काठमाडौं। आज नेप्से दोहोरो अंकले घटेको छ ।साताको पहिलो सेयर कारोबार दिनमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको हो ।जसअनुसार नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ विन्दुमा पुगेर रोकिएको छ।आज ३१८ कम्पनिका १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर खरिद बिक्री भएको छ भने जसवाट कुल ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँको कारोबार हुन पुगेको छ ।नेप्सेका अनुसार आज ११६ कम्पनिको मूल्य बढ्दा १२१ वटा कम्पनिको घटेको छ भने ६ कम्पनिको मूल्य भने स्थिर रहन गएको देखिएको छ । साथै, ५ कम्पनिका उपसूचक नकारात्मक देखिएको छ ।
ढोरपाटन (बागलुङ), तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ । यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन् । गाउँ, टोल र...