माओवादीको उकालो यात्रा सुरु भयो- प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् ।मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

 

 

‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’– अध्यक्ष प्रचण्डले भने– ‘तर विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’

 

 

उनले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताए । पार्टी एकताका विभिन्न दलगतरुपमा विभिन्न माओवादी घटकहरुसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिहरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताए ।

 

 

अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उल्लेख गर्दै उहाँले विभिन्न जिल्लाहरुमा जाँदा २०६४ कै झल्को आउने गरी जनआर्षण देखिन थालेको बताए ।

 

 

सो क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. थारु ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरु वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कपिलवस्तुको मुख्य नेतृत्व माओवादी केन्द्रमा आएपछि अब जिल्लाका सबै नेता कार्यकर्ता जिल्लामा आयोजना हुने कार्यक्रममार्फत माओवादी केन्द्रमा सामेल हुने डा. थारुले जानकारी दिए । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’को पनि उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीमा आफ्नै पसलभित्र युवक झुण्डिएको अवस्थामा मृत फेला

कैलाली : कैलालीमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मंगलबार बिहान बर्दगोरिया गाउँपालिका वडा नम्बर–२ बौनिया बजारमा सञ्चालनमा रहेको पुष्पराज ट्याटु हाउसका सञ्चालक अन्दाजी २७ वर्षीय सुमन चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।   भजनी नगरपालिका वडा नम्बर–८ गोरचौरा घर भएका चौधरीको शव...

परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान

काठमाडौँ, परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गर्नुभएको छ ।मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ । उहाँ भोलि पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ । नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल–बङ्गलादेश सम्बन्ध...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

बागमती,  बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण गरेको छ ।डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलकाअनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलस्थित ऊँ वृद्धाश्रम, हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर, हेटौँडा उपमहानगरपालिका–५ स्थित लक्ष्मीनारायण मन्दिर र हेटौँडा उपमहानगरपालिका–१० राप्तीतटस्थित...

तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

पोखरा । तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गर्नुभएको छ ।   प्रदेश प्रमुख भट्टले नेपालको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

सुदूरपश्चिम प्रदेशको राजस्व संकलन र बजेट खर्च सुस्त, १५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको कडा निर्देशन

कैलाली। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।   आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

धरान (सुनसरी), सुनसरीमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय तहले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन् ।   इटहरी उपमहानगरपालिकाले मीन...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

काठमाडौँ,   गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ ।   सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले...

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

बेनी(म्याग्दी), अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।     न्यू देउराली युवा क्लबको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९