काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ।आइतबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने जानकारी दिए।रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भएमा राजनीतिक प्रतिशोध साध्न खोजिएको आरोप लगाउँदै उनले दोस्रो चरणको आन्दोलन गर्नु परेको बताएका छन्। एकपछि अर्को मुद्दामा अनुसन्धान गर्ने भन्दै लामिछानेको हिरासत अवधि लम्ब्याइनु दुखद रहेको उनको भनाइ छ।






























































































































































