काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०÷८१ को लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित) रहेको छ।पुस २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। इन्स्योरेन्सको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५ औं वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
भद्रपुर (झापा), चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २५ अर्ब तीन करोड ६६ लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ९३ करोड ७८ लाख अर्थात् आठ दशमलव ३९ प्रतिशतले आयात...




















































































































































