काठमाडौं । नेपालले आइसिसी महिला यु-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको निर्णय लिइन् ।नेपाल पहिलो जितको लक्ष्यमा छ । अघिल्ला खेलमा नेपालले बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।
लम्की, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रत्यक्ष उम्मेदवार डम्मर बहादुर रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्ने घोषणा गरेका छन् । उनले नेकपा एमालेका प्रत्यक्ष उम्मेदवार सुर्य बहादुर थापालाई समर्थन गर्ने सहमति भएको जानकारी दिएका छन् । शनिवार लम्की स्थित सौराई होटलमा भएको सहमती पत्र घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार रावलले...
























































































































































