काठमाडौं। शेयर बजार (नेप्से) आज उच्च अङ्कले बढेको छ । नेप्से परिसूचक ४९. १२ अङ्कले बढेर २ हजार ६४० विन्दुमा पुगेर रोकिएको छ ।साथै, नेप्सेको बृद्दीसँगै कारोबार रकम पनि बढेको जनाइएको छ । आज तीन सय १२ वटा कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर ६ अर्ब ३० करोड रुपैयाँमा किनबेच भएको छ ।सोमवार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलेपमेन्ट लिमिटेडको २९ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
काठमाडौँ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ...




















































































































































