नवलपरासी । “समावेशी तथा दिगो भबिस्यको पूर्वाधार; अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार” भन्ने मुल नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस कार्यक्रम गुठी सुर्यपुरामा मनाइएको छ ।
जन जागृत अपाङ्ग संस्थाको आयोजना तथा प्रतापपुर गाउँपालिका वडा नं.७ वडा कार्यालयको समन्वयमा अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।
जन जागृत अपाङ्ग संस्थाका अध्यक्ष बच्चा रायको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा नं.७ का वडाध्यक्ष हरेन्द्र यादवको प्रमुख अतिथिक्तामा सम्पन्न भएको हो ।
प्रतापपुर गाउँपालिका वडा नं.७ वडा कार्यालयको समन्वय , पुर्व मन्त्री हृदयेश त्रिपाठी , राजेश चौधरी ,रोहन मेहर श्रेष्ठको सहयोगमा ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी प्रतापपुर अन्तरगतमा अपाङ्गता भएका ब्यक्तिहरुलाई करिब तीन सय कम्मल वितरण गरिएको छ ।
कार्यक्रमका बोल्दै प्रमुख अतिथि यादवले अपांग बालबाकीका र उनिहरुका अविभावकहरुलाई अपाङ्गता हुनु अरु भन्दा फरक हुनु होईन समाजमा समान रुपले बाच्न पाउने सबैको अधिकार हो बताउदै शारीरिक रूपमा अपाङ्ग भए भन्दैमा निरास नहुन र आफू सक्षम छु भन्दै व्यवसायमा जोडिन आग्रह गर्दै उनले अपाङ्ग भएका व्यक्तिले पनि आफूमा भएको क्षमता र बुद्धिको प्रयोग गर्न आग्रह गर्नुभयो । साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि हरेक वर्ष विभिन्न सीपमूलक कार्यक्रमहरू निरन्तरता दिने बताउनुभयो।
कार्यक्रममा वडा नं.४ का वडाध्यक्ष जन्त्री बरई , त्रिभुवन क्याम्प बेलाटारी विद्ययालय व्यवस्था समितिका अध्यक्ष अमुल पाण्डे ,प्रतापपुर आयुर्वेद शाखा प्रमुख दिन बन्धु मिश्र , जनता प्रगतिशील पार्टीका क्षेत्री सभापति राम पृत यादव , प्रतापपुर गाउँपालिका पुर्व उपाध्यक्ष अन्जु चौधरी ,पुर्व वडाध्यक्ष हेमेन्द्र पजियार ,विभिन्न संस्थाका प्रतिनिधि ,समाजसेवी लगायतको उपस्थित रहेको थियो।






















































































































































