Baigyanik Media

Advertisement

Skip Ad

भोजपुरी सुपरस्टार खेसारी लाल रौतहट आउने

रौतहट । विश्व प्रसिध्द गढीमाई मेलाकै तिथि मितिमा रौतहटमा पनि बृहत रुपमा सुन्दरपुर गढीमाई मेलाको आयोजना हुन लागेको छ । मेलामा भोजपुरी फिल्मका सुपरस्टार खेसारी लाल यादव सहित दिग्गज कलाकारहरु आउने भएका छन् । रौतहटको पूर्विभेग गढीमाई नगरपालिका -४ सुन्दरपुर स्थित गढीमाई मन्दिरमा विगत झै यसपटक पञ्चवर्षीय मेलाको आयोजना हुन लागेको हो । मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले नगरपालिकाको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको व्यवस्थापन बारे जानकारी दिएका हुन् ।

 

सुन्दरपुर गढीमाई मन्दिरको मेला यही मङसिर १७ गतेदेखि मङसिर २६ गतेसम्म आयोजना हुँदैछ । स्थानीयहरुको अनुरोधमा मेलालाई बृहत तथा सभ्य र भव्य बनाउन मङसिर २० गते भारतीय भोजपुरी सुपरस्टार कलाकार खेसारीलाल यादवलाई बोलाइएको मेयर यादवले बताएका छन् । सुपरस्टार खेसारीलालसँगै भारतीय भोजपुरी मोडेल माहिँ र मनिषाको पनि सांगीतिक प्रस्तुती हुने जनाइएको छ ।

 

मेलामा ठूलो संख्यामा दर्शनार्थी आउने र त्यसमा पनि भारत तथा नेपालका ख्याति प्राप्त सुप्रसिद्ध कलाकारहरु आउने भएका कारण मेलाको सुरक्षा व्यवस्था निकै कडा बनाइने भएको छ। भारतीय कलाकारका साथै नेपालका हिन्दी गीत संगीत प्रस्तुत गर्ने कलाकार , टिकटक स्टारहरु संगै स्थानीय भाषामा प्रस्तुत हुने अलहा रुदलको नाच प्रदर्शन हुने सुन्दरपर गढीमाई मेला समितिका प्रवक्ता वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताएका छन्।

 

सुन्दरपुर गढीमाई मन्दिरमा  मूल तान्त्रिकले आफ्नो सरीरबाट रगत चढाएपछि पशु बलि प्रदान सुरु हुन्छ। मन्दिरमा राँगा, बोका, परेवाको बलि दिइने गरिन्छ। यस मन्दिरमा पनि बलि सुरुहुनु अघी मुसा, परेवा, बोका, राँगा र खरायो गरी पञ्चबलिका रूपमा देवीलाई अर्पित गर्ने परम्परा रहेको छ।पंचवर्षीय सुन्दरपुर गढीमाई मेलाको तयारी तिव्र रुपमा अगाडि बढाइएको छ। मेलाका लागि ६० वटा घुम्ती र करिव पाँच सय अस्थायी शौचालय निर्माण गरिने समितिले जनाएको छ ।

 

सयौं स्वयंसेवक संगै नेपाल प्रहरी र सशस्त्र प्रहरी मेला तथा आउने भक्तजनको सुरक्षाका लागि परिचालन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।६५ बर्ष अघि स्थानिय धामी झाँक्री जागा ठाकुरले सपनामा गढीमाईको दर्शन गरेपछि माताकै आदेशमा सुन्दरपुरमा स्यानो मन्दिर निर्माण गरी पूजा पाठ सुरुगारेका थिए। बारा गढीमाई सरह प्रत्येक पाँच बर्षमा त्यहाँ मेलाको आयोजना हुँदै आएको छ। स्थानीय निकायको निर्वाचन पछी गढीमाई नगरपालिकाको मेयरपदमा पहिलो पटक श्याम प्रसाद यादव निर्वाचित भएपछी सुन्दरपुर गढीमाईको मन्दिर निर्माण देखी वृहत रुपमा मेलाको आयोजना हुँदै आएको छ। मेयरपदमा श्याम प्रसाद यादव दोस्रो पटक निर्वाचित भएका हुन्। सुन्दरपुर मन्दिरका मुलपुरारी जागा ठाकुरको निधन पछि उनको छोरा रामदेव ठाकुर मुलपुजारी रहेका छन्।

 

रौतहटको सुन्दरपुर गढीमाई मेलामा अघिल्लो पटक साढे ७ हजार राँगाको बली चढेको प्रवक्ता दीपेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।  मेलामा छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, बारा लगायत सीमावर्ती भारतबाट लाखौँ मानिस आउने गरेको आयोजकले जनाएको छ। दर्शन गर्न आउने बाहिरका भक्तजन तथा आगन्तुकलाई मेला समितिको तर्फबाट निःशुल्क खाना र बस्ने व्यवस्था मिलाइएको सुन्दरपुर गढीमाई मेला समिति रौतहटले बुधवार साँझ आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९