सेनिटरी प्याड पाएपछि छात्रा खुसी, ‘नियमित विद्यालय आउँछौँ’

देउखुरी, ९ फागुन  : घोराही–२ मा रहेको मावि रामपुरमा कक्षा १० मा अध्ययनरत शर्मिला चौधरीले घोराही उपमहानगरपालिकाले वितरण गरेको सेनिटरी प्याड प्राप्त गरेपछि खुसी हुँदै भन्नुभयो, “अब नियमित विद्यालय आउँछु, महिनावारी भएको समयमा प्याड अभावका कारण विद्यालय छोड्ने गरेकी थिएँ, अब छोड्दिन ।” सरकारले निःशुल्क उपलब्ध गराउने सेनिटरी प्याड खरिद गरी घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी वितरण सुरु गरेपछि किशोरीहरू खुसी भएका छन् । घोराही–१७ मावि चौघेरामा कक्षा ८ मा अध्ययनरत रुपा वली महिनामा चार दिन विद्यालय अनुपस्थित रहने गर्नुहुन्थ्यो । “अब सधैँ विद्यालय आउँछु, विद्यालयमा प्याड पाइने भएपछि पढाइप्रति चासो पनि बढेको छ”, उहाँले भन्नुभयो, “हाम्रा लागि यति राम्रो कार्यक्रम आयो राम्रो लागेको छ, अब त एकदिन पनि नबिराई विद्यालय आउँछु ।” किशोरीहरूको प्रजनन स्वास्थ्य तथा नियमित कक्षामा उपस्थितिका लागि सरकारले अघि सारेको कार्यक्रमलाई स्थानीय पालिकाले कार्यान्वयन गर्दै आएका छन् ।

 

विगतका वर्षमा विद्यालयले नै प्याड खरिद गरेर पालिकाबाट रकम माग गर्दै आएकोमा यस वर्षदेखि भने पालिकाले नै सेनिटरी प्याड खरिद गरेर विद्यालयलाई उपलब्ध गराउने र त्यहाँ अध्ययनरत छात्राहरूहरुलाई उपलब्ध गराउन थालेको सामाजिक विकास महाशाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष पहिलो पटक २६ मावि, १४ आधारभूत विद्यालय, ११ प्रावि गरी ५१ सामुदायिक विद्यालयका १२ हजार किशोरीलाई पालिकाले नै खरिद गरी सेनिटरी प्याड वितरण सुरु गरिएको छ । सोमबार रामपुर केन्द्र बनाएर १५ वटा विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरपालिकाभित्रका ९४ विद्यालयमध्ये पहिलो चरणमा ५१ विद्यालयमा वितरण गरिएको उपमहानगरपालिका सामाजिक विकास महाशाखाले जनाएको छ । बाँकी सामुदायिक विद्यालयमा तल्लो तहका कक्षा सञ्चालन हुने हुँदा सेनिटरी प्याड आवश्यक नरहेको महाशाखाले जनाएको छ ।

 

सेनिटरी प्याड वितरणमा विगतमा विद्यालयलाई विद्यार्थी सङ्ख्या गनेर रकम दिने गरिएको थियो । सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रालाई निःशुल्क प्याड वितरण गर्ने कार्यक्रम समावेश गरेर किशोरीको प्रजनन स्वास्थ्यका बारेमा लगानी थालनी गरेको सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिनुभयो । चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट सःशर्त विनियोजन भएको रु ८६ लाख ३९ हजारमध्ये हाललाई पालिकाले नै आठ लाख ४० हजार बराबरको सेनिटरी प्याड खरिद पहिलो महिनाका लागि वितरण सुरु गरेको छ । अब बाँकी प्याड वितरण कार्य भने ई–बिडिङमार्फत पालिकाले प्याड खरिद गरेर ५१ वटै विद्यालयमा वितरण गर्ने सामाजिक विकास महाशाखा प्रमुख गौतमले जानकारी दिनुभयो । घोराही उपमहानगरले २०७७/०७८ मा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यो समयमा कोरोना भाइरसको महामारीले कारण विद्यार्थी विद्यालय नआएको हुँदा कार्यक्रम रोकिएको थियो । विसं २०७७ देखि पालिकाभित्रका कक्षा ४ देखि १२ सम्मका १३ हजार दुई सय २४ किशोरीलाई प्रतिविद्यार्थी रु ४२ का दरले रकम उपलब्ध गराएर सेनिटरी प्याड वितरण गरिएको महाशाखा प्रमुख गौतमले जानकारी दिनुभयो ।

 

यो कार्यक्रममा माघदेखि असारसम्म ६ महिना लागु भएको तथा रु ८६ लाख ३८ हजार बजेटमध्ये रु ३३ लाख प्याड खरिदमा खर्च भएको उहाँले बताउनुभयो । महिनावारीको समयमा आवश्यक पर्ने सामग्री उपलब्ध गराई किशोरीहरूको स्वास्थ्यमा सुधार गर्ने र सोही कारण विद्यालय छाड्ने छात्राको सङ्ख्यालाई कम गर्ने उद्देश्यले सरकारले अघि सारेको यो कार्यक्रमबाट किशोरीलाई फाइदा पुगेको घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले बताउनुभयो । प्याड वितरणको समयमा छात्राको मुहारमा खुसी छाएको देख्दा आनन्द आएको उहाँको भनाइ छ । छोरी विद्यालयमा नियमित उपस्थिति हुने र पढाइलाई निरन्तरता दिन यो अभियानले सहयोग गर्ने उहाँले बताउनुभयो । (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९