काठमाडौं । आज सेयर कारोबार घटेको छ ।सेयर कारोबार मापक नेप्से परिसूचक ४.४५ अंकले घटेको हो ।अघिल्लो दिनको तुलनामा थप ०.१६ प्रतिशतले घटेपछि आज नेप्से २ हजार ७ सय ११.४५ विन्दुमा रोकिएको छ ।आज कारोबारमा आएकामध्ये ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ वटा कम्पनिको घटेको छ । बाँकी ७ वटा कम्पनीको स्थिर रह्यो ।जसअनुसार ९० हजार ७ सय ५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर किनबेच भएका थिए भने सो किनबेचमा करिब ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको जनाइएको छ ।
कञ्चनपुर, यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ । हालसम्म पुलको ‘सुपरस्ट्रक्चर’को कार्य पूरा भएको र अब पुलको...































































































































































