काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १.७९ अंकले बढेको छ । यससँगै सूचक २६३५.०६ विन्दुमा आएको छ । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५३ कम्पनीको १४ हजार ८ सय २० कित्ता सेयर कारोबार भएको छ । २७ कम्पनीको भाउ बढेको छ भने २७ वटै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय २१ वटा कारोबार भएको हो ।
कञ्चनपुर, यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ । हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको र अब पुलको...