काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघि शुरु भएको हो ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।






























































































































































