Baigyanik Media

Advertisement

Skip Ad

‘डाकु महाराज’ रिलिजको खुसीयालीमा सिनेमा हलमा दिइयाे बली, ५ पक्राउ

हैदाराबाद । साउथ स्टारका फ्यानहरुको क्रेजको स्तर नै अरू भन्दा फरक छ । यहाँका फ्यानले रजनीकान्तलाई भगवानको दर्जा दिएका छन् । जब पनि उनको कुनै पनि फिल्म रिलिज हुन्छ, उनको पोस्टरलाई दूधले नुहाएको देखिनु सामान्य जस्तै हो । यसबाहेक फिल्म रिलिजको समयमा पटाका फाल्ने पनि सामान्य कुरा हो । तर, एउटा अचम्मको हद पार गरेर फ्यानहरूले गरे,  अहिले उनीहरू पक्राउ परेका छन । खासमा नन्दमुरी बालकृष्णका फ्यानले सिनेमा हलमा बोकाको बलि दिए पछि उनीहरूलाइ पक्राउ गरिएको हो ।

 

यस विषयमा तिरुपति प्रहरीले ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । वास्तवमा जनवरी १२ मा तेलुगु फिल्म अभिनेता नन्दमुरी बालकृष्णको फिल्म ‘डाकु महाराज’ तिरुपतिको टाटानगरको प्रताप थिएटरमा रिलिज भएको थियो। फिल्म प्रदर्शन हुनु अघि यहाँको एक सिनेमा हलमा बोकाको बलि दिएर नन्दमुरीको पोस्टरमा त्यसको रगत लगाउने कार्य गरियो ।

 

पशु अधिकारकर्मी संस्था पेटाले इमेलमार्फत प्रहरीसँग आफ्नो गुनासो गरेको थियो ।तिरुपतिका पूर्व उप विभागीय पुलिस अधिकारी वेंकट नारायणले लाई भने कि जनवरी १६ वाट यस विषयमा अनुसन्धान गरिएको थियो र पुलिस स्टेशनमा मुद्दासमेत दर्ता गरिएको थियो।  जसअनुसार शंकरैया, रमेश, सुरेश रेड्डी, प्रसाद र मुकेश बाबुलाई पिपल फर एथिकल ट्रीटमेन्ट अफ एनिमल्स (पेटा)ले दायर गरेको उजुरीमा पक्राउ गरिएको उनले जानकारी दिए ।

 

यस पशु बलिमा संलग्न भएको आशंकामा प्रहरीले अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको छ। वास्तवमा, यो सम्पूर्ण घटनाको एक भिडियो भाइरल भए पछि सार्बजनिक भएको थियो, जसमा एक व्यक्ति अगाडि उभिएर बलि दिइरहेको देख्न सकिन्छ भने अन्य मानिसहरू र सिनेमा हलमा बसेका दर्शकहरूले  हर्षोल्लास गरिरहेको देखिन्छ।

 

भारतीय प्रहरीले भारतीय न्याय संहिता २०२३ को धारा ३२५ र २७० अन्तर्गत मुद्दा दर्ता गरेको छ । यी सबै मुद्दाहरू जनावरहरूको क्रूर हत्या र अशान्ति फैलाएको आरोपमा दर्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै

काठमाडौँ, नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्र्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि विदेशी मुद्राको निर्धारण

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६७ पैसा र...

हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ । तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो । विमानमा रहेका चार चालक दल सदस्यहरूलाई सकुशल उद्धार गरी अस्पताल लगिएको...

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी (सङ्खुवासभा)।   सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ । पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि आज विहान नेपाली सेनाको हेलिकप्टर मार्फत् विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप

वीरगञ्ज (पर्सा), हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९