आतंकवाद बिरूद्द लडने पुर्व सैनिकले नै मच्चाए अमेरिकामा आतंक

नयाँ अर्लिन्स, नयाँ बर्ष २०२५ को को पहिलो दिन अमेरिकाको लागि डरलाग्दो बनेर बित्यो ।  न्यू अर्लिन्समा एक फिदाइन ट्रक चालकले नयाँ वर्षको उत्सवलाई शोकमा परिणत गरिदिएका थिए । ती ट्रक चालकले नयाँ बर्षको उत्सव मनाउने भीडमा ट्रक चलाएका थिए, जुन घटनामा परी अहिलेसम्म १५ जनाको ज्यान गइसकेको छ भने अन्य दर्जनौं घाइते भएका छन् । तर, आक्रमणकारी ट्रक चालकलाइ अमेरिकी सुरक्षाकर्मीले गोली हानेर मारेका छन ।

 

यसरी नयाँ बर्षमा उत्सब मनाइरहेका समुहमा ट्रक चलाउनेको नाम खुलेको छ, उनी हुन्–  शमसुद्दीन जब्बार । न्युयोर्क टाइम्ससँग कुरा गर्दै जब्बारका २४ वर्षीय भाइ अब्दुर जब्बारले भने कि उनका भाइ शमसुद्दीन जब्बार सानै उमेरमा इस्लाम धर्ममा परिणत भएका थिए। तर, शमसुद्दीनका भाइले आफ्नो भाइले गरेको कुरा इस्लामको प्रतिनिधित्व नभएको बताएका छन । अब्दुरले भने कि, ‘यो धार्मिक काम होइन तर एक प्रकारको कट्टरता भने हो।’

 

अमेरिकी अखबार न्युयोर्क टाइम्सका अनुसार जब्बारको ट्रकमा आइएसआईएसको झण्डा फहराइएको भेटिएको छ । समाचार अनुसार अमेरिकामा जन्मेका जब्बार पूर्व अमेरिकी सैनिक थिए । ट्रेलर पार्कमा रहेको स्थानीय मस्जिद नजिकैको उनको घरमा केही अचम्मका कुराहरु प्रहरीले फेला पारेको छ । उनले आफ्नै घरमा भेडा र बाख्राका लागि घर पनि बनाएका थिए । अमेरिकी अधिकारीका अनुसार ४२ वर्षीय शमसुद्दीन जब्बारले यो घटना घटाउने इभी ट्रकमा आतंकवादी संगठन आईएसआईएसको झण्डा पनि राखिएको भेटिएको थियो । यस्तो अवस्थामा अमेरिकी गुप्तचर एजेन्सीहरूले यो घटनालाई आतंकवादी हमलासँग जोडेर हेरिरहेका छन् । अनुसन्धान जारी रहेको छ ।

 

अमेरिकी नागरिक शमसुद्दीन जब्बार इस्लामिक स्टेटको झण्डा फहराउँदै लुइसियानामा नयाँ वर्ष मनाउने मानिसहरूमाथि सेतो फोर्ड पिकअप ट्रक लिएर दौडिएका थिए । अहिलेसम्म प्राप्त जानकारी अनुसार यसमा १५ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन, जसको उपचार जारी रहेको छ । प्रख्यात बोरबोन स्ट्रिट नजिकैको भयानक आक्रमणमा धेरै व्यक्तिहरू घाइते भएका अधिकारीहरूले भने, ‘यो घटनाले शहरलाई स्तब्ध बनाएको छ, जसले हलचल भएको फ्रान्सेली क्वार्टरमा सुरक्षा उपायहरू उठाउँदैछ।’

 

भीडमा ट्रक जोते पछि जब्बारले पनि जवाफी गोली चलाएका थिए । यस क्रममा दुई प्रहरी घाइते भएको बताइएको छ । अमेरिकी प्रहरीले जवाफी कारबाहीमा जब्बारको मृत्यु भएको छ । अमेरिकी प्रहरीका अनुसार यो आत्मघाती हमला हो । खासमा, जब्बारले सकेसम्म धेरैलाई मार्ने प्रयास स्वरूप भीडमा ट्रक जोतेका थिए ।

 

