इन्टरनेट कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का पत्राचार

काठमाडौं।   जिल्ला प्रशासन कार्यालय मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ।प्रशासनले गत मंसिर २६ गते राष्ट्र बैंक विराटनगर मोरङलाई क्लासिक टेकका बैंक खाता रोक्का राख्न पत्राचार गरेको हो।राष्ट्र बैंक विराटनगर कार्यालयले आफ्नो केन्द्रीय कार्यालयमा क्लासिक टेकका खाता रोक्का राख्ने सम्बन्धी प्रशासनको पत्र पठाएको छ।

 

 

राष्ट्र बैंक केन्द्रीय कार्यालयका एक अधिकारीले क्लासिक टेक कम्पनीका बैंक खाता रोक्काको प्रक्रिया सुरू भइसकेको बताए।राष्ट्र बैंक स्रोतका अनुसार क्लासिक टेकका लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एसिया बैंक, नबिल बैंक, हिमालयन बैंक, बैंक अफ काठमाडौं र सानिमा बैंकमा गरी आठ वटा खाता रहेको बुझिन आएको छ। ती सबै बैंक खाताको विवरण मोरङ प्रशासनबाट विराटनगरस्थित शाखा कार्यालय हुँदै राष्ट्र बैंक आइपुगेको छ।

 

 

व्यापारिक साझेदार कम्पनीले दिएको निवेदनमा आधारमा प्रशासनले क्लासिक टेकका खाता रोक्का राख्न पत्रकार गरेको थियो।‘दुबै पक्षलाई छलफलमा बोलाउँदा क्लासिक टेक कम्पनीले पटक-पटक अटेर गरेको स्थितिमा पीडित कम्पनीले बैंक खाता रोक्का राख्न निवेदन दिएपछि विवाद समाधान नभएसम्मका लागि अस्थायी रूपमा बैंक खाता रोक्का राख्न भनी पत्राचार गरिएको हो,’ प्रशासन स्रोतले भन्यो।

 

 

क्लासिक टेक र उसको व्यापारिक साझेदार कम्पनी बयरवन केवल नेट प्रालिबीच रकम भुक्तानीको विषयमा चार-पाँच महिनादेखि विवाद रहँदै आएको छ।बयरवन केवल नेटले क्लासिक टेकले १८ लाख रुपैयाँ भुक्तानी नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दिएको थियो।प्रशासनका अलावा बयरवन केवल नेटले इलाका प्रहरी कार्यालय पथरी र कानेपोखरी गाउँपालिकामा छुट्टाछुट्टै निवेदन दिएको थियो।

 

 

निवेदन दिएपछि प्रशासनले क्लासिक टेक कम्पनी र त्यसका कर्मचारीलाई छलफलमा बोलाएको थियो। तर, क्लासिक टेक छलफलमा नआई प्रशासनलाई ‘अवज्ञा’ गरिरहेको छ।इलाका प्रहरी कार्यालय पथरीले बोलाउँदा समेत क्लासिक टेक छलफलमा नआएर उल्टै आफ्नो कम्पनीमाथि अदालतमा मुद्दा दिन गएको बयरवन केवल नेट प्रालिका सञ्चालक बलबहादुर खापुङले बताए।

 

 

 

खापुङले दिएको उजुरी अनुसार क्लासिक टेक र बयरवन केवल नेटबीच २०७६ भदौ महिनामा सेवा विस्तारबारे सम्झौता भएको थियो। उक्त सम्झौतामा केवल नेट प्रालिलाई क्लासिक टेकले काम गरेबापतको (४० प्रतिशत कमसन) दिनुपर्ने उल्लेख छ।‘उक्त रकम भुक्तानी नगरीकन क्लासिक टेकले बल मिच्याइँ तरिकाले कर्मचारी खटाएर इन्टरनेट सेवा विस्तार गरिरहेको थाहा पाएँ,’ खापुङले भने, ‘उक्त क्रियाकलापबारे थाहा पाएपछि मैले राम्रोसँग कुराकानी गरी आफ्नो हिसाब-किताब गरिदिन भनेको थिएँ, तर उहाँहरूले आनाकानी गर्नुभएको छ।’

 

 

खापुङका अनुसार क्लासिक टेक कम्पनीले पटक-पटक न्यायोचित तरिकाले हिसाब मिलाउने भनी आश्वासन दियो। तर, आश्वासन दिने तर हिसाब-किताब गर्न पन्छिने गरेपछि प्रहरी-प्रशासनमा पुग्नु परेको हो।आफ्नो कम्पनीको भुक्तानी रकम दिलाइदिन माग गर्दै खापुङले क्लासिक टेकले कानेपोखरी गाउँपालिकामा गरिरहेको कार्य रोक लगाउन माग गरेका छन्।

 

