काठमाडौं। संङघीय संसदको समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँछ । बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः३० बजे बस्नेछ ।
मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...





















































































































































