Baigyanik Media

Advertisement

Skip Ad

रेटिङमा विद्युत प्राधिकरणलाई लगातार तेस्रोपटक ‘डबल ए प्लस’, के हुन्छ अब?

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ।इक्रा नेपाल लि. ले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ। योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए प्लस रेटिङ पाएको छ।प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूलगायतको विश्लेषण गरी रेटिङ गरिएको हो।डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ। डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ।

 

 

 

क्रेडिट रेटिङमार्फत् कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ। यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने साङ्केतिक सूचकका रुपमा राय दिइन्छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रेडिङमा विगत तीन वर्षदेखि निरन्तर डबल ए प्लस रेटिङ प्राप्त गर्न सफल भएको र यसबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो एवम् ऋण तिर्न सक्ने क्षमतामा सक्षमता देखिएको बताए।साथै, प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको घिसिङले उल्लेख गरे।

 

 

 

घिसिङले भने, ‘सर्वसाधारणलाई सेयर निश्कासनका लागि महत्वपूर्ण मापदण्डको रुपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकेका छौं, सरकारबाट स्वीकृति पाउनसाथ सेयर निश्कासनको प्रक्रिया अगाडि बढाउन सकिनेछ, सेयर निश्कासनबाट सङ्कलन गरिएको रकमलाई ठूला विद्युत् जलविद्युत आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएका छौं।’उनले विद्युत् उत्पादनतर्फका आयोजनाहरू निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठूलो पूँजी संस्थाले कमाएको नाफा र सेयर निश्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको उल्लेख गरे।

 

 

प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरी प्राथमिक सेयर सर्वसाधारणलाई निश्कासन प्रस्ताव गरिएको छ। प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब ३ सय रुपैयाँ कायम गरी सेयर निश्कासनको प्रस्ताव गरिएको हो। प्राधिकरणको वार्षिक आम्दानी १ खर्व १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढीको छ।विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपदो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो। प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ।

 

 

सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्न वार्षिक रुपमा बजेट विनियोजन, सेयरमा लगानी (नगद वा ब्याज-साँवा पूँजीकरण) र अन्य आवश्यक रकम सञ्चालनमार्फत् प्राधिकरणमा लगानी गर्दै आएको छ। प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत खरिद बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था हो।

 

 

 

प्राधिकरणले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूले निर्माण गर्ने जलविद्युत आयोजनाहरूसँग झण्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ। रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको छ।प्राविधिक र गैरप्राविधिक विद्युत चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको छ।

 

 

 

आर्थिक वर्ष (आव) २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेकोमा २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिरणले नाफाको इतिहास सुरू गरेको थियो।प्राधिकरणले गत आव २०८०/८१मा  १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो। आव २०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३  प्रतिशतमा झारेको थियो। आव २०७२/७३मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कागती बिक्री गरेर तीन लाख आम्दानी

भोजपुर,  यहाँको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । घिमिरेले कागती बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने बताउनुभयो । अहिले उहाँले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोप्नुभएको छ ।...

नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक होः सभामुख घिमिरे

काठमाडौँ,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

म्याग्दी, उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्याेदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ टलक्क टल्कने...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९