प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेको बताएका छन्।सोमबार एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताए।परिषद्का अध्यक्ष बलिभद्र रानाको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै पोखरेलले त्यसको उदाहरण अहिले केपी ओली माथिको प्रहार भएको स्पष्ट पारे।

 

 

‘जसले मुलुकलाई, मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यस माथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यस माथि कस्तो प्रहार हुन्छ भन्ने भन्ने कुरा अहिले केपी ओली माथि भएको प्रहारले बुझ्न सकिन्छ,’ पोखरेलले भने।सर्वोच्च अदालतको फैसलाले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरू भएको पोखरेलले बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहुञ्जेलसम्म देश आर्थिक संकटमा परेको उनले बताए।

 

 

‘जसले गल्ती गर्‍यो, त्यो आलोचनाभन्दा बाहिर छ, जसले गल्ती नै गरेको छैन त्यो आलोचनाको निशानामा छ’, उनले भने।यसअघिको सरकारका प्रधानमन्त्री र अर्थ मन्त्रीले निर्माण व्यवसायीको रकम भुक्तानी माग नगरेका होइनन् भुक्तानी गर्नुपर्ने छ भनेर दायित्वमा पनि नराखेको पोखरेलले बताएयो। त्यसको आलोचना गर्नुभन्दा अहिलेको सरकारले त्यो गल्तीलाई सुधार गर्ने र भुक्तानी काग गरिरहेको अहिलेको सरकारको आलोचना हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए।

 

 

 

कतिपय निर्माण व्यवसायीहरूले काम गर्नको लागि लिएको मोभिलाइजेशन फण्ड नाफा कमाउन जग्गामा लगानी गरेको जग्गाको कारोबार संकटमा पर्दा निर्माण व्यवसायी पनि संकटमा परेको पोखरेलले बताए। यसले गर्दा निर्माण कार्य नै रोकिएको उनको भनाइ छ। नेपालका निर्माण व्यवसायीले काम गर्न भन्दा पनि ठेक्का पार्न बिलोमा टेण्डर हाल्ने गरेको उनले बताए। यसले गर्दा गुणस्तरीय काम पनि नहुने र निर्माण व्यवसायी पनि डुब्ने गरेका पोखरेलले बताए।

 

 

 

त्यसैले निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्न उनले सुझाव दिए। अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्ण युग बनाउन सक्ने युग भएको पोखरेलले बताए।नेपालमा औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको पोखरेललेको भनाइ छ। नेपाली गरिब होइन नेपाल राज्य गरिब भएको उनले बताए।नेपालमा जति बाह्य पर्यटक आएर खर्च गर्छन्, त्यो भन्दा बढी नेपालबाट विदेश गएर गर्नेहरूको खर्च भएको उनले बताए। त्यसैले नेपाली गरिब नभएका उनको धारणा छ। नेपालमा निर्माण क्षेत्र लगायत विभिन्न क्षेत्रमा दक्ष कामदारको अभाव रहेको बताउँदै उनले दक्ष जनशक्ति निर्माणमा जोड दिनुपर्ने बताए।

 

 

 

नेपालसँग पर्याप्त सामर्थ्य भए पनि त्यो सामर्थ्यको प्रयोग गर्ने राज्यलाई कमजोर बनाइएको पोखरेलको भनाइ छ। देश बनाउन नेता मात्र होइन जनता पनि लाग्नु पर्नेमा उनले जोड दिए।‘देश बनाउने हो भने हामी जनता पनि देश बनाउने बाटोमा हिँड्नु पर्‍यो, पार्टीलाई गाली गरे मात्रै देश बन्दैन, नेतालाई गाली गरेर मात्रै देश बन्दैन,’ उनले भने।कार्यक्रमका बोल्दै पोखरेलले राजनीतिक अस्थिरताका कारण देश समस्यामा परेको बताउँदै त्यसलाई सुधार्न दुई ठूला दल सरकारमा गएको बताए। त्यसको लागि सबैभन्दा पहिला निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको उनले स्पष्ट पारे।

 

 

 

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन नयाँ हिसाबले अघि बढ्नु पर्नेमा उनले जोड दिनुभयो। जुन ट्र्याकबाट देश चलेको छ, त्यसबाट अघि बढ्न सक्ने स्थिति नभएको पोखरेलले स्पष्ट पारे। तर कर्मचारीतन्त्र ट्र्याक बदलेर हिँड्न अझै तयार नभएको उनको धारणा छ।एमाले स्थायी कमिटी सदस्य एवम् जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जनसंगठनमा परेको समस्या समाधानमा एमाले लाग्ने बताए। लामो समयपछि बलियो सरकार बनेको र यो सरकारको बदनाम गराउन केही तत्त्व लागेकाले यसमा सचेत हुनु पर्नेमा उनले जोड दिए।

 

 

राज्यको तर्फबाट भएका कमीकमजोरी भएमा हटाउने र निर्णय व्यवसायीहरूले पनि कमजोरी हटाउनु पर्ने उनको भनाइ छ। केही निर्माण व्यवसायीका कारण नेपालको निर्माण क्षेत्र बदनाम भएको तर्फ सचेत हुनु उनले आग्रह गरे।एमालेका केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागका पूर्वप्रमुख डा. कृष्णबहादुर केसीले निर्माण व्यवसायमा समस्या आउँदा सबै क्षेत्रमा समस्या आउने गरेको बताए। नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव बालकृष्ण शिवाकोटीले एमालेको सरकार बनेको बेलामा धेरैतिर निर्माणका काम सुरु हुने र एमालेको सरकार गिरेपछि निर्माण व्यवसायमा समस्या नै समस्या आउने गरेको बताए।

 

 

 

सरकारलाई सहयोग गर्दै समस्या समाधान गर्न लाग्नुपर्नेमा उनले जोड दिए। लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष होमनाथ कोइरालाले निर्माण व्यवसायीहरूको हितमा मिलेर काम गर्नुपर्ने बताए। सरकार र निर्माण व्यवसायी दुवैको कारण निर्माण कार्यमा समस्या भएको उनको धारणा छ।

 

 

 

निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले व्यवसायीहरूले भुक्तानी नपाएको कारण मार्कामा परेकाले पार्टीको तर्फबाट सरकारसम्म सो कुरा पुर्‍याउन आग्रह गरे। कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्यहरू जीवन गौतम, गीता कार्की अन्य दलका निर्माण व्यवसायी संघ संगठनका प्रतिनिधि लगायतको सहभागिता थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

जलजलामा हिमाल र बादलको लुकामारी

म्याग्दी, पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।     समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९