कसरी गर्न सकिन्छ नेपालमा आँधी बेहरीको क्षति कम?

नेपालमा बारम्बार हुने हिउँको आँधीबाट हिमाली क्षेत्र र उष्णकटिबन्धीय आँधीबाट तराई क्षेत्र अत्यन्त जोखिममा रहेको छ। यस्ता प्रकोप हुनुअगाडि नै जनतामा सूचना प्रवाह गर्न सके केही हदसम्म नोक्सान कम गर्न सकिन्छ।

 

– प्रकाश रेग्मी

आँधी भनेको वायुमण्डलको तीव्र अशान्ति हो। वायुमन्डलीय सन्तुलनमा हुने तीव्र परिवर्तनको कारण भारी वा हल्का वर्षाको साथमा शक्तिशाली हावा, हिउँ, असिना र मेघ गर्जनको साथमा चट्याङ पर्ने गर्दछ। जब हावाको गति १०३ देखि ११७ किलोमिटर प्रतिघन्टाको दरमा बहन्छ, त्यस्तो अवस्थालाई आँधीको अवस्था भन्ने गरिन्छ। एक वैज्ञानिक अध्ययनको निष्कर्ष अनुसार संसारमा भइरहने आँधी बेहरीको संख्यामा वृद्धि भने भएको छैन तर आँधीको समयमा चल्ने हावाको गतिमा भने भारी गतिले वृद्धि भइराखेको छ, मानव मृत्यु र नोक्सानी उच्च गतिमा बढिरहेको छ।

 

 

आँधीको समयमा हवाको गति १०३ देखि ११७ किलोमिटर प्रतिघन्टा भनिए तापनि विगत ४० वर्षको तथ्याङ्क हेर्दा त्यस्तो आँधीको समयमा हावाको गति २१० किलोमिटर प्रतिघन्टासम्मको रेकर्डहरू उष्णकटिबन्धीय क्षेत्रहरूमा रेकर्ड गरिएका छन्। आँधीको समयमा हवाको गति १०३ देखि ११७ किलोमीटेर प्रतिघन्छा भनिए तापनि विगत ४० वर्षको तथ्याङ्क हेर्दा त्यस्तो आँधीको समयमा हावाको गति २१० किलोमीटेर प्रतिघन्टासम्मका रेकर्डहरू उष्णकटिबन्धीय क्षेत्रहरूमा रेकर्ड गरिएका छन्। यस किसिमको हावाको गतिमा हुने परिवर्तनले जन र धनको नोक्सानीमा भारी मात्रामा वृद्धि गरिराखेको छ। यस्तो हुनुमा ग्लोबल वार्मिङको कारण महासागरको पानीको उपल्लो सतहको तापक्रममा वृद्धि भई वायुमण्डल छेत्रमा हुने हावाको चापका केन्द्रहरूमा ठूलो परिवर्तन हुनु हो।

 

 

नेपालमा जाडो सकिने र गर्मी लाग्ने समयसँगै हावा चल्ने गतिमा परिवर्तन हुँदै जान्छ। फागुन महिना लागेसँगै हावाका चापका पेटीहरूमा परिवर्तन हुन थाल्दछन् र चैत्र, वैशाख र जेठ महिनामा बढी मात्रामा हावाहुरी चल्दछ। गर्मी बढेसँगै हावाहुरीको साथै मेघ गर्जन हुनु, चट्याङ पर्नु, वनमा आगो लाग्नु सामान्यजस्तै हुन्छ। माघ महिना नसकिँदै नेपालमा आगलागीका समाचारहरू आउन थालेका छन्। नेपालको तराई भागमा वनको नजिक फुसका घर भएका स्थानमा आगो लाग्ने र तीव्र गतिको हावाको कारण उक्त आगोले बस्तीभरि ठूलो नोक्सान हुने गरेको छ।

 

 

