काठमाडौँ । भारतको दिल्ली सरकारका पूर्वमन्त्री कैलाश गहलोत भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।एक दिनअघि आम आदमी पार्टी र दिल्ली सरकारको मन्त्री पद छोडेका गहलोत सोमबार बिजेपी प्रवेश गरेका हुन् ।बीजेपीमा प्रवेश गरेपछि कैलाश गहलोतले दिल्लीको मन्त्री वा मुख्यमन्त्रीले केन्द्र सरकारसँग निरन्तर लडाइँ गरेर जनताको समय बर्बाद गरेको आरोप लगाएका छन् ।आगामी फेब्रुअरीमा हुने दिल्लीको विधानसभा अघि बिजेपीले आम आदमी पार्टीलाई कमजोर बनाउने रणनीति अन्तर्गत गहलोतलाई भित्र्याउन सफल भएको विश्लेषण गरिएको छ ।गहलोतले आइतवार आम आदमी पार्टीबाट राजीनामा दिदै पार्टीको दिल्ली सरकारले चुनावका बेला गरेका बाचा पुरा गर्न नसकेको आरोप लगाएका थिए ।






























































































































