 

खापुङका अनुसार क्लासिक टेकको विराटनगरस्थित कार्यालयका कर्मचारीहरूसँग भुक्तानी गर्नुपर्ने रकमबारे कुराकानी भइरहेको थियो। तर, त्यहाँका कर्मचारी प्रयास दाहाल र वत्सल रेग्मी केन्द्रीय कार्यालय देखाउँदै पन्छिए।प्रशासनले छलफलमा बोलाउँदा नआएको क्लासिक टेक कम्पनीले बयरवन केवल नेटविरूद्ध उच्च अदालत विराटनगरमा निषेधाज्ञायुक्त परमादेश माग्दै निवेदन दिएको थियो।

 

 

 

क्लासिक टेकले जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय पथरीसमेतलाई विपक्षी बनाएर अदालतमा निवेदन दिएको थियो।उक्त निवेदनको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश विमल सुवेदीको इजलासले बयरवन केवल नेटलाई बाटोको म्यादबाहेक पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ।यस्तै, अदालतले निवेदनको टुंगो नलागेसम्म बयरवन केवल नेटलाई क्लासिक टेकको काम कारबाहीमा रोक नगराउनू भनी आदेश दिएको छ।

 

 

 

क्लासिक टेकले सम्झौताविपरीत भुक्तानी नदिएर बलजफ्ती काम सुरू गरेपछि बयरवन नेटले उसको काममा अवरोध पुर्‍याएको थियो।‘हामीसँगको सम्झौता अनुसार भुक्तानी नदिएको सन्दर्भका कारण हामीले क्लासिक टेकको काम कारबाहीमा रोक लगाएका थियौं,’ खापुङले भने, ‘उहाँहरूले भुक्तानी गरिदिए हामी कुनै अवरोध गर्दैनौं।’क्लासिक टेकले भने बयरवन नेटलाई सम्झौता अनुसार दिनुपर्ने रकम दिन तयार रहेको बतायो। तर, उसले सम्झौताविपरीतको रकम माग भएकाले नदिएको दाबी गर्‍यो।

 

 

‘हामीले सम्झौता अनुसारको रकम दिने भनेका छौं, तर उक्त कम्पनीले हाम्रो काममा बाधा पुर्‍याएकाले अदालतमा निवेदन दिएका हौं,’ क्लासिक टेकका सहायक प्रवन्ध निर्देशक राम तिमिल्सिनाले भने, ‘अदालतमा विचाराधीन विषय भएकाले नटुंगिएसम्म हामी छलफलमा नगएका हौं।’

 

 

 

उनले बैंक खाता रोक्का गर्ने प्रक्रिया सुरू भएकोबारे आफूले सुनेको तर विस्तृतमा बुझ्न नपाएको बताए। तिमिल्सिनाले बैंक खाता रोक्कको प्रक्रियाबारे आफ्ना कर्मचारी र वकिलले बुझिरहेको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको...

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली,  कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा छ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

मुढाको छपाबाघ शान्ति टोलमा देहव्यापारको अड्डा: बालिका समेत दलदलमा, प्रशासन मौन

कैलाली । कैलालीको मुढास्थित छपाबाघ शान्ति टोलमा कानुनले पूर्णतः बन्देज गरेको देहव्यापारको धन्दा अहिले निर्बाध रूपमा चलिरहेको छ। बादी समुदायको बाक्लो बस्ती रहेको यस शान्ति टोलमा विगत एक दशकदेखि चलिरहेको यो अवैध कार्य पछिल्लो समय होटेल तथा खाजा घरहरूको सुरक्षा कबजभित्र झन् मौलाउँदै गएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयमा छात्राबास भवन बन्दै

मुस्ताङ, यहाँस्थित बारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित प्रस्तावित जननर्मल माध्यमिक विद्यालयको छात्राबास भवन निर्माणाधीन अवस्थामा छ । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको अनुदान सहयोगमा आर्थिक अवस्था कमजोर भएका बालबालिका पढ्ने विद्यालयको छात्राबास भवन निर्माण सुरु गरिएको थियो ।   आर्थिक अवस्था कमजोर भएका तथा...

निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित

जम्ला,  जुम्लाको तिला गाउँपालिका–६ सञ्चालन गरिएको दुईदिने निःशुल्क दन्त शिविरबाट ३०५ जना लाभान्वित भएका छन् ।‘मेल फर स्माइल’ र प्रोजेक्ट रङ्गीचङ्गीको आर्थिक सहयोग तथा तिला गाउँपालिका–६ को समन्वयमा आइतबार भएको निःशुल्क स्वास्थ्य शिविरमा १६२ पुरुष र १४३ महिलाले सेवा लिएका वडाध्यक्ष जङ्गबहादुर रोकायाले जानकारी...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९