो । यस मामिलामा, मुद्दा रोक्न अदालतमा अपील पनि गरिएको छ । तर अब ट्रम्प अर्को राष्ट्रपति बनेपछि यो मुद्धा पनि निष्कृय हुनसक्ने बताइएको छ । यो खारेज समेत हुनसक्ने बताइएको छ । ट्रम्प राष्ट्रपतिको कार्यालयमा रहँदा यो मुद्दा रोकिने सम्भावना रहेको कानुनी विज्ञहरू बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी छाडिने

काठमाडौँ, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ । बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले आजदेखि ड्याममा जम्मा भएको...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ,  यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । नेप्से परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर दुई हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको हो । विभिन्न ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता...

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका,  (रासस/एएफपी) : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ । यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको...

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

काठमाडौँ,  प्रधानसेनापति अशोक राज सिग्देलले संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याब्रिअन पट्रोल २०२५’ मा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई आज प्रशंसा पदक प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा उक्त अभ्यासमा सहभागीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ पदकबाट सुशोभित गरिएको सैनिक जनसम्पर्क...

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै

कैलाली,  छठ पर्वका अवसरमा छठपूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदीतटमा विगत १३ वर्षदेखि आयोजना गर्दै आएको छठपूजामा श्रद्धालु भक्तजनको सङ्ख्या बढ्दै गएको छ । छठ पूजाका लागि मोहना नदीतटमा पाँच वटा पालसहितको घर बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आएकामा हिजोआज कम्तिमा २६० को...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

लागूपदार्थ विरुद्धको आवाज घोडाघोडीबाट उठ्ने — भोलि चेतनामूलक कार्यक्रम हुँदै

कैलाली । पछिल्लो समय लागू पदार्थ दुर्व्यसनीको सङ्ख्या निरन्तर बढिरहेको छ । तराइमा सबैभन्दा धेरै कैलालीमा यसको कारोबारी र सेवनकर्ता बढिरहेको प्रहरीले जनाएको छ।   दुर्व्यसनीका कारण समाजमा विभिन्न अपराधीक क्रियाकलाप पनि भइरहेका छन् । कानुनी रूपमा वञ्चित रहेको लागू पदार्थको बेचबिखन तथा सेवनलाई अन्त्य गर्न...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना...

अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ,  बङ्गलादेशमा जारी सेन्ट्रल एसिया भलिबल सङ्घ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तानसँग नेपाल पराजित भएको छ । ढाकामा आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ३–० को सोझो सेटमा हराएको हो । अफगानिस्तानले नेपाललाई खेलको पहिलो सेटमा २५–१८ ले पराजित गरेको थियो भने नेपाल दोस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९