अमेरिकी अधिकारीका अनुसार उनले सो ट्रक सेयरिङ एप टुरोबाट भाडामा लिएका थिए । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले अहिले यो घटनालाई आतंकवादी हमलासँग जोडेर अनुसन्धान गरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले जब्बारले आफ्नो आईएसआईएससँगको सम्बन्धलाई औंल्याएको भिडियो अनलाइन सेयर गरेको जनाइसकेका छन । पिकअप ट्रकमा इस्लामिक स्टेटको कालो झण्डा फहरिरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । ट्रकबाट विस्फोटक पदार्थ पनि बरामद भएको छ ।

खासमा जब्बार को हुन ? 

एफबीआईका अनुसार आक्रमणकारी ४२ वर्षीय शमसुद्दीन जब्बार थिए। उनले अमेरिकी सेनामा सेवामा काम गरेको निकै अनुभव पनि छ । पेन्टागनका अनुसार जब्बारले सेनामा मानव संसाधन विशेषज्ञ र सूचना प्रविधि विशेषज्ञका रूपमा १० वर्षभन्दा बढी समय काम गरेका थिए । जब्बार सन् २००९ देखि २०१० सम्म अफगानिस्तानमा तैनाथसमेत भएका थिए । जब्बारले जर्जिया स्टेट युनिभर्सिटीबाट कम्प्युटिङमा डिग्री हासिल गरेका छन, जो उनी ह्युस्टन, टेक्सासमा बस्थे। उनी रियल स्टेट एजेन्टको रूपमा काम गरेको अनुभव पनि छ । जब्बारका अन्य सहयोगी छन् वा छैनन्, त्यसबारे पनि एफबीआईले अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा (बाँके),  राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो...

चाडपर्वको संरक्षणले सहअस्तित्वसहितको समाज निर्माणमा सहयोग पुग्नेः अध्यक्ष नेपाल

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सबै जाति, समुदायका चाडपर्वले सामाजिक विविधतालाई एकताबद्ध गर्ने बताउनुभएको छ । तिहारका अवसरमा शुभकामना दिँदै उहाँले नेपालीको मौलिक पहिचान बोकेको पर्व, संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।...

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौँ, अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तिहारपछि...

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका,  (रासस/एएफपी) : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १० प्रतिशत कर वृद्धि गर्ने घोषणा गर्नुभएको छ । यो निर्णय क्यानाडाले प्रसारण गरेको एउटा एन्टी–ट्यारिफ विज्ञापन अभियानको प्रतिक्रियामा आएको हो । उक्त विज्ञापनमा दिवङ्गत अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पुरानो सम्बोधन प्रयोग गरिएको...

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा (बाँके),  राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो...

जङ्गली जनावरको आक्रमण बढेपछि स्थानीय आतङ्कित

राँझा (बाँके),  राप्तीसोनारी क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढ्न थालेपछि स्थानीयवासी आतङ्कित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका व्यक्तिमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए

गलकोट (बागलुङ),  गण्डकी प्रदेशमा सवारी साधन चोरी भएका सवारी सङ्ख्याको तुलनामा कमै मात्र भटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएको थियो भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो । हराएका या चोरी भएका कूल ६५ सवारी...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

लागूपदार्थ विरुद्धको आवाज घोडाघोडीबाट उठ्ने — भोलि चेतनामूलक कार्यक्रम हुँदै

कैलाली । पछिल्लो समय लागू पदार्थ दुर्व्यसनीको सङ्ख्या निरन्तर बढिरहेको छ । तराइमा सबैभन्दा धेरै कैलालीमा यसको कारोबारी र सेवनकर्ता बढिरहेको प्रहरीले जनाएको छ।   दुर्व्यसनीका कारण समाजमा विभिन्न अपराधीक क्रियाकलाप पनि भइरहेका छन् । कानुनी रूपमा वञ्चित रहेको लागू पदार्थको बेचबिखन तथा सेवनलाई अन्त्य गर्न...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना...

आइसिसी विश्वकप क्रिकेट लिग: नेपालले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं, आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा जारी छ । त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार शृङ्खलामा १६ खेल खेलेर १२ अङ्कका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९