ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैबाहिक सबन्धको कीर्तिमान

ब्राजिलिया । प्रेम छ भने कुनै पनि सम्बन्ध लामो समयसम्म टिक्न सक्छ, चाहे जस्तोसुकै परिस्थिति आए पनि। ब्राजिलका एक जोडीले यसलाई वास्तविकतामा पुष्टी गरिदिएका छन् ।म्यानोएल, १०५ र मारिया, १०१ नामक जोडीले सबैभन्दा लामो वैवाहिक जीवनको विश्व कीर्तिमान बनाएका छन् । दुबै ८४ वर्षदेखि बैबाहिक सम्बन्धमा छन् र १०० भन्दा बढी नातिनातिनाहरू उनीहरूसँग छन्।दुवैको विवाह भएको यति वर्ष भइसकेको छ, जुन सामान्य धेरै मान्छेको उमेरभन्दा बढी छ । म्यानोएल र मारियाले सन् १९४० मा ब्राजिलको सेरा राज्यको बोआ भेन्टुरा चैपलमा विवाह गरेका थिए।

 

यो त्यो समय थियो, जब संसार नै अहिलेको भन्दा धेरै नै फरक थियो। त्यसबेलासम्म ब्राजिल फिफा विश्व च्याम्पियन बनि सकेको थिएन । संसारको पहिलो प्रोग्रामेबल इलेक्ट्रोनिक कम्प्युटर आविष्कारसमेत भएको थिएन। त्यहीबेला दुवैले प्रेम विवाह गरेका थिए ।

 

उनीहरुको प्रेम कहानी सन् १९३६ मा सुरु भएको थियो । जब मानोएल बोआ रापादुरासको ढुवानी लिएर भिक्सको अलमेडा क्षेत्रमा आइपुगे। रापादुरास एक परम्परागत ब्राजिलियन मिठाईको नाम हो। जब उनी डेलिभरीको लागि आइपुगे, उनले मारियालाई पहिलोपटक भेटेका थिए। तर, पहिलो भेटमा उनीहरुको सम्बन्ध सुमधुर हुन भने सकेन् ।

 

सन् १९४० मा उनीहरुबीच फेरि सम्बन्ध स्थापित भयो । मारिया नै अबको आफ्नो जीवनसाथी हो भनेर मानोएल विश्वस्त थिए र उनले आफ्नो प्रेम मारियासामु व्यक्त गरे। त्यसपछि मारिया उनको अनुरोधमा सहमत भइन र तिनीहरूको सम्बन्ध सुरु भयो। सुरुमा मारियाकी आमालाई उनीहरूको सम्बन्धमा शंका थियो र उनले अस्विकार पनि गरेकी थिइन् ।

 

तर, मानोएलले आफ्नो समर्पणको साथ मारिया र उनकी आमाको पनि मन जित्न सफल भए । र, उनीहरूले आफ्नै घर बनाउन थाले, परिवारको स्वीकृति पाए पछि मात्रै दुवैले विवाह गरे । उनले आफ्नो परिवारको पालनपोषण गर्न दशकौंदेखि सुर्ती खेती गरेका थिए। तिनीहरूले १३ छोराछोरी हुर्काए, जसले पछि छोराकातर्फवाट ५५ नाति नातिना, छोरीकातर्फवाट ५४ नातिनातिनासहित १३ पनाति पनातिनाहरूको ठूलो परिवार बनाउन सफल भए ।

 

यो जोडीको उमेर अहिले १०० वर्षभन्दा बढी भइसकेको छ । बुढेसकालमा मानोएल र मारिया शान्तिपूर्वक आफ्नो जीवन बिताइरहेका छन्। उमेरको कारण, मनोएल दिनको समयमा आराम गर्दछ तर हरेक साँझ उनी मारियासँग बैठक कोठामा बस्छन् र टिभीमा धार्मिक प्रार्थना हेर्छन्। जब उनलाई लामो र सुखी दाम्पत्य जीवनको रहस्य सोधियो, उनले जवाफ दिए ‘प्रेम’ । गिनिज वल्र्ड रेकर्ड्सले यसलाई सबैभन्दा लामो समयसम्म रहेको जीवित विवाहको रूपमा पुष्टि गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९