रोकिएन सागरनाथ परियोजनाबाट हुने काठ तस्करी, कर्मचारी हेरेकाे हेरयै

सर्लाही । सर्लाहीको सागरनाथ वन क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको पाइएको छ ।सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, लक्ष्मूनीया, मुर्तीया जंगलबाट व्यापक काठ तस्करी भइरहेको हो । पछिल्लो समय सर्लाहीको सागरनाथ वन विकास परिवजनाको अवस्था हेर्ने हो भने बन तस्करहरुले व्यापक फँडानी गरेको पाइएको छ । सागरनाथ वन विकास परियोजना निमीत प्रमुखसहित परियोजनाका अधिकृत, रेन्जर र वन हेरालूहरु मौन देखिएको स्थानियको आरोप रहेको छ ।

 

सागरनाथ वन विकास परियोजना सूरु भयको ४६ बर्ष पुगेको छ । सिसौ मसलालगायत छिटो हूर्कने प्रजातिका बिरुवा रोपी काठ उत्पादन बढाउने उद्देश्यले २०३५ सालमा सरकारले यो परियोजना सूरु गरेको हो । परियोजनाले सर्लाही महोत्तरी र रौतहट जिल्लामा गरि करिब १३ हजार ५सय हेक्टर वन क्षेत्र ओगटेको छ । विकास समिति ऐन २०१३ मा टेकेर सरकारले २०३३ सालमा वन पैदावार विकाश समिति गठन गरेको हो ।

 

२०३५ साल साउन ११ गतेको आदेशको पहिलो संशोधन भएपछि वन पैदावार विकाश समिति अन्तर्गत सागरनाथ वन परिवजना स्थापना भयको हो। र, सागरनाथ वन विकास परियोजना एसियाकै दोस्रो ठूलो परियोजनाको रूपमा मानिन्छ ।

 

सम्पूर्ण वनकर्मीहरूको अध्ययन थलो रहेको सागरनाथ वन विकास परियोजना नेपालकै सबैभन्दा ठूलो वृक्षारोपण र कपिस व्यवस्थापनको नमुना वन क्षेत्र सागनाथ वन विकास परियोजना हो । नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व संकलन गर्ने संस्था सागनाथ वन विकास परियोजना पनि भनिदै आएको छ । यही परियोजनाका जंगलमा व्यापक काठ तस्करी भएको पाइएको हो । काठ तस्करीका कारण परियोजनाका कर्मचारीले करिब ११ महिना देखी तलब पाएका छैनन् ।

सागनाथ वन विकास परियोजना अन्तर्गत रहेको जंगलबाट अहिले व्यापक मात्रामा टिक, साल र खयरजस्ता रुखहरु तस्करी भइरहेका छन । काटेर तयार पारिएका टून दिउँसो, साझ वा रातीको समयमा तस्करहरुले सवारी साधनहरु प्रयोग गरेर लैजाने गरेको स्थानिय बताएका छन ।

 

वन पैदावार विकाश समितिमा अध्यक्ष नियूक्ति नहूदाँ परियोजनाका कर्मचारी अधिकृत रेन्जर वन हेरालुलगायतका कर्मचारी मौन बसिदिदाँ  काठ तस्करी भएको स्थानिय संजय यादब बताउँछन । परियोजनामा स्थायी, करार र दैनिक ज्यालादारी गरी हाल एक सय ७० जना कर्मचारी रहेका छन् । परियोजनाका कर्मचारीहरुले परियोजनाको गस्ती समेत नगर्ने गरेकाकारण तस्करहरुले व्यापक वन फँडानी गरेको स्थानिय बताउँछन । परियोजनाको सवारी साधन समेत दुरुपयोग भैरहेको भन्दै परियोजनाको सवारी साधन बन गस्तीमा भन्दा पनि अरु नै काममा बढि प्रयोग हुने गरेको स्थानियको आरोप छ ।

 

सागरनाथ क्षेत्रको ५ नम्बर टिक पलट, ११ साल प्लट २ नम्बर, टिक प्लट ६ नम्बर, मसला प्लट १२, १३, १४, १५ नम्बर साल पलट, ७ नम्बर साल पलट तथा ग्रीन बेल्ट, भक्तिपूर क्षेत्रको १८ नम्बर टिक पलट, २१, २२, २३, २४ साल पलट, भक्तिपूर क्षेत्रकै हरिओ डाँडा मसला पलटबाट हातीलेद क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका छन् ।

 

 

यसैगरी, हातिलेड क्षेत्रको ८ , १३  नम्बर मसला तथा साल पलट, कूस्माडी  क्षेत्रको ८ मसला, ३ ए खयर पलट, ३ डि साल पलट ४, ९, १०  नम्बर साल पलटमा मुर्तीया क्षेत्रमा तस्करहरुले व्यापक फँडानी गरेका छन । यसरी तस्करी हुने अन्य क्षेत्रमा चाली ६,७ पलट, बालगंगा २, ३ नम्बर पलट, जिरायत १७ नम्बर पलटलगायतका परियोजनामा तस्करहरुले व्यापक वन फँडानी गरेको पाइएको छ ।

 

 

प्रतिबन्धित वहुमूल्य काठहरु काँटिदा समेत सरोकार बाला निकायलाई जानकारि गराउदा समेत मैन देखियका छन । परियोजनामा काठ तस्करी हुँदा बिक्रीका लागी परियोजना परिसरमा थुपारेर राखिएको काठ बिक्री नभएको स्थानिय शकंरप्रसाद फुयाँलले बताए ।सो बिसयमा सागनाथ वन विकास परियोजना निमीत परियोजना प्रमुख खेमलाल बिकलाई सोध्दा तस्करी कम गर्न परियोजनाका कमर्चारी लागीपरेको बताएका छन् ।परियोजना काठ बिक्री भयको रकम मध्यको २० प्रतिसत रकम उपदान कोषमा राख्ने ब्यबस्था हून्छ । नत्र काठ बिक्री नभएकाले उपदानसमेत दिन नसकेको उनीहरू बताउँछन । कर्मचारीहरुले जागिर सकिए पछी उपदान पाउने ब्यबस्था भएपनि जागिरबाट अबकास भएका २० जनाले अहिलेसम्म उपदान पाएका छैनन् भने २ जनाको उपदान आउने आशामा कुर्दाकुर्दै देहान्त समेत भैसकेको छ । वन ऐन, २०७६ मा राष्ट्रिय वन फाँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर कानुन पालना गराउने निकाय एवम् परियोजना कर्मचारी हरुले खासै चासो नदिदाँ तस्करहरुको मनोवल बढ्दै गइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९