जनवरी ७, २०२५ को अमेरिकाको लस एन्जलसमा लागेको भिषण आगो निभाउन झन्डै २३ दिन (२८ जनवरी २०२५) लागेको थियो। उक्त घटना साम्य हुन नपाउँदै नेपालको काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृङ्खलाको सामुदायिक वनमा लागेको आगो निभाउन झन्डै एक हप्ता लाग्यो। यस्तो संयोग हुनु प्रकृतिले दिएको प्रकोपको लागि अग्रिम सूचनाको आभाष हुन्छ। त्यसैले, आँधी बेहरीको पूर्वसन्ध्यामा यस लेखमार्फत् सूचना प्रसार होस् भन्ने उद्देश्य हो।  विवेचना गर्नको लागी नेपाल सरकारको गृह मन्त्रालयले डिआरआर पोर्टलमा राखिएको तथ्यांकलाई आधार बनाइएको छ।

 

 

नेपालमा सन् २०११ देखि सन् २०२४ सम्म जम्मा १,२२५ आँधी बेहरीका घटना सूचीकृत गरिएका छन्। जसबाट १७,९०२ घर परिवार प्रभावित भई १७१ जनाले ज्यान गुमाएका छन् भने १,५९५ घाइते भएका छन्। आर्थिक हिसाबले हेर्दा उक्त १,२२५ आँधी बेहरीका घटनाबाट ५०,०३,५९,३७६ रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको छ। नोक्सान हुनेमा निजी घर, सरकारी घर र पशु चौपाया छन्। समयको अन्तरालसँगै घटना बढ्दै गएका छन् र नोक्सानी पनि बढ्दै गएको देखिन्छ।

 

 

सबैभन्दा बढी आँधी बेहरीका घटना सन् २०२४ मा भएको देखिन्छ। यस वर्ष जम्मा २८५ घटना भएकोमा १० जनाको ज्यान गएको छ भने झन्डै आधा संख्याका आँधी बेहरीका घटना (१४६) रेकर्ड भएको वर्ष सन् २०१९ मा मात्रै ४० जनाको मृत्यु भएको थियो। त्यसैगरी, सन् २०१४ मा जम्मा १९ वटा घटना रेकर्ड भएकोमा ३८ जना मानिसको मृत्यु भएको थियो। यसरी हेर्दा कुल आँधी बेहरीका घटना संख्या र मानव मृत्युको अनुपात गणना नमिल्ने रहेछ। अर्थात्, थोरै घटनाबाट पनि धरै नोक्सान हुन सक्ने रहेछ।

 

 

यसरी आँधी बेहरीबाट भएका मानव मृत्युमा महिलाभन्दा पुरुष देखिन्छन्। कुल मृत्युमा पुरुषको भाग ५५ प्रतिशत र महिलाको भाग ४५ प्रतिशत रहेको छ। सबैभन्दा धरै आँधी बेहरीका घटना सन् २०२४ मा रेकर्ड गरिए तापनि सबैभन्दा धेरै आर्थिक नोक्सान भने सन् २०२३ मा देखिन्छ। यस वर्ष कुल १२३ घटना हुँदा १७,०३,७६,४०० रुपैयाँ बराबरको आर्थिक नोक्सान भएको देखिन्छ।

स्थानिक वितरणको हिसाबले आँधी बेहरीका घटना पूर्वी तराईमा सबैभन्दा बढी, दोस्रोमा पश्चिम तराई र विस्तारै पहाडी भेगतिर कम हुँदै गएको देखिन्छ। नेपालमा जाडो समय सकिएपछि विस्तारै बंगालको खाडीबाट आद्रतायुक्त हावा नेपालको पूर्वी भागतिरबाट बहन थाल्दछ। यसको प्रभाव पनि पूर्वी तराईमा बढी देखिन्छ र विस्तारै पश्चिमतिर कम हुँदै जान्छ। नक्सामा आँधी बेहरीका घटनाको प्रवृत्ति पनि त्यस्तै देखिन्छ।

 

 

