काठमाडौं । आज सेयर कारोबार घटेको छ ।सेयर कारोबार मापक नेप्से परिसूचक ४.४५ अंकले घटेको हो ।अघिल्लो दिनको तुलनामा थप ०.१६ प्रतिशतले घटेपछि आज नेप्से २ हजार ७ सय ११.४५ विन्दुमा रोकिएको छ ।आज कारोबारमा आएकामध्ये ११३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ वटा कम्पनिको घटेको छ । बाँकी ७ वटा कम्पनीको स्थिर रह्यो ।जसअनुसार ९० हजार ७ सय ५२ पटकको कारोबारमा १ करोड ९१ लाख ८१ हजार ४ सय १४ कित्ता सेयर किनबेच भएका थिए भने सो किनबेचमा करिब ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको जनाइएको छ ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...


























































































































































