अमेरिकाले विमानमा राखे पछि मात्र भारतीयलाइ दिएका थिए ‘डिपाेर्ट’काे जानकारी

अमृतसर । अमेरिकाबाट ११६ अवैध आप्रवासीहरू बोकेको एउटा विमान शनिबार राति अमृतसर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो,  यससँगै भारतका ती मानिसहरूको अमेरिकामा राम्रो भविष्य निर्माण गर्ने सपना पनि चकनाचुर हुन पुगेको छ ।पहाड, जङ्गल र समुन्द्रको जोखिमपूर्ण बाटो भएर राम्रो भविष्यको सपना बोकेर अमेरिका गएका यी मानिसहरु सिमानामा नै प्रहरीले समातेका थिए भने त्यस पछि यी मानिसहरूलाई अमेरिकाबाट निष्कासित गरिएको छ । भारत फर्काए पछि यी युवाले आफ्नो पीडा अहिले सुनाउन थालेका छन् ।

 

एनडीटीभीका अनुसार नवानकोट निवासी मंगल सिंह थिन्द आफ्नो नाति जसनूर सिंहलाई लिन एयरपोर्ट आएका थिए। यस क्रममा उनले भने,  ‘एजेन्टले हाम्रो बच्चालाई सिधै अमेरिका लगिने बताएको थियो तर उनलाई कोलम्बिया लगियो र त्यहाँ ३–५ महिना बस्न भनियो । त्यसपछि जहाजबाट पनामा लगियो, जहाँ उनीहरूले घना जङ्गल पार गर्नु परेको थियो। उनीहरूसँग हाम्रो दिनमा दुई पटक कुरा हुन्थ्यो, त्यो बेला हामीले उनीहरू निकै नै दुखित र थकितसमेत भएको देखेका थियौं र मनमा अफसोस लागिरहन्थ्यो कि उनीहरूलाई हामी टाढा पठायौं भनेर ।

 

सिमा नजिकको पहाडी इलाकाबाट अमेरिका छिरेको दुई–तीन घण्टामै पक्राउ परेको फिरोजपुरका सौरभले बताएका छन । उनको समस्या जनवरी १७ मा सुरु भयो, जब एक एजेन्टले उनलाई अमेरिका पठाउन ४५ लाख रुपैयाँ लिएका थिए । त्यसपछि उनलाई एक हप्ताको लागि मलेसिया, त्यसको १० दिनमा फेरी मुम्बई फर्काइयो र त्यसपछि एम्स्टर्डम, पनामा, तपाचुला र मेक्सिको सिटी हुदैँ अमेरिका नजिक लगिएको थियो। त्यहाँबाट ३–४ दिनको यात्रा गरेर उनीहरू अमेरिका पुगेका थिए ।

 

अन्ततः सीमा पार त गरे तर पनि उनीहरुको समस्याको अन्त्य भने भएन किनभने लगत्तै पकाउ परेका उनीहरूलाइ प्रहरीले प्रहरी चौकी लगेर शिविरमा पठायो, जहाँ उनीहरु १५–१८ दिन बसेका थिए । उनले भने, ‘कसैले हाम्रो भनाइ लिएको छैन, हाम्रो अपील कसैले सुनेन । हाम्रा हात र खुट्टा बाँधिएका थिए, हाम्रा फोनहरू जफत गरियो र हामी विमानमा चढ्दा हामीलाई देश निकाला गरिएको भनिएको थियो।’

 

अर्का निर्वासित गुरबचन सिंहका बुबा जतिन्दर पाल सिंहले छोरालाई अमेरिका पठाउन ५० लाख रुपैयाँ तिरेको तर आफूलाई ‘डंकी रूट’बाट लैजान्छ भन्ने थाहा नभएको बताए । भारतमा जागिर पाउन नसक्दा छोरालाई विदेश पठाउनुको विकल्प नभए पछि उनले त्यत्रो रकम खर्चेर अमेरिका पठाएको जनाएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ,  परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित...

जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक

इलाम,  गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको छ । हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने झुल्के घाम हेरेर पर्यटक रमाउँछन् । यहाँका मनोरम दृश्यसँग मोहित हुन्छन् र फर्किन्छन् । यसरी फर्किनेहरू सम्झना मात्र बोकेर फर्किँदैनन्, साथमा केही...

सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

काठमाडौँ,  बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजार ८०० ले र चाँदीको मोल रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १४ हजार...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम), जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको मृत्यु भएको छ ।वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको मृत्यु भएको हो ।काठको गेली पल्टाउने क्रममा च्यापिएर बुबाको मृत्यु...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

काठमाडौँ,  स्वास्थ्य बिमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ ।बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिनुभयो...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९