नेपालको पूर्वी तराईमा रहेको मोरङ जिल्लामा सबैभन्दा बढी आँधी बेहरीका घटना घटेको देखिन्छ। त्यहाँ १४ वर्षको अवधिमा ७४ वटा आँधी बेहरीका घटना रेकर्ड गरिएका छन् र ५ जनाको मृत्यु भएको छ। दोस्रो सबैभन्दा धेरै घटना रेकर्ड गरिएको जिल्ला बर्दिया हो, त्यहाँ उक्त अवधिमा ६९ घटना रेकर्ड भएका छन् र यसबाट १ जनाको मात्रै मृत्यु भएको छ। त्यसपछि क्रमश: कैलाली, सप्तरी, सर्लाही र बारा जिल्ला धरै आँधी बेहरीका घटना घट्ने जिल्ला हुन्। नेपालको मध्य तराईमा तुलनात्मक रुपले कम घटना देखिन्छन्। माथि भनिएजस्तै तुलनात्मक रुपले थोरै घटना भएर पनि बारा जिल्ला र मुस्ताङ जिल्लामा यस अवधिमा सबैभन्दा धेरै क्रमश: ३२ र २५ जनाको मृत्यु भएको छ।

 

 

मार्च ३१, २०१९ को बेलुकी स्थानीय समय अनुसार ७:४५ बेलुकीबाट ८:३० बेलुकी (जम्मा ४५ मिनेट) नेपालको बारा र पर्सा जिल्लाको लागि एक भयानक आतंकको दिन बन्यो। त्यसदिन चलेको आँधी बेहरीले बारा जिल्लामा तहल्का गर्‍यो र बारा जिल्लाबाट मात्रै २७ जनाको ज्यान लियो र ११०० जना भन्दा बढीलाई घाइते बनायो। घटना भएको केही अवधिपछि गरिएको एक अध्ययनले नेपालमा यो घटना नै पहिलो पटक भएको चक्रबात (टोर्नाडो) थियो, जसलाई नेपाल जल तथा मौसम विज्ञान विभागले घोषणा गरेको थियो।

 

 

हावाको गति र यसको प्रकृतिअनुसार आँधीलाई विभिन्न स्तरमा विभाजन गर्ने गरिन्छ। त्यस समयमा हावाको गति १७९ देखि २६६ किलोममिटर प्रतिघन्टा मापन गरिएको थियो। जसबाट जम्मा १३४२ घरमा क्षति पुगी जम्मा ९० मिलियन रुपैयाँ बराबरको क्षतिको अनुमान गरिएको थियो। हावाहुरीले माटोबाट बनेका कच्ची घरमा क्षति पुर्‍याएको थियो। बिजुली र टेलिफोनका पोलहरू लडेर, टिनका छाना उडाएर र पर्खाल लडेर समेत मानिसहरू हताहत भएको बताइएको थियो। शक्तिशाली हावाहुरीले धेरै ठाउँमा यात्रुबाहक सवारीसाधनहरूलाई पल्टाइदिएको थियो।

 

 

उक्त दिनको बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो। तर, यति ठूलो क्षति पुर्‍याउन सक्नेगरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको जल तथा मौसम विज्ञान विभागका तात्कालीन मौसमविद् मीनकुमार अर्यालले एक अन्तर्वार्तामा बताएका थिए।

 

 

त्यस्तै, ठूलो अर्को घटना सन् २०१४ अक्टोबर १४ मा मनाङ जिल्लामा पनि हिउँको ठूलो आँधी आएको थियो। हिम चक्रवातको कारण १२ घन्टाको अवधिमा जिल्लाका धरै ठाउँहरूमा ६ फिटसम्मको हिउँ जमेको थियो। जिल्लाको लगभग पूरा मोबाइल फोनविच्छेद, बिजुली लाइन काटिएका थिए, जसले गर्दा राहत र उद्धार काममा समेत रोकावट भएको  थियो। उक्त आँधीबाट विभिन्न देशका २१ जना हिमाल पदयात्री र पर्वतीय मार्गदर्शकसहित ४३ जनाको मृत्यु भएको थियो र ५० जनाभन्दा धेरै हराएका थिए।

 

 

