काठमाडौं। नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ ।यसअघि सामान्य अंकले बढीरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा रोकिन पुगेको छ ।आज ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको छ भने ४३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । र, १९४ कम्पनीको सेयर मूल्य घटदा ६ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ ।
काठमाडौँ, विश्वकै दुलर्भ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३ अक्टोबरमा अन्तरराष्ट्रिय हिउँ चितुवा दिवस मनाइन्छ । ‘मौन संरक्षकहरुको सुरक्षा गर्दै’ नाराका साथ यस वर्षको हिउँ चितुवा दिवस विश्वभर मनाइएको छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक...