काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । अध्यक्ष राजेन्द्र लिङ्देन पेश गरेका छलफलका एजेण्डामा बहस नसकिए पछि आज पनि बस्न लागेको हो । बैठक १ बजे बोलाइएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा हिजोवाट बाट सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार जारी बैठकमा पृथ्वी जयन्ती अर्थात एकता दिवस र पार्टीका विभिन्न कार्यविधि लगायत विधि विषयमा पनि निर्णय लिने तयारी रहेको छ।
































































































































