उक्त संकटकालको अवस्थामा तत्कालीन नेपालका प्रधानमन्त्री सुशील कोइरालाले ‘विश्वव्यापी मौसम अपडेट हरेक सेकेन्डमा उपलब्ध भइरहन सक्ने अवस्थामा स्थानीय र पर्वतारोहीहरूको ज्यान गुमाउनु अत्यन्तै दुःखद् भएको र आगामी समयमा मौसम चेतावनी प्रणालीमा सुधार गरिने’ बताएका थिए। नेपाल पर्यटन मन्त्रालयले पनि उक्त घटनापछि यस घटनाबाट पाठ सिकेर भविष्यमा हुने त्रासदीबाट बच्न थप आपतकालीन आश्रय र राम्रो मौसम ट्रयाकिङ र सञ्चारको विकास गर्ने गरेको कुरा आज पनि तेसबेला प्रकाशित भएका पत्र-पत्रिकामा देख्न र पढ्न पढ्न पाइन्छ।

 

 

त्यसबेला अधिकारीहरूले भनेका कुरा र अहिलेको स्थानीय स्तर र संघीय  स्तरमा भएका पूर्वतयारीको अवस्थालाई मिलाएर हेर्ने बेला भयो कि? नेपालमा बारम्बार हुने हिउँको आँधीबाट हिमाली क्षेत्र र उष्णकटिबन्धीय आँधीबाट तराई क्षेत्र अत्यन्त जोखिममा रहेको छ। यस्ता प्रकोप हुनुअगाडि नै जनतामा सूचना प्रवाह गर्न सके केही हदसम्म नोक्सान कम गर्न सकिन्छ। तर, धरैजसो मिडियाले घटना घटिसकेपछि त्यसलाई समाचार बनाएर प्रकाशित गर्ने गरेको पाइन्छ।

 

 

मौसम पूर्वानुमानका सूचना संकलन र प्रचार-प्रसार अधिक प्राविधिक र महंगो हुने हुनाले विद्यमान नेपालका स्थानीय निकायहरू यस्ता कामका लागि सक्षम भइसकेका छैनन्। त्यसैले, संघीय सरकार यस्ता कामका लागि सूचना संकलन र र प्रचार-प्रसारमा सक्रिय हुने, संकलन भएका सामग्री स्थानीय मानिसहरूले बुझ्ने भाषामा तयार पारी टेलिभिजन, समाचार पत्र र हरेक मानिसका फोन सेटमा पुग्ने गरी प्रसारण गर्न सके, प्रकोपबाट हुने क्षति कम गर्न सकिने हुन्छ।

 

 

स्थानीय सरकारले आफ्ना आफ्ना क्षेत्रभित्र रहेका गैरसरकारी संस्थाहरूलाई सहयोग गरेर संघीय सरकारले तयार गरेका प्रचार-प्रसारका सामग्रीहरू स्थानीय भाषामा तयार पारी पम्पलेटिङ पोस्टरिङ, माइकिङ र घरभेटका माध्यमले जानाकरी गराउँदा स्थानीय तहमा रहेका युवायुवतीलाई छोटो समयको रोजगरी प्रदान गर्न सकिनुका साथै सानो सहयोगबाट सम्भावित ढूलो क्षति हुनबाट रोक्न सकिने हुँदो रहेछ।

 

 

प्रकोपका घटनाहरूको समाचार घटना घिटिसकेपछि समाचारका रुपमा पत्र-पत्रिकामा प्रशस्त आउने गर्छन्। तर, समाचारहरुमा प्रकोपअगाडि पूर्वसूचनाका रुपमा निकट भविष्यमा हुन सक्ने सम्भावित किसिमका प्रकोपको बारेमा समाचार भने निकै कम देख्न र सुन्न पाइन्छ।  आगामी समाचारहरूमा गत वर्षहरूका प्रकोपको कथाहरू पनि समाचारको रुपमा प्रसारण गर्न सके कस्तो हुन्थ्यो होला!

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ग्लोबल आइएमई लघुवित्तद्वारा बर्दगोरियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको...

लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

ग्लोबल आइएमई लघुवित्तद्वारा बर्दगोरियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

ग्लोबल आइएमई लघुवित्तद्वारा बर्दगोरियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

राष्ट्रिय समाचार समिति (रासस) जुम्ला, ५ चैतः जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९