काठमाडौं। आज नेप्से दोहोरो अंकले घटेको छ ।साताको पहिलो सेयर कारोबार दिनमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको हो ।जसअनुसार नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ विन्दुमा पुगेर रोकिएको छ।आज ३१८ कम्पनिका १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर खरिद बिक्री भएको छ भने जसवाट कुल ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँको कारोबार हुन पुगेको छ ।नेप्सेका अनुसार आज ११६ कम्पनिको मूल्य बढ्दा १२१ वटा कम्पनिको घटेको छ भने ६ कम्पनिको मूल्य भने स्थिर रहन गएको देखिएको छ । साथै, ५ कम्पनिका उपसूचक नकारात्मक देखिएको छ ।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...



























































































































































