निर्णय पुस्तिका दुरुपयोग गरेको अाराेपमा प्रशासकिय अधिकृत जोशीमाथी कारबाहीकाे माग

रौतहट ।  कटहरिया नगरपालिकामा करोडौं अनियमितता गर्ने योजना अनुसार निर्णय पुस्तिका दुरुपयोग गरिएको पुष्टि भएसंगै जनप्रतिनिधिहरुले मेयर र प्रमुख प्रशासकीय अधिकृत माथी कार्वाहीको माग गरेका छन्।उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले निर्णय पुस्तिका दुरुपयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत रामजी जोशि माथी कार्वाहीको माग गरेका हुन्।जनप्रतिनिधिहरुले अधिकृत जोशी र मेयर जयप्रकाश जैसवाल विरुद्द आईतवार जिल्ला प्रशासन कार्यालय रौतहटमा लिखित उजुरी दर्ता गराएका छन्।

 

 

करोडौ अनियमितता गर्ने योजनामा पुरानो वैठकको निर्णय पुस्तिकामा पुरानै मितिमा अबैध रुपमा दर्जनौ निर्णय लेखेका अधिकृत जोशी र योजनाकार मेयर जैसवाल माथी कानुनी कारवाही गर्न लिखित उजुरी मार्फत माग गरिएको छ।मेयर जैसवालको निर्देशनमा गत मंसिर २० गते बसेको नगर कार्यपालिका बोर्डको बैठकमा  करारको कर्मचारी भर्ना र ईलाका प्रहरी कार्यालय कटहरियाको लागि जग्गा खरिदको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन।

 

 

मेयर जैसवालको ईशारामा सोही बैठकको निर्णय पुस्तिका र सोही मितिमा प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले दर्जनौं निर्णय लेखेर कार्यपालिका सदस्यसँग घर पुगेर हस्ताक्षर गराएको पुष्टि भएको उपमेयर यादवले बताएकी छिन्।मेयर जैसवालले केही कार्यपालिका सदस्यहरुलाई बिभिन्न प्रलोभन देखाई पुरानै मितिमा हस्ताक्षर गराएर पटक पटक बहुमतको दावी गर्दै आएको उपमेयर यादवले जानकारी दिएकी छिन्।

 

 

उता, प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले अबैध रुपमा लेखेको निर्णय पुस्तिकाको कैयौं स्थानमा खाली ठाउँ राखेर हस्ताक्षर गराईरहेको कटहरिया ५ का वडाअध्यक्ष सर्फलाल गुप्ताले बताएका छन्। निर्णय पुस्तिकामा खाली छुटेको स्थानमा मेयर जैसवालको ईशारामा मनपरी लेख्ने उनीहरूको योजना रहेको वडा अध्यक्ष गुप्ताले स्पष्ट पारेका छन्। मेयर जैसवाल अधिकृत जोशीसँग घरमै बसेर करार कर्मचारीको तलब, ईन्धन खर्च, डिपिआर, आर्थिक सहयोग, औषधी खरिद, लगायत निर्णय लेखाएर उक्त निर्णय घरमा लगेर हस्ताक्षर गराएर बहुमत देखाई करोडौँ कुम्ल्याउने दाउमा रहेको वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।

 

 

कटहरियामा मेयर अजय प्रकाश निर्वाचित भए देखिनै यसैगरी अबैध निर्णय देखाएर करोडौं रुपैयाँ अनियमितता गर्दै पल्किएको वडा अध्यक्ष कुशवाहाको दाबी रहेको छ। पछिल्लो पटक गरिएको निर्णय बारे उपमेयर रिता देवी यादव सहितका जनप्रतिनिधिले चाल पाए पछि उक्त निर्णय बदर हुनुपर्ने माग सहीत आन्दोलित भएका छन्।

 

 

उपमेयर रिता देवी यादवको नेतृत्वमा  कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो, २ का वडा अध्यक्ष हरेन्द्र साह, ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, ५ का सर्फलाल गुप्ता, ६ का जयराम चौधरी,७ का महमद सहिद वडा सदस्य रामेश्वर यादव लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी दिएका छन्।

 

प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले भने जनप्रतिनिधिले फेला पारेको निर्णय पुस्तिका खेसरा मात्र रहेको भन्दै आरोपको खण्डन गरेका छन्। तर जनप्रतिनिधिले फेला पारेको गत मंसिर २० गतेको निर्णय पुस्तिकाको बन्दीमा मेयर जैसवाल सँगै कैयौं कार्यपालिका सदस्यको प्रस्ट हस्ताक्षर देखिएकाले अधिकृत जोशीको नियत खराब रहेको प्रतिनिधिहरूको आरोप रहेको छ ।

 

कटहरियाको ९ वटै वडामा खटिरहेका झण्डै ५० जना करारका कर्मचारीहरुको बक्यौता २० महिनासम्मको तलब भुक्तानी पछी मात्र अर्को भर्ना खुलाउनु पर्ने, गत मंसिर २० गतेको बैठकको निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरु बदर गरिनुपर्ने माग गर्दै एकसाता अघि नगरपालिकामा तालाबन्दी गरेका थिए। तालाबन्दी हालसम्म यथावत रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव

जनकपुरधाम,  मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले लोकतन्त्रको संस्थागत विकासका लागि आफूले मुख्यमन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन  गरी उहाँले आफू वर्तमान संविधानअनुसार  मुख्यमन्त्री बनेको जानकारी दिँदै  मधेसका समस्या समाधान गर्न पद स्वीकार गरेको स्पष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट...

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

दमक (झापा),  यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख तीन हजार आम्दानी भएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख दुई हजार ४०० को टिकट बिक्री भएको हो । पहिलो...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर,  कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना (एसटिपी) ले राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) सँगको सहकार्यमा निःशुल्क फोटो...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार

काठमाडौँ,  ‘हाम्रो हेल्थ’ नामक संस्थाले काठमाडौँ उपत्यकाका ४५ बढी विद्यालयका २२ हजार बढी विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार पारेको छ । यसैगरी ५८ हजार बढी स्वास्थ्य अभिलेख विन्दुहरू सुरक्षित रूपमा ‘डिजिटलाइज’ गरेको छ । विद्यार्थीको स्वास्थ्य अभिलेख कागजमा सीमित हुँदा व्यवस्थापनमा चुनौती देखिएपछि सो...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९